• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चालू वर्षको पहिलो चार महिनाः कृषिजन्य वस्तुको निकासी र आम्दानी घट्यो

  •   आइतबार, मङि्सर १९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम । चालू आर्थिक वर्षको पहिलो चार महिनामा नेपालबाट निर्यात हुने सामग्रीको आम्दानी १०४.३ प्रतिशतले बढेको छ । तर, निर्यातमा मुख्य हिस्सा ओगट्ने कृषिजन्य वस्तुबाट प्राप्त हुने आम्दानी भने ह्वात्तै ओरालो लागेको छ ।

    नेपालबाट निर्यात हुने अलैची, चिया, अदुवालगायतका वस्तुको ओरालो लागेको हो । भटमासको तेल, पाम तेल, सूर्यमुखी तेल, पोलिष्टार तथा धागो, ऊनी, गलैचा, जुटलगायतका सामानको निकासीबाट प्राप्त हुने आम्दानी वृद्धि हुँदा मुलुकमै उत्पादन र प्रशोधन भएर निर्यात हुने कृषिजन्य वस्तुको निकासीबाट भित्रिने आम्दानी भने ओरालो लागेका हो ।

    नेपालमै उत्पादन र प्रशोधन भएर बिक्रीका लागि विदेश निर्यात गरिने चियाको निकासीबाट प्राप्त हुने आम्दानी ह्वात्तै घटेको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ साउनदेखि मंसिरसम्मको तुलानामा चालू आव २०७८/७९ को साउनदेखि कात्तिकसम्ममा ४७.१७ प्रतिशतले ह्रास आएको वैदेशिक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ ।

    आव २०७७/०७८ पहिलो चार महिनामा ७४ लाख दश हजार तीन सय ८६ किलो तयारी चिया निर्यात भएको थियो । त्यसको निर्यातबाट दुई अर्ब ३३ करोड चार लाख र ४७ हजार रुपैयाँ आम्दानी भएको थियो । तर, चालू आव २०७८/७९ को पहिलो चार महिनामा ४२ लाख ५२ हजार सात सय २३ किलो तयारी चिया विदेश निर्यात भएको छ ।

    यति परिमाणमा चियाको निर्यात हुँदा एक अर्ब २३ करोड ११ लाख ४५ हजार रुपैयाँ मात्रै आम्दानी भएको छ । अघिल्लो वर्ष चैत वैशाखमा रोकिएको चिया पछि निर्यात भएकाले आर्थिक वर्षको पहिलो चार महिनामा धेरै चिया निर्यात भएको देखिएको केन्द्रीय चिया उत्पादक सहकारी संघका महासचिव रवीन राई बताउँछन् । ‘पोहोर चैत वैशाखका बेला स्याम्पल पास भएको चिया पनि पछि मात्रै गयो, त्यही भएर साउनयता चिया निकासी बढेको थियो’, उनले भने, ‘यो पटक नियमित रूपमै चिया निकासी भइरहेको छ, उत्पादन घटेर निकासी कम भएको होइन ।’ मंसिरयता भने भारतीय अवरोधका कारण चिया निकासी कम भएको राईले बताए ।

    नेपालबाट निर्यात हुने कृषिजन्य वस्तुमध्ये अग्रणी स्थान ओगट्ने अलैंचीको निकासीबाट हुने आम्दानीमा २१ प्रतिशतले कमी आएको छ । आव २०७७/७८ को साउन-कात्तिक महिनाको अवधिमा २५ लाख ६२ हजार २४ किलो अलैंची विदेश निर्यात हुँदा दुई अर्ब तीन करोड ४५ लाख २५ हजार रुपैयाँ रकम आम्दानी भएको थियो । चालू आव २०७८/७९ मा भने १८ लाख ९६ हजार ६५० किलो अलैंचीको निकासी गर्दा एक अर्ब ६० करोड, ६० लाख ५७ हजार रुपैयाँ आम्दानी भएको व्यपार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा उल्लेख छ ।

    नेपालमा अलैंचीको उत्पादनमा कमी आएको र यो सिजनमा भारतमा अलैंची उत्पादन भएकाले नेपालबाट हुने अलैचीको निकासी घटेको व्यवसायी बताउँछन् । ‘असोजदेखि मंसिरसम्म भारतको आसाममा उत्पादन भएको अलैंची बजारमा आउँछ, भारतीय उत्पादन नै बजारमा आएपछि नेपालमा यसको माग कम भएको हो’, अलैंची व्यवसायी संघका केन्द्रीय अध्यक्ष राजकुमार कार्कीले थपे, ‘अर्को नेपालमा अलैचीको भाउ बढेकाले पनि नेपाली अलैचीको माग कम भएको हुन सक्छ ।’

    नेपालमा अहिले अलैचीको भाउ चार वर्षयताकै उच्च छ । एक साताअघिसम्म नेपाली बजारमा प्रतिमन (४० किलो) अलैचीको मूल्य ५० हजार रुपैयाँ थियो । अहिले भने अलैचीको भाउ घट्दै गएको छ । अहिले प्रतिमन अलैंची ४२ हजार रुपैयाँका दरले किनबेच भइरहेको कार्कीले बताए । अघिल्लो वर्ष यो सिजनमा प्रतिम अलैचीको मूल्य २४-२५ हजार रुपैयाँ थियो ।

    अदुवाको निर्यातसमेत कमजोर भएको छ । अदुवाको विदेश निर्यातबाट प्राप्त हुने आम्दानी २९ प्रतिशतले कम भएको हो । अदुवाको विदेश निर्यात हुने परिमाणमा धेरै कम नभए पनि यसको बिक्रीबाट हुने आम्दानी भने कम भएको हो । अघिल्लो आव २०७७/७८ मा ३९ लाख ५० हजार ७०० किलो अदुवा निकासी भएकोमा आव २०७८/७९ मा भने ३८ लाख १८ हजार ६० किलो अदुवा निकासी भएको छ । तर, अघिल्लो आवमा अदुवा निर्यातबाट २१ करोड ९९ लाख ४९ हजार रुपैयाँ आम्दानी भएको थियो । चालू आवमा भने १५ करो ४५ लाख ४६ हजार रुपैयाँ मात्र आम्दानी भएको तथ्यांक छ ।

    अघिल्लो सिजनको तुलनामा अदुवाको मूल्यमा गिरावट आएकाले निर्यातबाट हुने आम्दानीसमेत कम भएको व्यवसायी बताउँछन् । अघिल्लो वर्ष यही सिजनमा २५ सय रुपैयाँ प्रतिमनका दरले किनबेच भएको अदुवाको भाउ अहिले प्रतिमनको ५-६ सय रुपैयाँ मात्रै छ । ‘भाउ नभएकाले धेरैले अदुवा खनेका पनि छैनन्’, उद्योग वाणिज्य संघ इलामका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यवसायी कृष्ण पौडेलले भने,‘ खेतालाको रोज पनि नधान्ने भाउ छ कस्ले अदुवा खन्छ ?’
    सरकारले कृषिउपजलाई समेत विदेश नियकासीयोग्य वस्तुको सूचीमा राखेको छ । निकासीयोग्य वस्तुमा सूचीकृत उपजलाई निर्यात बढाउन बजार प्रवर्द्धन गर्ने भनिएको छ । कच्चा पदार्थको रूपमा नेपाल भित्रिएर निकासी हुने वस्तुको निकासी ह्वात्तै बढेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.