• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

मानिसको सोच, चिन्तन र व्यवहारमा परिवर्तन ल्याउनुपर्ने :वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल

  •   बुधबार, असार १०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा राजनीतिक परिवर्तनले स्थायित्व ल्याएको भए पनि अहिले समाजमा मानिसको सोच, चिन्तन र व्यवहारमा परिवर्तन ल्याउन सकेमात्र विकासको पूर्वाधार दीगो हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको सातौँ नगरसभा बैठकको आज हेटौँडामा उद्घाटन गर्नुहुँदै प्रदेश सरकार र स्थानीय निकायको सहकार्यबाट जनतालाई विकासको पूर्वाधारप्रति दीगो लाभ पुग्ने योजना तर्जूमा गर्ने वातावरण तयार गर्न नगरसभाले सकारात्मक भूमिका खेल्नुपर्ने आग्रह गर्नुभयो ।

    उहाँले वाग्मती प्रदेशको हेटौँडामा प्रदेश विश्वविद्यालयको स्थापना गर्न र हेटौँडा अस्पतालकोस्तर उन्नतिको लागि प्रदेश सरकार र हेटौँडा उपमहानगरपालिकाको सहकार्य आवश्यक रहेको र भविष्यमा ती योजनालाई कार्यान्वयन गर्न बजेट विनियोजित गर्न आग्रह गर्नुभयो ।

    मुख्यमन्त्री पौडेलले स्थानीय जनप्रतिनिधिले आपसमा समझदारी कायम गरेर नगरक्षेत्रको वातावरणमा सुधार, खानेपानी, पर्यटन, खेलकूद, साहित्य र भ्यू टावर जस्ता योजनालाई सञ्चालन गर्न आ–आफ्नो तर्फबाट योगदान दिनुपर्ने बताउनुभयो ।

    उहाँले कोभिडको प्रभावले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई प्रत्यक्ष रोजगारको लागि वैकल्पिक रुपमा आय–आर्जन गर्ने प्याकेज कार्यक्रम ल्याउन पनि स्थानीय जनप्रतिनिधिलाई आह्वान गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामाले आगामी आव ०७७÷७८ को लागि कूल दुई अर्ब ८६ करोड ६६ लाखको अनुमानित बजेट सार्वजनिक गर्नुभएको थियो ।

    सार्वजनिक गरिएको बजेटमा मकवानपुर र बाराको सिमानामा पर्ने चुरियामाई मन्दिर नजिक स्थापित भएको पुरानो चुरिया सुरुङमार्ग सञ्चालन गर्ने र हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडामा निर्मित मनमोहन भ्यू टावरको स्तरोउन्नति गरी प्राविधिक प्रविधिबाट सञ्चालन गर्नेतर्फ बजेट विनियोजित गरिएको उहाँले बताउनुभयो ।

    उहाँले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा कोरोनाबाट मृत्यु भएमा मृतकका आफन्तलाई रु तीन लाख राहतस्वरुप उपलब्ध गराउने उल्लेख छ । नगरमा जैविक फोहरको व्यवस्थापन र वैकल्पिक ऊर्जाको उत्पादन गर्ने, हेटौँडामा बिपी गणेशमान र मनमोहन पार्कको स्थापना गर्ने योजनालाई कार्यान्वयन गर्ने तर्फ जोड दिइएको छ ।

    त्यसैगरी हेटौँडा अस्पतालमा मिर्गौला बिरामीलाई नियमित डाइलाइसिस सेवा उपलब्ध गराउनेतर्फ आवश्यक व्यवस्थापन गरिसकिएको र छिट्टै डाइलाइसिस सेवा शुरु गरिने पनि उपप्रमुख लामाले जानकारी दिनुभयो । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपमहानगरपालिका क्षेत्रभित्रका वडामा वातावरणको सुधार, खानेपानी, सडक, ढलको निकास, सडक कालोपत्र, वृक्षरोपण र कोभिड पत्रकार बीमा गर्ने योजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताउनुभयो ।

    मुख्यमन्त्री पौडेलले सो अवसरमा मकवानपुरका अग्रज पत्रकार नवराज शर्मालाई उपमहानगरपालिकाको तर्फबाट अग्रज पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभयो । उहाँले नगद रु १७ हजारसहित प्रशंसापत्र प्राप्त गर्नुभएको छ ।

    यसैगरी विकास पत्रकारिता पुरस्कारतर्फ सुदिप शिवाकोटी, सुवास विडारी सरिता दाहाल, प्रकाश दाहाल, कृष्णउदास खनाल र सुरेश श्रेष्ठलाई सो अवसरमा पुरस्कृत गरियो । उहाँहरुलाई नगद रु १३ हजार ५०० र प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.