• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. बिचौलियाको मारमा किसान

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • १०. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

त्रियान सम्मेलनमा सहभागी हुन राष्ट्रपति लुम्बिनी आउँदै

  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा सहभागी हुन आज लुम्बिनी आउँदै छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा प्रथम त्रियान प्रज्ञा सम्मेलन बुधबारबाट सुरु भएको हो ।

    सम्मेलनको मुख्य समारोहको उदघाटन गर्न राष्ट्रपति भण्डारी लुम्बिनी आउन लागेकी हुन् । विश्वविद्यालयले बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षण पद्धतिमा केन्द्रित रहेर त्रियान सम्मेलन आयोजना गरेको हो ।

    राष्ट्रपतिले दिउँसो १ बजे सम्मेलनको उदघाटन गर्ने विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए । उनले विश्वविद्यालयमा निर्माण गरिएको केन्द्रीय पुस्तकालय भवनको पनि उदघाटन गर्ने कार्यक्रम छ । त्रियान सम्मेलन उदघाटनअघि राष्ट्रपति भण्डारीले कपिलवस्तुको बाणगंगास्थित कैलाश आश्रमको निरीक्षण गर्ने कार्यक्रम समेत छ ।

    लुम्बिनीमा आयोजित त्रियान सम्मेलनमा नेपालका बौद्ध विद्धान तथा अनुसन्धानकर्ताहरुको सहभागी छन् । सम्मेलनको पहिलो दिन बौद्ध संस्कृति र समृद्धिका विषयमा कार्यपत्र प्रस्तुत भएका छन् ।

    थेरबाद बौद्ध संस्कृति र समृद्धि विषयमा अनागारिका प्रितिवती र मदनरत्न बज मानन्धरले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा थेरवादी संस्कृतिलाई मुलुकको समृद्धिसँग जोड्न सकिने भन्दै थेरवादी परसम्पराको प्रवद्र्धनमा जोड दिनुपर्ने उल्लेख गरिएको छ । विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा त्रिरत्न मानन्धरको अध्यक्षतामा भएको सम्मेलनमा प्रस्तुत भएका कार्यपत्रमाथि भिक्षु वजिर र डा. रिना तुलाधरले टिप्पणी गरेका छन् ।

    त्यस्तै थेरबाद बौद्ध शिक्षण पद्धति विषयमाथि प्रा.डा. भिक्षु सांकिच्च महास्थविरले कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस कार्यपत्रमाथि इश्वरचन्द्र विद्यासागर श्रेष्ठले टिप्पणी गरेका थिए । त्यस्तै महायान बौद्ध संस्कृति र समृद्धि विषयमा आचार्य सार्की शेर्पाले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि डा. शारदा पौडेलले टिप्पणी गरेकी थिइन् । सोही विषयमा प्रा.डा. रमेश ढुंगेल, लोपेन कर्मा यान्चेनले पनि कार्यपत्र प्रस्तुत गरेका थिए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यको अध्यक्षतामा चलेको दोस्रो सत्रमा प्रस्तुत दुई कार्यपत्रमाथि वेदराज ज्ञवाली र डा. निमा शेर्पाले टिप्पणी गरेका थिए ।

    त्यस्तै महायान बौद्ध शिक्षण पद्धति विषयमा डा. तेन्जिङ जिन्पा भूतियाले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्रा.डा. बिजय वरुवाले टिप्पणी गरेका थिए । त्यस्तै बज्रयान संस्कृति र समृद्धि विषयमा बिहीबार गोष्ठी हुँदैछ । विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्यले विश्वविद्यालयले बौद्ध संस्कृतिलाई समृद्धिसँग जोड्ने योजनासहित यो सम्मेलनको आयोजना गरिएको बताए । त्यस्तै रजिष्ट्रार डा. तिलकराम आचार्यले बौद्ध संस्कृतिलाई समृद्धिसँग जोड्ने नीतिलाई यो सम्मेलनले टेवा पुर्‍याउने बताए । न्युज कारखाना

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.