चितवन । भरतपुर अस्पतालमा ट्रमा एमर्जेन्सी सेवा सुरु भएको छ । अस्पतालले मंगलबार देखि ६ बेडको ट्रमा एमर्जेन्सी सेवा सुरु गरेको हो । ठूला किसिमका दुर्घटनामा परेकाहरुलाई ट्रमा एमर्जेन्सी सेन्टरबाट सेवा दिईने उनले बताए । दुर्घटनाका बिरामीहरु भरतपुर अस्पतालमा कम आउने र निजी अस्पतालमा बढी जाने भएकोले अस्पतालमा ट्रमा सेवा सुरु गरिएको उनले बताए ।
ट्रमा एमर्जेन्सी सेवाको स्पाइनल इन्जुरीका घाइते समिर शाहीले उद्घाटन गरेका छन् । दुर्घटनाका बिरामीहरुलाई लक्षित गर्दै आजदेखि ट्रमा एमर्जेन्सी सेवा सुरु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा। डा। कृष्णप्रसाद पौडेलले जानकारी दिए । यस्तै अस्पतालको आकस्मिक सेवा पनि विस्तार गरिएको छ ।
अस्पतालले आकस्मिक सेवालाई २० बेड क्षमताको बनाएको छ । ५० बेड क्षमताको नयाँ भवन निर्माण सम्पन्न नभएसम्म पुरानै भवनबाट सेवा दिने गरी बेड क्षमता बढाईएको मेसु पौडेलले बताए । अस्पतालको ५० बेड क्षमताको नयाँ आकस्मिक भवन वर्ष भित्र तयार हुने गरी काम भइरहेको छ ।








