काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया र दाङमा मौसम सफा छ। सुदुरपश्चिम प्रदेशका पहाडी भूभाग र प्रदेश १ का तराई भूभागमा बर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी पछिल्लो ३ घण्टामा अछाम, डोटी, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, दार्चुला, कालीकोट, दैलेख र आसपासका केहि स्थानमा हल्का देखि मध्ययम बर्षा मापन भएको छ भने अछाम, बझाङ, बाजुरा र डोटी आसपास भई बहने साना नदीमा आकस्मिक बहाव बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ। आज राती देशका सबै प्रदेशका अधिकांश स्थानहरुमा पूर्ण बदली रही हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, कर्णाली र गण्डकी प्रदेश का केही स्थानमा भारी वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।








