• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कांग्रेस महाधिवेशन : ओखलढुंगाका दुई नेता केन्द्रीय सदस्यमा लड्ने

  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ओखलढुंगा । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ओखलढुंगाका दुई युवा नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्  । जिल्ला सभापति प्रदीपकुमार सुनुवार र संविधान सभाका सदस्य रामहरि खतिवडाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् । उनीहरू दुवै जना संस्थापन पक्षीय नेता हुन् ।

    सभापति शेरबहादुर देउवा निकट प्रदीपकुमार सुनुवार ओखलढुंगामा दुई कार्यकाल सभापति भई जिल्ला सदरमुकाममा पार्टी कार्यालय भवन निर्माण गरेका तथा आफ्नो समूहका नेताहरूलाई जिल्ला अधिवेशनमा पदाधिकारी निर्वाचित गराउन सफल व्यक्ति हुन् ।

    उनी अल्पसंख्यक कोटामा केन्द्रीय सदस्य चुनाव लड्ने भएका छन् । जिल्लामा आफ्नो गुट स्थापित गर्न १० वर्ष योगदान गरेका नेता सुनुवारलाई देउवाले आफ्नो समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाउने निश्चित रहेको नेताहरूको भनाइ छ ।

    त्यस्तै पूर्व सांसद तथा युवा नेता रामहरि खतिवडाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । सञ्चार माध्यममार्फत सहमहामन्त्री दाबी गर्दै आएका उनी युवा पुस्तामा चर्चित छन् । उनी पनि संस्थापन पक्षका नेता हुन् । फरक गुटका नेताहरूसँग पनि उनको उत्तिकै नजिकको सम्बन्ध रहेको कार्यकर्ताहरू बताउँछन्।

    सहमामन्त्रीमा  सिनियर नेताहरूलाई व्यवस्थापन गर्न चुनौती देखिएपछि उनी केन्द्रीय सदस्य लड्ने तयारीमा छन् । उनले भने, ‘सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेको थिएँ । साथीभाइ, शुभेच्छुक, टिमभित्रका नेताहरूको सुझाव र परामर्शमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’  १३औँ महाधिवेशनमा खतिवडा देउवा टिममा नपर्दा थोरै मतले पराजित भएका थिए ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.