• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन : सभापतिमा पाँच प्रतिस्पर्धी, सबै देउवा प्यानलका

  •   बिहिबार, मङि्सर १६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत आजदेखि प्रदेश अधिवेशन सुरु हुँदैछ । देश संघीय निर्वाचन प्रणालीमा प्रवेश गरेसँगै कांग्रेसले प्रदेशस्तरमा पहिलो पटक अधिवेशन गर्न थालेको हो ।

    सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा हुने छ । त्यसका लागि सबै तयारी पूरा भएको कांग्रेस महााधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए ।  उनका अनुसार आज सुदूरपशिचमका सात पहाडी जिल्लाबाट आउने प्रतिनिधिको रजिष्टेसन सुरु हुने छ। शुक्रबार मनोनय दर्ता, मनोनयन फिर्ता तथा सहमतिका लागि प्रयास गरिने छ । सहमति नभएमा शुक्रबार बिहानबाट मतदान सुरु हुने छ ।

    प्रदेश अधिवेशन प्रचारप्रसार समिति संयोजक सुनारका अनुसार अधिवेशनमा प्रदेशका नौ जिल्लाका १६ संसदीय निर्वाचन क्षेत्र र ३२ प्रदेश सभा क्षेत्रबाट गरी साढे नौ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

    प्रदेश अधिवेशनका लागि कांग्रेसले केन्द्रीय सदस्य तथा मन्त्री दिलेन्द्रप्रसाद बडूको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिको बैठकले पाँच सय एक सदस्यीय आयोजक समिति विस्तार गरेको छ ।

    कांग्रेस कैलालीका सभापति नरनारायण शाहको संयोजकत्वमा अधिवेशन मूल व्यवस्थापन समिति तथा अन्य सातवटा उपसमितिसमेत गठन गरिएको छ ।

    प्रदेश सभापतिका लागि पाँच नेताले गरे उम्मेदवारी घोषणा

    नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पाँच जनाले दाबेदारी पेस गरेका छन् । उम्मेदवारी पेस गर्ने पाँचै जना कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।

    प्रदेश सभापति दावी गर्नेमा नेपाली कांग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’, कैलालीकै हिमबहादुर रावल, बझाङका अर्जुनजंगबहादुर सिंह, अछामका गोविन्दबहादुर शाह र नेविसंघका पूर्वउपाध्यक्ष एवं डोटीबाट महाधिवेशन प्रतिनिधि निर्वाचित पुष्पकुमार शाही छन् ।

    दुई पटक कैलालीको पार्टी सभापति भइसकेका मनु आफूलाई प्रदेशको स्वाभाविक दावेदार ठान्छन् । विचार र सिद्धान्तका बारेमा प्रशिक्षण सञ्चालन गरेर प्रशिक्षित पार्टी पंक्ति तयार पार्ने लक्ष्य रहेको बताउँदै आएका मनु आफ्नो जीत स्वाभाविक भएको दाबी गरिरहेका छन् ।

    दुई पटक बझाङ पार्टी सभापति, राज्यमन्त्री र राजदूत भइसकेका सभापतिका अर्का दाबेदार अर्जुनबहादुर सिंहले प्रदेशभर कांग्रेसलाई एकताबद्ध बनाई पहिलो शक्ति बनाउन सभापतिमा दाबी गरेको बताए । ‘पार्टीमा मेराे लामो योगदान र संगठन निर्माणमा अनुभव छ,’ उनले भने, ‘त्यसैले म सक्षम उम्मेदवार हुँ, सबैले मलाई सहयोग गर्नेमा विश्वस्त छु ।’ मतदातहरूको सल्लाहमा नै चुनाव लड्न लागेको उनि बताउछन् ।

    नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष भइसकेका डोटीका पुष्ककुमार शाहीले पनि कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा दाबी गरेका छन् । उनले सुदूरपश्चिममा सुदृढ कांग्रेस निर्माण गर्ने लक्ष्यसहित सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    अछामबाट दुई पटक सांसद बनेका गोविन्द शाहले पनि प्रदेश सभापतिमा दाबी गरेका छन् । उनले कांग्रेसको विचार र सिद्धान्तलाई जनतामाझ पुर्‍याउने र पार्टीलाई बलियो बनाउन उम्मेदवारी दिने बताए । सबैको सल्लाहमा सभापतिको उम्मेदवारी घोषणा गरेको बताउने शाहले विचार र सिद्धान्तको छलफल सुरु गर्ने र पार्टीमा मूल्यांकनको परिपाटी सुरुआत गर्ने बताए । शाह नेपाल सरकारका सञ्चार राज्यमन्त्रीसमेत भइसकेका छन् ।

    कैलाली क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि हिमबहादुर रावलले पनि प्रदेश भापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । रावलले आफू सभापति बनेमा कांग्रेसका आमकार्यकर्तालाई उद्यमशिलतासँग जोड्ने योजना रहेको बताएका छन् । कर्मभूमि समाजमार्फत पार्टीका कार्यकर्तालाई उद्यमशिलतासँग जोड्ने लक्ष्य रहेको भन्दै उनले सांगठनिक रूपमा सशक्त, कार्यकर्तालाई उद्यमशिलतासँग जोड्दै पार्टीलाई सक्रिय बनाउने योजना रहेको बताए । मोहन जोशी/न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.