• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

रामजानकी विवाह पञ्चमी मेला विधिवत् रूपमा सुरु, यस्ताे छ तयारी

  •   शुक्रबार, मङि्सर १७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुर ।  मिथिलाञ्चल क्षेत्रको धार्मिक तथा ऐतिहासिक रामजानकी विवाहपञ्चमी मेला शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको छ ।

    पौराणिक कालमा सीतारामको विवाह भएको सम्झनास्वरूप प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन लाग्ने विवाह पञ्चमी मेलाकोे आकर्षणको केन्द्रविन्दु रहने जानकी मन्दिरलाई रंगरोगन गरिएको छ । मन्दिर प्रांगणमा सीतारामको चरित्रसम्बन्धी कथा प्रवचन सुरु भइसकेको छ ।

    हिन्दुहरूको अराध्यदेव सीतारामको विवाहोत्सवको रूपमा मनाइने विवाह पञ्चमीमा भाग लिन भारतीय सन्त महन्थहरू जनकपुर आइपुगेकाे जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बताए ।

    विवाह पञ्चमीभन्दा एक दिन अगाडि भारतबाट  जन्तीको रूपमा हजारौँ सन्त महन्थ जनकपुर आउने गर्छन् । तर यस वर्ष कोरोनाको महामारी कायमै रहेकाले न्यून संख्यामा भारतबाट साधुसन्त आउने भएका छन् ।

    पञ्चमीका दिन जनकपुरका जानकी मन्दिरका अतिरिक्त सुन्दर-सदन (रामजानकी मन्दिर), झुलन कुञ्ज, युगलविनोद कुञ्ज, प्रेम कुट्टीसहितका मठमन्दिरमा मैथली परम्पराअनुसार सीतारामको वैवाहिक कार्यक्रमको आयोजना हुने गरेको छ । ती मन्दिरहरूमा समेत विवाह पञ्चमीको तयारी भइरहेको सुन्दरसदनका महन्थ नवलकिशोर शरणले बताए । जनकपुरमा सबैभन्दा बढी तीर्थालुको आगमन हुने यस महोत्सवमा एक लाखभन्दा श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको छ ।  तीर्थालुका लागि बस्ने, दिशा पिसाब गर्ने तथा पिउने पानी तथा सरसफाइ लागि जनकपुरधाम उपमहनगरपालिका, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र युवा क्लबहरूले संयुक्त्त रूपमा लिएका छन् ।

    सात दिवसीय रामजानकी विवाह महोत्सवको पहिलो दिन शुक्रबार नगर दर्शनको कार्यक्रम छ । भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडी बालबालिकालाई जानकी मन्दिरको प्रागंणबाट गाडी जनकपुरधामको परिक्रमा गराई नगर दर्शन गराइन्छ । नगर दर्शनमा पनि महिलाहरूले विभिन्न लोकगीत गाई राम र लक्ष्मणलाई फूलले स्वागत गर्ने चलन छ ।

    २३ मंसिरसम्म चल्ने रामजानकी विवाह महोत्सवको दोस्रो दिन शनिबार फूलबारी लीला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयंम्बर र साँझ विवाह तथा २३ गते रामकलेवा हुनेछ । रामकलेवाका दिन जानकी मन्दिरको परिसरमा ठूलो भोजको आयोजना गरिन्छ । जसमा साधुसन्तलाई खाना खुवाई बिदाइ दिने चलन रहेको जानकी मन्दिरका छोटा महन्थ रोशन दासले बताए ।

    नाै दिनसम्म जनकपुरधाममा मासु मदिरा बिक्री-वितरण निषेध 

    विवाह पञ्चमीको अवसरमा नाै दिनका लागि जनकपुरमा माछा-मासु र मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ ।  १७ देखि २६ मंसिरसम्म जनकपुरधाममा माछा-मासु र मदिराको बिक्री-वितरण नगर्न जनकपुरधाम उपमहानगरपालिकाले सूचना जारी गरेको छ । ‘जनकपुरधाममा प्रवेश गर्ने मुख्यद्वार र सीमा एवं जनकपुरधामस्थित परिक्रमा र परिक्रमा क्षेत्रभित्र माछा-मासु र मदिराको बिक्री वितरण, सेवन तथा कारोवार गर्न पूर्णरूपमा निषेध गरिएको छ ।

    सप्ताहव्यापी  मनाइने रामजानकी विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै जनकपुरधामको सुरक्षा व्यवस्था कडा बनाइएको छ । चाडपर्वकै बेला केही अप्रिय घटना हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको धनुषाका प्रहरी उपरीक्षक बसन्तकुमार रजौरेले बताए । सुरक्षाका लागि बाहिरबाट थप चार सय पचास सुरक्षाकर्मी मगाइएको छ । बाह्रबिघा मैदान, जानकी मन्दिरलगायतका स्थानलाई सिसिटिभीले समेत निगरानी गरिने व्यवस्था मिलाइएको उनले बताए । हदीस खुद्दार/न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.