• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

द्वन्द्वपीडित महिलाको प्रश्न : विस्तृत शान्ति सम्झौताको १५ वर्ष पुग्याे, हामीले न्याय कहिले पाउने ?

  •   मङ्गलबार, मङि्सर २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नेपालगञ्ज । सशस्त्र द्वन्द्वपीडितले मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको १५ वर्ष पुग्दा पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् । १६ दिने महिला हिंसाविरुद्धको अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाले आयोजना गरेको द्वन्द्वकालीन यौन हिंसा र पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियाका सहभागीले यस्ताे गुनासो गरेका हुन् ।

    बाँके बैजनाथ-४ की पार्वती बुढा विगत सम्झन चाहदिनन् ।  सशस्त्र द्वन्द्वको बेलामा उनीमाथि भएको क्रुरताले राम्रोसँग निदाउन पनि सक्दिनन् । द्वन्द्वकालमा राज्य पक्षका सेनाले दिएको शारिरीक र यौन यातनाको मानसिक घाउले अझै पनि उनलाई झस्काउने गरेको छ । कलिलै उमेरमा क्रुरता भोगेकी उनी अहिले पनि नियमित खान्छिन् ।

    सेनाले लगेर १६ महिना कहाँ राख्यो उनलाई थाहा छैन । तर, त्यसपछिको १२ महिना भने उनलाई जेलमा राखिएको थियो । उनलाई अझै पनि आफूले भोगेका समस्या खुलेर भन्नपाए हुन्थ्यो जस्तो लाग्छ । तर, पारिवार र सामाजको डरले उनलाई खुलेर बोल्न धक लाग्छ ।

    ‘गर्भवती थिए मलाई यातना दिएरै मेरो गर्भपतन गराइयो । चरम यातना दिइयो । खोई त मैले न्याय पाएको ? नभनी नहुने र भन्न पनि सजिलो नभएकोले यसले म र म जस्तै पीडा भोगेकालाई भित्रभित्रै दुखिरहेको छ । झन द्वन्द्वका पीडितका सवालमा सरकार चुप लागेर बसेकाे छ । यसले हाम्रो मन झनै दुख्छ,’  बुढाले भनिन्, ‘कतै सेवा लिन जाँदा हामीसँग प्रमाण मागिन्छ । द्वन्द्वकालमा भोगेका यौन हिंसाका घटना सुनाउन त महिलालाई निकै समस्या छ भने कागजपत्र, तथ्य र प्रमाण त कसरी जुटाउन सक्छौँ हामी ।’

    द्वन्द्व र विगतको दिन सम्झिने वित्तिकै कौशिला चौलागाईंको मन अमिलो हुन्छ । शरिरमा काँढा उठ्छ । द्वन्द्वकालमा यातना पीडित र घाइते हुन् उनी । तत्कालीन सेनाले मरणाशन्न हुनेगरि पिटेर गोली हानेर मरिन् साेचेर सिस्नोकाे झ्याङमा फालेर गएको भए पनि बाँच्ने नियतिले बाँचेकी उनी घाइते तन र मन दुवैको भारि बोकेर हिँड्न बाध्य छिन् । उनलाई आफ्नो दु:ख पोख्न मन लाग्छ । तर, कोसँग  पोख्नु । कसले सुन्छ उनको दु:ख । द्वन्द्वले उनको मनमा रोपिदिएको सुइरो अझै उनको मनमै छ ।

    कलिलै उमेरमा विद्यालय पढ्दै गर्दा तत्कालीन बिद्रोहीको अपहरणमा परी युद्धमा सामेल भएकी बाँकेकै कौशिला कार्की भन्छिन्,‘पढ्दापढ्दै ज्यान जोखिममा पारेर द्वन्द्वमा होमिनु रहर थिएन । करकाप र डरले भए पनि द्वन्द्वको मैदानमा जानु बाध्यता थियो । अब भन्नुस त यसमा मेरो के दोष ?’

    नीति निर्माण तहमा द्वन्द्वकालीन मुद्दा नउठाइनु दु:खद भएको कौशिलाको ठहर छ । विगत भुल्न नहुनेमा जोड दिँदै उनी भन्छिन्,‘हामी त्यहि संघर्ष पूर्ण इतिहासका कारण अहिले यति स्वतन्त्र छौँ । भन्न पाएका छौँ, बोल्न पाएका छौँ । यसको अर्थ यो होइन कि पीडितले न्याय र परिपूरण पाउन हुँदैन ।’

    रुपमाया थारु पनि तत्कालीन अवस्थामा चरम यातना र बलात्कारको शिकार भएकी हुन् । उनी अचेल पनि नियमित अस्पताल जान्छिन् । तर  उनलाई अस्पतालमा गएर उपचार गर्नला अवस्था सहज छैन । ‘सबै साक्षर हुँदैनन् । सरकारी सेवा सहज छैन,’ उनले उनले भनिन् ‘हाम्रा लागि राज्यसँग नीति नै छैन । हामीले न्याय पाउने आश कसरी गर्ने ? नीति बनाउने सवालमा स्थानीय तहले पनि संघमा पहल र पैरवी गर्न आवश्यक छ ।’

    पार्वती, कौशिला, रुपमाया त प्रतिनिधि पात्र मात्र हुन उनीहरुजस्ता द्वन्द्वपीडित विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ वर्ष वितिसक्दा पनि परिचयपत्रसम्म पाएका छैनन् ।

    नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगरले राज्यले नै द्वन्द्वपीडितको लागि विस्तृत शान्ति सम्झौतामा तय भएका विषय अक्षरस पालना गर्न सके मात्र द्वन्द्वपीडितको समस्या धेरै हल भएर जाने बताइन् । रुद्र सुवेदी / न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.