• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

आलु ब्लककै याे हालत : गत वर्षभन्दा आधा मात्र आलु रोपियो

  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा ।  झापाको कमल गाउँपालिकामा सबैभन्दा बढी आलु उत्पादन हुँदै आएको छ । कमलका किसाना आलुमा आत्मनिर्भर छन् । त्यसैले कमल-२ मा सरकारले आलु ब्लक कार्यक्रम नै सञ्चालन गरेको थियो । सरकारले पाँच वर्षसम्म आलु पकेट र ब्लक कार्यक्रम कमल-२ मा चलायो । यस वर्षदेखि आलुमा कार्यक्रम सकिएको थियो । उक्त कार्यक्रम आइपिएम कृषि सहकारीले संचालन गर्दै आएको थियो । सरकारी कार्यक्रम सकिए पनि कृषकलाई सहकारीले सहयोग गर्दै आएको थियो ।

    पाँच वर्षसम्मको सरकारी सहयोगले उत्साहित किसान आलुमै केही गर्ने लक्ष्यका साथ आलु खेतीमा लागेका थिए । तर, आलुबाट आत्मनिर्भर हुने किसानको सपना चकानाचुर भएको छ । गत वर्ष उत्पादन भएको आलु बिक्री गरेर बीउका लागि दमक-४ स्थित शान्ति कोल्ड स्टोरमा भण्डारणमा केही आलु राखेका थिए । आइपिएम कृषि सहकारीकै मातहतमा कमल-२ का कृषकले सात सय बोरा आलु कोल्ड स्टोरमा राखेका थिए । तर, गत कात्तिक अन्तिम साता रोप्नका लागि बीउ कोल्ड स्टोरबाट निकाल्दा कुहिएको पाएपछि किसान चिन्तामा परे । कुहिएपछि उनीहरूले सबै आलु डोजर लगाएर पुरे ।

    आलु रोप्ने समय लगभग सकिएको छ । तर, अहिलेसम्म गत वर्षको तुलनामा आधा मात्र आलु लगाइएको छ । बीउ अभावमा कृषकले आधा मात्र आलु रोपेको आइपिएम कृषि सहकारीका कोषाध्यक्ष तथा आलु ब्लक कार्यक्रम संयोजक टंक कट्टेल बताउँछन् । कृषकले गत वर्ष १३९ विघा क्षेत्रमा आलु रोपेका थिए । तर, यस वर्ष कोल्ड स्टाेरमै आलु कुहिएपछि किसानले ५० प्रतिशत मात्र आलु रोपेको कट्टेलले बताए । ‘यसपटक त आलु ५० प्रतिशत मात्र रोपियो । त्यो पनि सहकारीको पहलमा चिप्स उद्योगसँग सापटीमा बीउ मागेर रोपेका हौँ,’ उनी भन्छन्, ‘यस वर्ष आलुको उत्पादनमा ५० प्रतिशत कमी हुन्छ । आलु खेतीमै केही गर्ने सपना बोकेर आएका कृषकलाई ठूलो चिन्ता परेको छ ।’

    कोल्ड स्टोरमा प्रतिबोरा ३६५ रुपैयाँ तिरेर कृषकले आलु राखेका थिए । कृषकको आलुको बीमा गरिएको कोल्डस्टोरले जनाएको छ । यद्यपि अझैसम्म कृषकले क्षतिपूर्ति भने पाएका छैनन् । ‘हामीले सबै कागजात कोल्ड स्टोरलाई पठाएका छौँ । उसले पनि बिमा कम्पनीलाई कागज पठायो भन्ने चाहिँ सुनेका छौँ,’ कट्टेलले भने, ‘अब क्षतिपूर्ति त पाउँछौँ होला । तर, रोप्ने बेलामा बीउ पाएनौँ । साह्रै दुःख लागेको छ ।’

    कृषक लोकेन्द्र पाण्डेक केही वर्ष यता आलु खेती गर्दै आएका छन् । पकेट र ब्लक कार्यक्रम सञ्चालन भएपछि आलु खेतीमा उत्साहित पाण्डेले यस वर्ष खेती विस्तार गर्ने योजनाका साथ १८ बोरा बीउ आलु कोल्ड स्टोरमा राखेका थिए । तर, उनको सबै आलु कुहिएपछि आधा पनि खेती गर्न नपाएको उनी बताउँछन् । ‘यसपटक त धान पनि वर्षाले धेरै बिगार्‍यो । आलुको बीउ यस्तो भयो । आलुबाट त केही हुन्छ होला भन्ने सोचेका थियौँ,’ उनले भने, ‘सधैँ यतिबेला आलु उम्रने बेला हुन्थ्यो । बीउ नपाएर यसबेलासम्म आधा मात्र खेती भएको छ ।’

    आलुको बीउ कुहिएपछि आलुमा आत्मनिर्भर कमलका कृषकलाई ठूलो क्षति पुगेको गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताउँछिन् । कृषकले आलु पुरेको समयमा आफू पनि पुगेको बताउँदै मन खिन्न भएको अध्यक्ष काफ्लेले बताइन् । उनले आलु कृषकलाई क्षतिपूर्तिका लागि पहल गर्ने बताइन् । यसका लागि संघ र प्रदेश सरकारसँग समन्वयको काम भइरहेको उनको भनाइ छ ।

    कोल्ड स्टोरमा कमल-२ का मात्र हैन झापा र मोरङका कृषकको पाँच हजार बोरा बढी आलु कुहिएको कोल्ड स्टोरले जनाएको छ । आलु रोप्ने समयमा वर्षा भएको र कृषकले ढिला मात्र बोरा लैजाँदा आलु कुहिएको अवस्थामा फेला परेको कोल्ड स्टोरको दाबी छ ।

    फोटो क्याप्सन : गत कात्तिक पहिलो सातामा कुहिएको आलुको बीउ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.