• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • ९. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • १०. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

कांग्रेस प्रदेश २ अधिवेशन अझै अनिश्चित, सर्लाहीले अड्कायो हलो

  •   आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अनिश्चत बनेको छ । प्रदेश अधिवेशनको उद्घाटन भएको ४ दिन भइसक्दा पनि सबै जिल्लाबाट अधिवेशन प्रतिनिधिहरुको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसक्दा तोकिएको समयमा प्रदेश अधिवेशन अनिश्चत बनेको हो ।

    प्रदेशका २ का ८ वटै जिल्लामा ३२ वटा निर्वाचन क्षेत्र रहेको छ । ती मध्ये सप्तरीको १, रौतहटको १ र सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रबाट मतदाताहरुको नाम निर्वाचन समितिलाई प्राप्त भएको छैन । कांग्रेस नेता अमरेश सिंह र प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहको बीचको विवादका कारण सर्लाहीमा अहिलेसम्म अधिवेशनको वातावरण बन्न नसकेको छैन । जिल्लाको निर्वाचन समितिबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली शनिवार साँझसम्म पनि उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबारसम्म मतदाता नामावली प्रकाशन हुन सकेको छैन ।

    रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन नसकेको प्रदेश निर्वाचन समितिका सदस्य अरुण कुमार यादवले बताए । ‘अहिलेसम्म सबै जिल्लाबाट मतदाताको नामावली प्राप्त हुन सकेको छैन, प्रदेश निर्वाचन समिति सदस्य यादवले भने,‘ मतदाताहरुको नामावाली प्रकाशन नहुँदा आइतबार हुने मनोयन पत्र दाखिला समेत स्थगित भएको छ, यस्तोमा प्रदेश अधिवेशन अनिश्चत बनेको छ ।’

    ‘२० मंसिरसम्ममा निर्वाचन सम्पन्न गर्ने तालिका रहेको भए पनि २० गते सम्म पनि सबै मतदाताहरुको नामावाली प्राप्त हुने सम्भावना कम छ,’ उनले भने, ‘२० गतेसम्म पनि मतदाता नामावली प्राप्त भएको खण्डमा निर्वाचन हुन सक्छ । तर जनकपुरधाममा विवाहपंचमी भएकोले पनि निर्वाचनमा प्रभावित हुन सक्ने सम्भावना हुन्छ । त्यसकारण आज १ बजे सबै पक्षलाई छलफलको लागि बोलाएका छौं । निर्वाचनमा सर्वसम्मतको वातावरण बनेको खण्डमा महाधिवेशन अघि नै प्रदेश अधिवेशन सम्पन्न हुन्छ । नत्र त महाधिवेश पश्चात पनि हुन सक्छ ।’

    कांग्रेसको प्रदेश नेतृत्वको लागि अहिलेसम्म तीन जना उम्मेदवारी औपचारिक रुपमा घोषणा गरिसकेकाले अधिवेशन सर्वसमहत हुने सम्भावना न्युन रहेको नेताहरुको भनाइ छ ।

    सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट रौतहटका सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रंजित कर्णले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेशमा देउवा समूहको पडक बलियो रहेकोले प्रदेश सभापतिका उम्मेदवार कृष्णा यादवले ब्याक हुने सम्भावना नरहेको र मन्त्री यादवलाई उपसभापति निधि र रामचन्द्र पौडल समूहको समर्थन पनि आफूसँग रहेको निर्वाचनमा ब्याक नहुने मन्त्री यादवले दाबी गरेका छन् । त्यसकारण यस्तो अवस्थामा सहमति हुने अवस्था न्यून छ । प्रदेश निर्वाचन महाधिवेशन अघि हुने सम्भावना कम देखिएको छ । तर कांग्रेस महोत्तरी सभापति महेन्द्र कुमार रायले महाधिवेशन अघि नै प्रदेश अधिवेशन गर्नुपर्ने पार्टी सभापतिको निर्देशन रहेको बताए ।

    प्रदेश अधिवेशनका परिपेक्षक तथा कांग्रेस केन्द्रीय सदस्य रमेश रिमालले भने, ‘अधिवेशनमा ८ वटै जिल्लालाई सहभागी गराउने हाम्रो प्रयास हो । तर सर्लाहीको समस्या अझै समाधान नभएकोले सर्लाही छोडेर पनि प्रदेश अधिवेशन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

    यता, निधि समूहका प्रदेश उपसभापति पदका उम्मेदवार प्रफुल्ल घिमिरेले भने, ‘अहिलेको अवस्थामा महाधिवेशन अघि प्रदेश अधिवेशन हुने सम्भावना व्यक्तिगत रुपमा मैले देखेको छैन । सर्लाहीका साथीहरुलाई छोडेर गयो भने यो लोकतन्त्रकको उपहास हुन्छ,यसले पार्टीलाई क्षति हुन्छ । त्यसकारण यो विषयमा पनि पार्टी नेतृत्वले सोच्नुपर्छ ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.