• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

प्रदेश १ काे नाम राख्न मुख्यमन्त्री राईलाई माधव नेपालको सुझाव

  •   सोमबार, मङि्सर २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई नेकपा (एकीकृत समाजवादी) सचिव हुन् । एमाले विभाजन हुनुपूर्व उनी एमालेबाट ‘हाइप्रोफाइल’ सांसद हैनन् । एमालेभित्रको विवादका क्रममा माधव नेपालनिकट भीम आचार्यले प्रदेश-१ मा अगुवाई गरेका थिए । तर, पार्टी विभाजन हुँदा आचार्यले एमाले नै रोजेपछि राईले नेतृत्वको मौका पाए ।

    केन्द्रमा भएको पाँच दलीय गठबन्धनको सहमतिअनुसार प्रदेश-१ नेकपा (एस)ले सरकारको नेतृत्व गर्ने अवसर पायो । त्यही सहमतिअनुसार राई मुख्यमन्त्री भए । राईले मुख्यमन्त्री हुनु केही दिनअघि न्युज कारखानासँग कुरा गर्दै आफ्नो पहिलो दायित्व बेनामे प्रदेशको नाम दिनु बताएका थिए । मुख्यमन्त्री भएको एक महिना बितिसक्दा पनि प्रदेशको नामको विषयमा कुनै चर्चा भएको छैन ।

    सोमबार उनका पार्टीका अध्यक्ष माधवकुमार नेपालले पनि चाँडै प्रदेशको नाम राख्न सुझाव दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा नेकपा (एस) निकट नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश समितिले आयोजना गरेको भेला कार्यक्रममा उनले राईलाई तत्काल प्रदेशको नाम राख्न सुझाव दिएका हुन् । ‘प्रदेश-१ र प्रदेश-२ को नाम राख्न बाँकी छ । यो प्रदेशको नाम पनि चाँडै राख्नुस् है,’ राईतिर हेर्दै नेपालले भने, ‘यसमा कुनै विवाद गर्नुपर्ने जरुरी छैन । सबै प्रदेशले नाम राखिसकेका छन् । यो प्रदेशको नाम नै छैन । पछाडि परिसकेको छ ।’

    उनले एमालेले प्रदेशको नाम राख्न नसकेको बताउँदै राईलाई नाम राख्न आग्रह गरे । ‘पुरानाले राख्न सकेनन् । अब तपाईं राख्नुस्,’ उनले भने, ‘नाम अघि बढाउँदा सबैको भावनालाई समेट्नुपर्‍यो । संकृणताबाट मुक्त हुनपर्‍यो । सिंगो देशलाई राम्रो सन्देश दिनुस् । अरू प्रदेशले दिएको जस्तै ।’ उनले पहिलाका सरकारले गर्न नसकेका काम गर्न र पुराना सरकारले गरेका नराम्रा काम नदोहोर्‍याउन सुझाव दिए । ‘राम्रो काम गरेर शीर ठाडो पार्ने काममा भूमिका खेल्नुस्,’ उनले भने, ‘खेलाडी, सुकुम्बासी, महिला अधिकार, गरिब र सबैका लागि काम गर्नुस् । प्रदेश सरकारले पाएको अधिकारको भित्र रहेर काम गर्नुस् ।’

    राईले राख्न सक्लान् त प्रदेशको नाम ?

    अध्यक्ष नेपालले आफ्नो पार्टीका सचिवसमेत रहेका राईलाई प्रदेशको नाम राख्न सुझाव दिए । तर, गठबन्धन गरेर चलेको यो सरकारका लागि प्रदेशको नाम राख्नु फलामको चिउरा चपाउनुजस्तै हो । गठबन्धनमा रहेको दलसँग संसदमा ५० सिट छ । जुन सरकार बनाउन पर्याप्त भए पनि प्रदेशको नाम राख्न पर्याप्त हैन ।

    एमालेविना प्रदेश-१ मा अहिलेको संसद्बाट प्रदेशको नाम राख्ने परिकल्पना गर्न सकिँदैन । प्रदेशको नाम राख्न संसद्मा दुई तिहाई बहुमत चाहिन्छ । ४१ सांसद रहेको प्रदेश-१ को ठूलो एमालेले साथ नदिएसम्म पाँच दलीय गठबन्धनले मात्र प्रदेशको नाम राख्ने सम्भावना छैन । एमालेले पनि प्रदेशको नामका लागि राईलाई सहयोग गर्ने अवस्था पनि छैन ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.