• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

संसदीय राजनीति फाफेन, पार्टी राजनीतिमा हारेनन् : ८७ वर्षमा पाँचौ पटक महाधिवेशन प्रतिनिधि

  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम ।  नेपाली कांग्रेसका पाका नेतामध्येका एक तोयानाथ भट्टराई ‘टीएन’ जिल्ला अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा निर्वाचित भए. इलाम-१ बाट महासमिति सदस्यमा सबैभन्दा बढी मत पाएका भट्टराईले महाधिवेशन प्रतिनिधिमा आफ्नो क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुनिए । ८७ वर्षीय भट्टराईले महासमिति सदस्यमा ४६३ मत र महाधिवेशन प्रतिनिधिमा ३६९ मत पाएका छन् । कांग्रेस जिल्ला अधिवेशनमा पाएको मतले आफूलाई उर्जा पैदा भएकाे उनले बताए ।

    ‘यो उमेरमा आएर पनि जुन मत पाएको छु त्यसले ममा उर्जा थपेको छ,’ उनले अघि भने, ‘यसले त मेरो आयु नै लम्ब्याए जस्तो लाग्छ ।’ भट्टराई कांग्रेसको आठौँ महाधिवेशन देखि महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुँदैछन् । भट्टराईले यसअघिका चारवटा महाधिवेशन नजिकबाट नियालेका छन् । अब हुने महाधिवेशनको पनि उनी साक्षी हुनेछन् । भट्टराईले पार्टीको आन्तरिक चुनावमा कहिल्यै हार ब्यहोर्नु परेको छैन । तर, संसदीय राजनीति भने उनलाई फाफेन ।

    २०४९ मा भएको निर्वाचनमा उनी इलाम क्षेत्रनम्बर १ बाट चुनाव भिडे । तर, हार ब्यहोर्नुपर्‍याे । ४९ मा भएको निर्वाचनमा साविकको मेची अञ्चलभरी कांग्रसका कुनै उम्मेदवारले चुनाव नजितेको भट्टराई सुनाउँछन् । झलनाथ खनालसँग हारेका भट्टराई भने कांग्रेसका उम्मेदवा मध्ये सबैभन्दा बढी मत ल्याउने उम्मेदवार भए । १९ हजार हारहारी मत आएको उनले बताए । २०५१ को मध्यावधि निर्वाचनमा भने इलामलाई तीन निर्वाचन क्षेत्रमा विभाजन गरियो । १ नम्बर निर्वाचन क्षेत्रमा फेरि भट्टराई, २ मा कुलबहादुर गुरुङ र ३ मा बेनुप प्रसाइले टिकट पाए । दोस्रो पटक भने भट्टराई झिनो मतान्तरले मात्रै पराजित भए । मध्यावधि निर्वाचनमा भने २१० मतले मात्रै पराजित भए ।

    मध्यावधि निर्वाचनमा भट्टराई विरुद्ध बागी परेको थियो । ८ वैशाख १९९८ मा बाबु गजाधर भट्टराई धनकुमारी भट्टराईको काेखबाट जन्मिएका भट्टराई विद्यार्थी जीवनबाटै राजनीतिमा सक्रिय भएका हुन् । पञ्चायती व्यवस्थाले बाबु गजाधर मट्टराईलाई पक्राउ गरेपछि आफूमा राजनीतिक चेत सुरु भएको उनी बताउँछन् । सानै उमेरदेखि कांग्रेससँग जोडिएका भट्टराईले पार्टीको तर्फबाट पहिलो पटक बुथ प्रतिनिधिको जिम्मेवारी पाए । २०१५ को आमनिर्वाचनमा कांग्रेसको तर्फबाट माबुमा बुथप्रतिनिधि खटिए । त्यसपछि उनको राजनीतिक जीवन सुरु भयो ।

    उनी २०१९ मा प्रधानपञ्च निर्वाचित भए । २०३० मा जिल्ला पञ्चायतको सभापति भए । पञ्चायती शासनकै बेला उनी भूमिगत रुपमा रहेको पार्टीको जिल्ला समापति पनि बने । जनमत संग्रहको घोषणा भएपछि भट्टराई बहुदलको पक्षमा खुलेर लागे । बहुदलीय व्यवस्था र पार्टीको गतिविधिमा संलग्न हुँनथालेपछि भट्टराई २०४२ सालमा आठ महिना जेल परे । जेलमानै बिरामी भएपछि आठ महिनामा नै जेलमुक्त भए । २०४६-०४७ को आन्दोलन सफल भएपछि उनी संसदीय राजनीतिमा जान चाहान्थे । तर, उनको त्यो चाहाना भने पूरा भएन । संसदको चुनाव जित्न नसकेकोमा उनी खासै दु:खी भने छैनन् । न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.