काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज बिहिबारको मौसम पूर्वानुमान जारी गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको छ। महाशाखाका अनुसार देशका अधिकांश भूभागमा बदली रहेको छ। प्रदेश १,२,५,सुदुरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केहि स्थानहरुमा वर्षा भईरहेको छ। जारी सूचनाका अनुसार दिउँसो देशभर बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ। यस्तै, राती भने देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ।








