• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

कांग्रेसमा पुस्तान्तरणका लागि याे उपयुक्त समय हो : अजयबाबु सिवाकाेटी (अन्तर्वार्ता)

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन २४-२७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ । नयाँ नेतृत्व चयन हुने महाधिवेशन नजिकिँदै गर्दा पदाधिकारीदेखि केन्द्रीय सदस्यमा धमाधम उम्मेदवारी घाेषणा भइरहेकाे छ ।

    यहीँ दौडमा होमिएका छन् अजयबाबु शिवाकोटी । दुई दशकदेखि पत्रकारितामा सक्रिय शिवाकोटीले राजनीतिमा हामफालेका छन् । नेपाल प्रेस युनियनका महासचिव एवं हाम्राकुरा अनलाइन पत्रिकाका संस्थापक सम्पादक शिवाकोटी दोलखाबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पत्रकारिता बिट मारेकाे घाेषणा गर्दै उनले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका शिवाकोटीसँग न्युज कारखानाले महाधिवेशन केन्द्रित कुराकानी गरेको छ:

    तपाईँले लामो समय पत्रकारितामा बिताउनुभयो, अहिले राजनीतिमा किन आउनुभयो ?
    साढे दुई दशको पत्रकारितामा जुन किसिमको ज्ञान सीप आर्जन भयो, त्यसलाई राजनीतिमार्फत अझ फराकिलो दायरामा काम गर्न सकिन्छ कि भन्ने लागेर राजनीतिमा प्रवेश गर्ने जमर्को गरेको छु ।

    पत्रकारिताबाट राजनीतिमा आउँदै गर्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
    प्रतिक्रिया उत्साहजनक छ । खासगरी जिल्लामा जुन खालको रेस्पोन्स पाएको थिए, त्यहीँ खालको रेस्पोन्स महाधिवेशन प्रतिनिधि हुँदै गर्दा अग्रस साथीबाट पाएँ । उत्साह र प्रेरित गर्नुभयो । शुभकामना पाइरहेको छु । त्यसले पनि महाधिवेशनमा अगाडि बढ्न थप हौसला प्रदान गरिरहेको छ । मिडिया र अग्रज साथीहरुले पनि हौसला दिइरहनुभएको छ । यसले राजनीतिक यात्रा गर्न कही न कही थप प्रेरित गरेको छ ।

    दोलखाबाट महाधिवेशन प्रतिनिधि हुनुभयो, अब महाधिवेशनमा कुन पदमा दाबी हो ?
    १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निधो गरेको छु । खुल्ला वा समावेशीलगायत समूहगत रुपमा भने उम्मेदवारी दिने बेला तय गर्नेछु । अहिले मैले आफूलाई केन्द्रीय सदस्यको उम्मेदवारका रुपमा उभ्याएको छु ।

    राजनीतिमा होमिएर उम्मेदवारी दिँदै गर्दा तपाईंको मूल एजेण्डा के हो ?
    हाम्रो सन्दर्भमा राजनीतिक नेतृत्व र दलले पटकपटक राजनीतिक परिवर्तनको नेतृत्व गरे । सहभागी भएर भूमिका निर्वाह गरे । तर त्यसबाहेक आर्थिक समृद्धिको विषयमा हाम्रो प्राथमिकताको सूचीमा तल परेको हो कि भन्ने देखिएको छ । यो अवस्थामा आम नेपालीको प्राथमिकता समृद्धि हुनुपर्छ । देश समृद्ध भयो भने नागरिक पनि समृद्ध हुन्छन् । समृद्धिसँग देशको इज्जत पनि जोडिएर आउँछ । त्यो इज्जत सम्मान दिलाउने सन्दर्भमा देशभित्र र बाहिर हेर्नुपर्छ । हाम्रो नागरिकलाई खाडी मुलुकमा हेर्ने जुन दृष्टिकोण छ, समृद्ध देशका नागरिकले पाउने दृष्टिकोणभन्दा फरक छ । यो कुरा हाम्रो समृद्धिसँग जोडिन्छ ।

    त्यसकारण सम्मान र समृद्धिलाई सँगसँगै जोडेर लैजाने र सम्मानित नेपाली, सम्मानित देशको नागरिक हुने अवस्था आउनुपर्छ । त्यसकारण अब हाम्रो प्राथमिकता राजनीति सँगसँगै समृद्धि हुनुपर्छ । आर्थिक विकास हुनुपर्छ । यो कुरा एउटा व्यक्ति वा पार्टीले उठाउने नारा होइन, देशको, नागरिकको नारा हुनुपर्छ भन्ने कुरालाई सफल बनाउन हरेक दलका नेता कार्यकर्ताको प्राथमिकता हुनुपर्छ । यो एजेण्डा त्यो हिसाबले उठान गर्दै गर्दा मेरोमात्र होइन यो देशकै एजेण्डाको एउटा अंश मैले उठान गरेर अघि बढ्ने प्रयास गरेको छु ।

