• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

बज्रवाराही धार्मिक वनमा सडक विस्तार : युवाले बुझाए हस्ताक्षरसहितको विरोधपत्र

  •   बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ललितपुर । ललितपुरको गोदावरी-१० बज्रवाराहीमा रहेको धार्मिक वन अतिक्रमण गरी सडक विस्तार गरेको भन्दै स्थानीय युवाले हस्ताक्षर संकलन गरेर गोदावरी नगरपालिकामा बुझाएका छन् ।

    गोदावरी नगरपालिकाले नवनिर्मित आफ्नो भवन अगाडि १५ मिटर सडक विस्तारका लागि सडकको केन्द्र भागबाट साढे सात मिटर सडक विस्तार गर्ने क्रममा झण्डै २ मिटरभन्दा धेरै वन क्षेत्रको जमिन मासेर सडक विस्तारका लागि डोजर चलाएपछि सामाजिक सञ्जालमार्फत स्थानीय बासिन्दाले विरोध गरेका थिए ।

    बज्रबाराही वन मासेर सडक बनाउनै पर्ने भए सल्लाह गरेर मात्रै सडक विस्तार गर्नु पर्ने बज्रवाराही मन्दिरका पुजारी राजु पुजारीले बताए । उनले भने, ‘बहस गरे मात्रै सडक विस्तार गर्न हुने नहुने निर्णय गर्न सकिन्थ्यो । यहाँ त हामीसँग सल्लाह नै भएन ।’

    स्थानीय अनिल महर्जनले बज्रवाराही वन संरक्षण गर्न बसेको ज्योतिदय संघ आफैँले जंगल मास्न लागेको भन्दै आक्रोस पोखे । उनले भने, ‘हामी स्थानीय बासिन्दाले बज्रवाराही जंगल संरक्षण गर्ने सर्तमा मात्रै ज्योतिदय संघको व्यवस्थापनलाई स्वीकार गरेका हौं । वन मास्ने हो भने हामी मान्दैनौं ।’

    ज्योतिदय संघका अध्यक्ष नारायण देशारका जिल्ला वन कार्यालय ललितपुरको मौखिक सहमतिमै वनको केही जमिन लिएर सडक विस्तार गर्न लागेको बताए । उनले भने, ‘हामी बनको रुख मास्दैनौं । त्याहा रुखलाई नै संरक्षण गरेर फुटपाथ बनाउने हो ।’

    दुबैतर्फ सरकारी जमिन रहेकाले सडक मापदण्डमा परेको ठाउँलाई बाटो बनाउन उपभोग गर्न लागेको उनले बताए । देशारका अनुसार सरकारी जग्गा सरकारको इच्छा अनुसार नै प्रयोग गर्न लागिएको हो । सडकमापदण्ड अनुसार नीजि जग्गा लिन हुने सरकारी चाहिँ लिन नहुने भन्ने कानुनमा नभएको उनको जिकिर छ ।

    २०५२ देखि ज्योतिदय संघले बज्रवाराही वन संरक्षण गर्दै आएको छ । बज्रवाराही जंगलमा पिकनिक स्पट र मोटरसाइकल पार्किङलगायतको आन्दानीबाट सरसफाइलगायतको काम गरिरहेको देशारले बताए । व्यक्तिगत स्वार्थका लागि सडक बनाउन नलागिएको उनले बताए
    ।
    ज्योतिदय संका कोषध्यक्ष राज देशारले सडक विस्तार गर्दा बनको जग्गा ढेड  मिटर पर्ने र त्यो ठाँउमा फुटपाथ बनाइने बताए । उनले भने,‘फुटपाथमै हामी रुख संरक्षण गछौं । काट्दैनौं ।’

    सडक विस्तारका क्रममा गोदावरी नगरपालिकाले बनाएको उपभोक्ता समितिका अध्यक्ष रमेश देशारले जिल्ला वन कार्यालयको सहमतिमै वन क्षेत्र मासेर बाटो बन्न लागेको बताए ।

    लगभग ८५ लाख लागतमा झण्डै १ सय मिटर यो बाटो विस्तार र ढलान गर्न लागिएको हो ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.