• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

शुक्रराज : ‘टुहुरे’ को आक्रोशले गण्डकीको सभापति बने, वीपीदेखि केपी ओलीसम्म कनेक्सन

  •   आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा ।  शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता हुन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको राजनीतिक नेतृत्वमा छन् । विपी कोइरालादेखि गणेशमान सिंहको आन्दोलनमा उनी कमाण्डर भएर काम गरे । २०४२ सालको सत्याग्रह र २०४७ सालको जनआन्दोलनको कास्की कमाण्डर उनै शुक्रराज थिए । पटक पटक जेल परेर पनि थाकेनन् उनी । जीवनको उत्तरार्धसम्मको निरन्तर सक्रियताकै कमाई भन्नुपर्छ, शर्मा अहिले गण्डकी प्रदेशको सभापतिमा निर्वाचित भएका छन् ।

    शर्मा संसदीय निर्वाचनमा भने सधै पराजित नेता हुन् । पार्टीभित्रको चुनाव उनका लागि कहिलै अफाप भएन । २०४८ र २०५१ को चुनावमा कास्की ३ बाट टिकट पाए पनि जितेनन् । २०५६ सालमा कांग्रेसले कास्की क्लिन स्विप गर्दा उनी उम्मेद्वार बन्न पाएनन् । त्यसपछि पार्टीभित्रकै राजनीतिमा हराए । शुक्रराजलाई २०७४ को निर्वाचनमा पुनः कास्की ३ बाटै टिकट दिइयो । नेपालीमा उखान छ, ‘भुतले खाजा खाने बेला पर्‍यो’ भन्नेः शुक्रराज उस्तै भए । कम्युनिस्टहरु एक भएको बेला पाएको टिकट उनका लागि बरदान बन्ने सम्भावना थिएन ।

    त्यसो त, कास्कीमा कांग्रेस यसै पनि कमजोर मानिन्छ । २०२० सालमा एसएलसी पास गरेका शुक्रराज पर्वतको देउपुर पुगेर स्कुल खोले । त्यहीँ उनले केही समय पढाए । ८ वर्षकै उमेरमा बाबु गुमाएपछि ‘टुहुरे’ शब्दबाट हेपिएका उनी त्यसैलाई बदलाको शुत्र बनाए । २०२३ सालमा गण्डकी छात्र संघको सदस्य बनेर उनको राजनीतिक जीवन सुरु भयो । पन्चायती चुनावका बेलामा पनि उनी पटक पटक उम्मेद्वार बनेर पराजित नेता हुन् । विपी कोइरालाले क्रान्तिको तयारी गर्दै गर्दा शर्मा विपीलाई भेट्न बनारस पुगेका थिए । विपीले दिएका प्रचार सामग्री बोकेर नेपाल आउने र जिल्ला जिल्लामा बाँड्ने काम शुक्रराजको हुन्थ्यो । ‘वीपीकै हातबाट तरुण दलको सदस्या लिएँ ।

    मनमा बडो आनन्द आयो,’ उनले भने, ‘त्यसपछि मैले क्रान्तिको प्रचारप्रसारमा नजिक भएर काम गरें । प्रचा बोकेर नेपालका ठाउँठाउँमा पुर्‍याएँ ।’ शर्मा टिमुरबोटे काण्डका बेला हाल एमाले अध्यक्ष केपी ओलीसँगै तीनवर्ष जेलमा परेका थिए । विपीका अनुयायी शर्मा, गाउँको विकासलाई प्रमुख समाजवाद मान्छन् । भन्छन्, ‘गाउँमा बाटो राम्रो छैन । पानी लिन घण्टौं लगाएर जानुपर्छ । विजुली र सन्चार खासै चल्दैन । नेपालको विकास गर्न गाउँ हेर्नुपर्छ ।’ शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर राज्यले लगानी गर्नुपर्ने उनको भनाइ छ ।

    पहिलो पटक कांग्रेसले संघीय संरचनाअनुसार निर्वाचन सम्पन्न गर्दै छ । गण्डकीको अधिवेशन सुरु हुँदासम्म यहाँ उम्मेद्वारको टुंगो थिएन । संस्थापन पक्षले अर्जुन जोशीलाई टिकट दिएर प्यानल बनाउँदै थियो । संस्थापन इतरबाट ५ जना आकांक्षी थिए । आफ्नो पक्षका आकांक्षीलाई बोल्न नदिएको भन्दै उनै ५ जनाले उद्घाटन शत्रमा हंगामा पनि गरे । मनोनयनको अघिल्लो रात मुश्किलले शुक्रराजलाई पौडेल पक्षले टिकट दियो । उनी अधिवेशनको केही दिनअघिसम्म सभापति शेरबहादुर देउवासँग जोडिएका खबरहरु थियो । सम्भवतः गण्डकीमा संस्थापन पक्ष कमजोर भएर होला, उनले जिल्ला अधिवेशनपछि त्यो हल्लाहरु चटक्कै छोडेर स्वतन्त्रजस्तो बने ।

    ‘मैले उम्मेद्वारी दिइसकें । चुनाव हारे पनि लड्छु, जिते पनि लड्छु भनेर शुक्रराजजीले भन्नुभयो । अब नछोड्ने पक्का भएपछि अरुलाई फकाएर शर्मालाई टिकट दिइएको हो,’ पौडेल पक्षका एक नेताले भने, ‘उहाँको जिद्धिपनले नै टिकट पाउनुभयो ।’ देउवा प्यानलबाट पनि उनले टिकट पाउने हल्ला थियो । ५ आकांक्षीबाट सिंगल उम्मेद्वार बनेपछि शर्मालाई अरुले सहयोग गर्दैनन् भन्ने आंकलन थियो । अरु आकांक्षीले कति सहयोग गरे त्यो भन्ने ठाउँ छैन, तर शर्माले चुनाव जितिछाडे ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.