• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस प्रदेश अधिवेशन : गण्डकीमा देउवा प्यालन एक ठाउँ, पौडेल पक्ष तितरवितर

  •   मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको चरणमा पुगेको छ । जिल्लाका नतिजाहरू आएपछि बिहीबारदेखि प्रदेश अधिवेशन सुरू हुँदै छ । गण्डकीको नवलपुरबाहेक सबै जिल्लामा अधिवेशन सकिएको छ ।

    गण्डकीका ११ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सभापति बनेका छन् भने गोरखामा गगन थापा र बागलुङमा कृष्ण सिटौलानिकटका सभापति निर्वाचित भएका छन् । मुस्ताङमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् । नवलपुरमा अधिवेशन सकिएको छैन ।

    गोरखामा नन्दप्रसाद न्यौपाने, मनाङमा शंकर गुरुङ, मुस्ताङमा रोमी गौचन थकाली र म्याग्दीमा खमबहादुर गर्वुजा ९खम्बिर० निर्विरोध निर्वाचित भए । अन्य जिल्लामा भने निर्वाचनबाट नेतृत्व चयन भएको हो । बागलुङ र कास्कीमा दोश्रो चरणबाट नेतृत्व छानिएको छ भने बाँकी जिल्लामा एकै पटकमा सभापति निर्वाचित भए ।

    कास्कीमा किशोरदत्त बराल, तनहुँमा जीतप्रकाश आले, बागलुङमा जीत शेरचन, पर्वतमा युवराज जोशी, लमजुङमा टकराज गुरुङ र स्याङजामा राजु थापा निर्वाचित भए । धेरैले स्याङजाका सभापति थापालाई पौडेल निकट भनेपनि उनी देउवा नजिक छन् । यद्यपी यसपालिको निर्वाचनमा देउवा निकटकै अर्का उम्मेद्वार भागवत प्रकाश मल्ला उनीसँग पराजीत भए ।

    जिल्लाको निर्वाचन परिणाम आएपछि गण्डकी प्रदेशको नेतृत्वमा हानथाप सुरू भएको छ । यहाँ केन्द्रको छायाँ पर्ने निश्चित छ । शेरबहादुर देउवा निकटबाट अर्जुन जोशी एक्ला उम्मेद्वार बनेका छन् । उनले उम्मेद्वारी घोषणा गरेर आफ्नो प्यानल तयारी गरिरहेका छन् ।

    बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै गृह जिल्ला गुमाएपछि प्रदेशमा पनि कमजोर देखिएका छन् । संस्थापनइतरबाट अहिलेसम्म चार जना आकांक्षी देखिएका छन् । तीन जनाले पत्रकार सम्मेलन गरेर उम्मेद्वारी घोषणा गरे भने अर्का एकजना तयारीमा छन् ।

    सुरूमै कास्कीका देवराज चालिसेले दावी पेश गरे । त्यसपछि तनहुँका रघुनाथ पौडेल र कास्कीकै पूराना नेता शुक्रराज शर्माले घोषणा गरे । यज्ञबहादुर थापा सचिवालय खोलेर प्रचार थालिसकेका छन् । देउवा पक्षका जोशीले केही हेभिवेट नेताहरूलाई समेत मन्चमा राखेर आफ्नो उम्मेद्वारी घोषणा गरे ।

    उनको घोषणासभामा पूर्व सभामुख तारानाथ रानाभाटदेखि खेमराज पौडेल, मन्त्रीहरू कुमार खड्का, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र विभिन्न जिल्लाका नेता कार्यकर्ताहरू उपस्थित थिए । रानाभाट पौडेल समूह निकट मानिन्थे । ‘कांग्रेसलाई मजबुत बनाउन जोशीलाई जिताउनुपर्नेछ । उहाँमा कांग्रेस हाँक्ने खुवी छ,’ रानाभाटले घोषणासभालाई सम्बोधन गर्दै भने, ‘यो कुनै गुट होइन । विचार मिल्नेहरूको समूह हो ।’

    जोशीले पनि आफू गुटको राजनीति नगर्ने दावी गरेका छन् । ‘शेरबहादुर देउवा ज्यूले कांग्रेसलाई मजवुत बनाउने अभियान थाल्नुभएको छ । देशलाई समृद्ध बनाउने काम सुरू गर्नुभएको छ,’ उनले भने, ‘हामीले उहाँको अभियानलाई सघाउनुपर्छ । तर, म गुटमा विश्वास गर्दिनँ र गुटलाई समर्थन पनि गर्दिनँ ।’ १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्नकै लागि जोशी पौडेल समूहबाट देउवा क्याम्पमा छिरेका हुन् ।

    गण्डकी प्रदेशमा काँग्रेसका सांसद कुँवरले दिए राजीनामा
    महावीर पुनको पोखराका मेयरलाई जवाफ- प्राथमिकता कता हो !
    तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.