• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘आफूले भोग्नु परेको जस्तै दुःख र पीडा अरूले भोग्न नपरोस् भनेर सहयाेग गर्छु’

  •   शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    डडेल्धुरा । जन्मभूमि नेपाल, कर्मभूमि जापान भए पनि नेपालको माया, नेपालप्रतिको लगाव र नेपालप्रतिको चिन्ता असीम छ, प्रकाश ‘विनय’ मल्ललाई।  विदेशमा बस्नेलाई मात्रै थाहा हुन्छ नेपाल छोड्दाको पीडा र नेपालप्रतिको असीम माया।

    यस्तै, मायाले होला, डडेल्धुराको अमरगढी नगरपालिका- ४ खलंगाका विनयलाई आफू परदेशमा भए पनि नेपालप्रतिको माया सधैं उस्तै छ। १६ बैशाख ०४३ मा बुवा खडकबहादुर मल्ल र आमा बसन्तीदेवी मल्लको कोखबाट जन्मिएका विनयको बाल्यकाल कहालिलाग्दो छ। गरिब परिवारमा जन्मिएका विनयको बाल्यकाल निकै  संघर्षपूर्ण रह्याे ।

    विद्यालय पढ्दै गर्दा १५ वर्षको कलिलो उमेरमा उनले बुवालाई गुमाए। हृदयघातबाट बुवाको मृत्यु भएपश्चात परिवारको सम्पूर्ण जिम्मेवारी उनको काँधमा आयो । एकातिर पढाई अर्कोतिर पारिवारीक जिम्मेवारी, उनकाे जीवन यसरी नै अघि बढ्दै गयो ।

    १२ कक्षासम्मको पढाई नजिकै रहेको महेन्द्र माध्यमिक विद्यायबाट पूरा गरे उनले । हरेक परिस्थितिलाई अवसरको रूपमा लिई अगाडी बढेका विनय जिन्दगीमा आएका जस्ता सुकै उतारचढाबलाई सहजै रूपमा लिएर अघि बढे।  विनय भन्छन्, ‘सानै उमेरमा काँधमाथि ठूलो जिम्मेवारी थपिएर होला जस्तोसुकै काम पनि गर्न सक्छु भन्ने आत्मविश्वास बढ्दै गयो।’

    नेपाल प्रहरीदेखि सफल व्यवसायी
    स्नातक तह स्तरको अध्ययनबीचमै छोडि उनी २०६३ सालमा नेपाल प्रहरीमा भर्ना भए । प्रहरीमा भर्ना भएर पनि उनले पढाईलाई भने छाेडेनन् । प्रहरीको जागीरसँगै उनले स्नातकसम्मको अध्ययन पूरा गरे। पछी यनले नेपाल ल क्याम्पसमा एलएलबी पनि अध्ययन गरे । उनले २०७० सालमा प्रहरीको जागीरबाट राजीनामा दिए । र, जापान जाने तयारी गरे ।

    उनले इन्टरनेसनल जापनिज ल्याङगोइज एकेडेमी सेन्दाई जापानमा भर्ना भई १५ महिना जापानिज भाषा अध्ययन गरे । त्यसपछि तोहोकु कम्प्युटर कलेज सेन्दाई, जापानमा दुई वर्ष इन्टरनेसनल विजनेस कोर्स गरे। र, जापानिज कम्पनीमा ‘स्पेलिस्ट इन ह्यूम्यानेटी इन्टरनेसनल सर्भिसको’ भिषा प्राप्त गरी ३ बर्ष काम गरे। ‘अरूको काम कहिलेसम्म गर्ने भन्ने मनमा प्रश्न उठ्न थाल्यो । अब आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने उदेश्यले अहिले म आफ्नै मल्ल किंग्स कम्पनी लिमिटेड खोलेर जापान सरकारबाट विजनेस भिसा प्राप्त गरी कम्पनी सञ्चालन गरिरहेको छु,’ उनले भने। अहिले उनको कम्पनीमा जापनिज र नेपाली गरी ३१ जनाले काम गरिरहेका छन्।

    सहयोगीको अर्को नाम ‘विनय’
    पछिल्लो समयमा युवा पुस्ता माँझ लोकपृय बनेको नाम हो, प्रकाश ‘विनय’। विनय लोकपृय हुनुको कारण हो दिन दु:खीलाई सहयोग गर्नु ।

    हिलो र माटोमा खेल्दै व्यवसायी बनेका मल्ललाई अहिले पनि विगतले झक्झकाई रहन्छ। विगतमा आफूले भोग्नु परेको दुःख र पीडा अरूले भोग्न नपरोस् भन्ने उनी चाहन्छन् । त्यहीँ कारण होला गरिब तथा पीडामा परेकालाई उनले जापानबाट आर्थिक सहयोग गरिरहन्छन् । ‘मैले विताएको जिन्दगी अरूले जिउन नपरोस् भन्ने चाहन्छु। विपन्न, गरिब, अनाथ तथा दिनदु:खी देख्दा मनले मान्दैन् । सहयोग गरिहाल्छु,’ उनी भन्छन् ।

    विनयले सहयोग गर्छ भन्ने सुनेर होला अहिले गृहजिल्लाबाट धेरैको फोन आउने गरेको उनी बताउँछन् । उनले अहिलेसम्म लाखौ रूपैयाँ सहयोग गरिसकेकाे बताए ।

    कसैलाई रासन, कसैलाई आर्थिक सहयोग त कसैलाई लत्ताकपडा दिनु उनको दैनिकी बनिरहेकाे छ। कोरोना कहरको समयमा पनि उनी पीडितको लागि सारथि बनेका थिए । डडेल्धुरामा रहेका मठ मन्दिर, विद्यालय र कोरोनाको समयमा अक्सिजन खरिद गर्न सहयोग गरेको उनी बताउँछन् । पछिल्लो समयमा आफ्नो गाउँ ठाउँका लागि विनयले खेलेको भूमिका प्रशंसनीय रहेको स्थानीय शिक्षक मोहन भण्डारी बताउँछन्।  ‘विदेशमा गएर आफूले  मिहिनेत गरी यहाँका नागरिकलाई सहयोग गरिरहेका छन् । उनीबाट अन्य व्यक्तिले समेत केही सिक्नुपर्छ,’ उनले भने। शेर भण्डारी/न्युज कारखाना

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.