    कांग्रेसमा उम्मेदवारी दिँदै गर्दा गुटगत आधारमा दिने अभ्यास छ । तपाईंको उम्मेदवारी कुन समूहबाट ?
    उम्मेदवारी दिने सन्दर्भमा चुनावका बेला गुट बन्ने, उम्मेदवारी दिने कुरा अस्वभाविक होइन । स्वभाविक ढंगले लिइन्छ । यसरी हेर्दा मैले पनि कुनै गुटसँग जोडिएर उम्मेदवारी दिनुपर्ने अवस्था २४ गतेसम्म मनोनयनको समयसम्म हुनसक्छ । तर आजको दिनमा म जुन जिल्ला (दोलखा)बाट प्रतिनिधित्व गरेर आए, महाधिवेशन प्रतिनिधि भएर आउँदै गर्दा मैले के बुझ्छु भने म सबैको हुँ । किनभने म जुन पेसाबाट आएको छु त्यहाँभित्र मैले तटस्थता मेन्टेन गर्नुपर्ने थियो ।

    त्यो तटस्थता मेन्टन गर्दा कतिपय अवस्थामा आरोपित हुने अवस्था पनि आयो होला अर्को पक्षबाट । तर आज त्यहीँ दलभित्र फेरि अर्को समूहबाट आरोपित हुनेभन्दा पनि सकेसम्म सबैको सहमतिले सबैको हुनेगरी जाने प्रयास गर्नेछु । यद्यपि त्यो अवस्था भएन भने पनि अन्तिम समयसम्म कुनै न कुनै एउटा रहनुपर्ने अवस्था आउँछ । त्यसका लागि म छलफलमा छु । उम्मेदवारी मनोनयन पछि यसका बारेमा प्रष्ट हुन्छ ।

    तपाईँ पत्रकारिताबाट राजनीतिमा आउनुभएको छ, तपाईंको पत्रकारिता यात्राबारे थोरै बताइदिनुस् न ।
    मैले २०५७ सालमा रेडियो नेपालको घटना र विचारबाट सुरु गरेको थिए । एक वर्षपछि इमेज मेट्रो टेलिभिजनमा सुरु गरे । केही समयमा इमेज च्यानलमा रुपान्तरण भयो । २०६/र०६३ को आन्दोलपछिसम्म त्यहाँ काम गरे । त्यसपछि एकवर्ष जति नेपाल वानमा पनि काम गरे । विरामी अवस्थामा एक वर्ष ब्याक भए । उपचार पछि फर्किँदा रेडियो न्युज, नेपाल टेलिभिजनमा सूचना प्रविधिसम्बन्धी कार्यक्रम इन्टर सुरु गर्‍यौं । त्यहाँ आफै उत्पादन गरेर प्रसारण गर्थ्यौं ।

    त्यहीँ बेला कान्ति सिटी कलेजमा आमसञ्चार पढ्दै गरेका केही साथी मिलेर एउटा कम्पनी खोल्यौं । त्यहीँ कम्पनीले हाम्रा कुरा अनलाइन पत्रिका सुरुवात गर्‍यो । त्यहीँ हाम्राकुरामा यो उम्मेदवारी घोषणा गर्नुअघिसम्म कार्यरत थिए । उम्मेदवारी घोषणापछि सम्पादकीय नेतृत्वबाट बिदा लिएको छु । संस्थापक सम्पादकको हैसियत मेरो नाम रहिरहनेछ । संञ्चालकको भूमिका भने रहिरहनेछ । ०५७ सालअघि मैले केही वर्ष साप्ताहिक पत्रिकामा पनि काम गरे ।

    पत्रकारितामा रहँदा सत्ता हल्लाउनुभयो । सभामुख कृष्ण महरा र सञ्चारमन्त्री गोकुल बाँस्कोटाको काण्ड बाहिर ल्याएर पदमुक्त हुने अवस्था आयो । पत्रकारितामा सफलजस्तो देखिएको तपाईंको करियर राजनीतिमा कस्तो रहँला ? सफल भइन्छ भन्ने आत्मविश्वास कत्तिको छ ?
    त्यो हेर्दै जाउँ । किनभने हामी काम गर्दै जाँदा अहिले नै धेरै महत्वाकांक्षा राख्ने कुरा त्यति उपयुक्त हुँदैन । तर म जुन ढंगले अगाडि बढिरहेको छु, प्रयास गरिरहेको छु, त्यसमा साथ सहयोग मिल्दै गयो भने सफल हुन सकिएला । नभए पनि ठिकै छ । सिक्दै अगाडि बढ्ने कुरामा विश्वास गर्छु ।
    अहिले पत्रकारिता राजनीतिमा आउने माध्यम बनेको देखिन्छ ।

    तपाईं आफैं पनि प्रेस युनियन महासचिव हुँदै पार्टी राजनीतिमा प्रवेश गर्नुभएको छ । बाहिर यसलाई नकारात्मक रुपमा टिप्पणी गर्ने गरिन्छ । तपाईंले यसलाई कसरी हेर्नुहुन्छ ?
    कुनै एउटा पेसा, व्यवसाय, संगठनमा काम गर्दै गर्दा, संगठनबाट आफ्नो नेटवर्क विस्तार गर्दै गर्दा अर्को ठाउँमा जाने कुरालाई अन्यथा मान्नु हुँदैन । खेलकुदबाट राजनीतिमा आएका छन् । कला क्षेत्रमा काम गरेका मान्छे राजनीतिमा आएका छन् ।

    शिक्षा, उद्योग व्यवसायमा गर्ने मान्छे पनि आएका छन् । सबै पेसा व्यवसायका मान्छे एउटा समाजसेवाका रुपमा, अर्को सेवा गर्ने, अर्को प्ल्याटफर्मको रुपमा आउने कुरालाई मैले अन्यथा मानेको छैन । हामी कुन नियतले प्रवेह गरेका छौं भन्ने मुख्य कुरा हो । यसमा निय सफा राखेर थप योगदान गर्न सक्छौं भन्ने उद्देश्य राखेर आउँदै त्यसलाई मैले अन्यथा मानेको छैन ।

    अहिले हरेक पार्टीमा नेतृत्वमा युवा पुस्ता आउनुपर्छ भन्ने बहस छ । कांग्रेसमा पनि आवाज सुनिन्छ । युवाको हिसाबले उम्मेदवारी दिँदै गर्दा कतिको सहजता महसुस गर्नुभएको छ ?
    पार्टीमा सक्रिय सदस्यताको वितरणदेखि नै युवाको उपस्थिति बढेको छ । त्यसको रिफ्लेक्सन क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधिसम्म आइपुगेको छ । पहिलोपटक अथवा नयाँ महाधिवेशन प्रतिनिधिको संख्या ६० प्रतिशत बढी छ । यसले केन्द्रीय समितिमा पनि रिफ्लेक्सन देखिन्छ भन्ने लाग्छ । पुस्तान्तरणको विषय सक्रिय सदस्यता बिस्तारले नै स्थापित भइसकेको छ । त्यसैले पुस्तान्तरणका लागि यो एउटा उपयुक्त समय पनि हो । पाकाको नेतृत्वमा युवाको उपस्थिति बढ्ने अवस्था यो पटक देखिन्छ ।

    अन्तिममा महाधिवेशनमा होमिएका नेता कार्यकर्ता, महाधिवेशन प्रतिनिधिलाई के सन्देश दिन चाहनुहुन्छ ? 
    हामी यस्तो समयमा आएका छौं कि राजनीतिक परिवर्तनको नेतृत्व गरेको पार्टी आर्थिक समृद्धिको एजेण्डा सँगसँगै लानुपर्ने अवस्थामा छ ।

    यो देश समृद्ध, समुन्नत बनाउन, नेपाली नागरिक सम्मानित बनाउनका लागि कांग्रेसका प्रत्येक नेता कार्यकर्ताको ठूलो योगदान र भूमिका आवश्यक छ । सबै नेता कार्यकर्ता महाधिवेशनमा आउँदै गर्दा यी विषयमा जोडदार उठाएर एउटा बलियो कांग्रेस बनाउने दृढ संकल्प यहाँबाट लिएर जानुहुनेछ ।

    किनकि आउने कांग्रेसले फेस गर्नुपर्ने जति पनि चुनावहरुमा एउटा ठूलो दलको रुपमा स्थापित सकोस् । ठूलो दलमात्र होइन एउटा बहुमत प्राप्त दल स्थानीयदेखि प्रदेश हुँदै केन्द्रमा एउटा सरकार बनाउन सक्ने हैसियत राख्न सकोस् । त्यसमा हामी सबैको मेहनत जरुरी छ । त्यो मेहनत सम्भव पनि छ । यहीँ आग्रह गर्छु । यसका लागि हामी सबै हातेमालो गर्दै अगाडि बढौं ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.