• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लुम्बिनी प्रदेशका महत्वाकांक्षी योजना अलपत्र

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल । लुम्बिनी प्रदेशका महत्वाकांक्षी नौवटा विकासे आयोजना अलपत्र परेका छन् । प्रदेश योजना आयोगले अगाडि सारेका योजना नयाँ सरकार गठनयता अलपत्र परेका हुन् । प्रदेश योजना आयोगले गतवर्ष बर्सेनि पहिरो गइरहने सिद्धबाबा क्षेत्रको डाँडा काटेर नमूना बस्ती निर्माण गर्नेदेखि लुम्बिनी प्रादेशिक अस्पताललाई अत्याधुनिक बनाउनेसम्मका योजना बनाएको थियो ।

    अघिल्लो सरकार हटेर नयाँ सरकार बनेसँगै यी योजना कागजमै थन्किएका छन् । नौवटा मध्ये एउटा योजनाको काम अगाडि बढेपनि प्रगति अत्यन्तै निराशाजनक छ ।

    आर्थिक वर्ष २०७७/७८ मा प्रदेश योजना आयोगले अगाडि बढाएका विकासे योजनाका लागि नौ करोड २६ लाख रुपैयाँ विनियोजन गरेको थियो । नौवटा योजनामध्ये विद्युतीय बस सञ्चालन गर्ने र यसको सम्भाव्यता अध्ययनअघि बढाउने गरी योजना आयोगले कार्यक्रम तय गरेको थियो । यसका लागि पाँच लाख बजेटसमेत छुट्टयाइएको थियो । तर, विद्युतीय बस सञ्चालनका लागि सम्भाव्यता अध्ययन हालसम्म पनि सुरू भएको छैन ।

    प्रदेश योजना आयोगले विगतमा अघि बढाएका काम छिटै पूरा हुने आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले बताए । ‘विद्युतीय बस सञ्चालनका लागि पनि अब चार्जिङ स्टेशन बनाउने योजनामा छौं, आगामी पुस महिनादेखि काम सुरु गरिने छ’, उनले भने । कुन कुन स्थानमा चार्जिङ स्टेशन रहने भन्ने कुराको टुंगो भने अझै लागिसकेको छैन ।

    प्रदेश योजना आयोगले गतवर्ष लुम्बिनी प्रादेशिक अस्पताललाई अत्याधुनिक बनाउने र यसका लागि डीपीआर निर्माण गर्ने भन्दै दुई करोड ३५ लाख रकम छुट्टयाएको थियो । ‘योजनाको काम नभएको सत्य हो, तर कागजमै थन्काएर राखेका छैनौं, सबै योजना अगाड बढ्छन्’, प्रदेश योजना आयोगका प्रवक्ता दामोदर भुसालले भने । आयोगले गतवर्ष वातावरणीय प्रभाव मूल्यांकनको लागि भन्दै १० लाख बजेट विनियोजन भएको थियो । आवश्यक योजना बनाएर आयोगले प्रदेश सरकारसमक्ष पेस गरेपनि प्रगति भने शून्य छ । प्रदेश योजना आयोगले अस्पताल परिसरकै पुरानो पेट्रोलपम्प भएको स्थानमा विजनेश कम्प्लेक्स बनाउने गरी योजना बनाएपनि हालसम्म काम अगाडि बढेको छैन । आयोगका प्रवक्ता भुसालले कोभिडका कारण पनि काममा प्रगति हुन नसकेको स्वीकार गरे । ‘संरचना पनि सबै बनेका छैनन्, कर्मचारीको पनि अभाव छ, त्यसैमाथि कोभिडले कामको गतिलाई रोक्यो,’ उनले भने ।

    योजना आयोगले अध्ययन सकेर प्रदेश सरकारलाई बुझाएका प्रतिवेदन अलपत्र हुँदा बजेटसमेत फ्रिज हुने देखिएको छ । राप्ती अस्पतालको गुरुयोजना, बुटवल बिजनेश कम्प्लेक्सको अध्ययन, रिक्रयएशन/थिम पार्कको अध्ययन, बुटवल–भैरहवा, घोराही–तुलसीपुर, कोहलपुर–नेपालगन्ज महानगरको सम्भाव्यता अध्ययन गरी योजना आयोगले प्रतिवेदन तयार पारेको छ । ६२ लाख रुपैयाँ अध्ययनको लागि खर्च भएको यी आयोजनाको काम पनि अगाडि बढेको छैन । त्यस्तै प्रादेशिक राजधानीको गुरुयोजनाको लागि ८० लाख, प्रदेशसभा भवन निर्माणको लागि चार करोड रुपैयाँ बिनियोजन गरी आयोगले काम थालेको थियो ।

    आयोगका उपाध्यक्ष क्षेत्रीले यो वर्ष विद्युतीय बस सञ्चालन गरेरै छाड्ने दावी गरे । यो वर्ष प्रदेश योजना आयोगले करिव एक दर्जन योजनाअघि बढाएको छ । जसमा संभाव्यता अध्ययन, डीपीआर, गुरुयोजना लगायतका कार्यक्रम छन् । यो वर्ष प्रदेश बैंक स्थापना गरी सञ्चालन गर्ने र यसको विस्तुत अध्ययनको काम तत्काल अघि बढाइने आयोगका प्रवक्ता दामोदर भुसालले जानकारी दिए । त्यस्तै यसैवर्ष आयोगले प्रादेशिक विश्वविद्यालय स्थापनाको योजना अगाडि बढाएको छ । त्यस्तै एकसय बिघा क्षेत्रफलमा धानखेती गरी धानखेती प्रवद्र्धनको कार्यक्रम समेत आयोगले चालु वर्षअघि बढाउँदै छ ।

    राष्ट्रिय योजना आयोग र लुम्बिनी प्रदश योजना आयोगले केही दिन अगाडि मात्रै बुटवलमा योजना सम्मेलन गरेका थिए । सम्मेलनमा सहभागी विज्ञहरुले कानुनी अड्चन, नीतिगत सुधार नहुनु, कर्मचारी अभाव र आवश्यक संरचना नहुँदा योजना कार्यान्वयनमा समस्या आएको बताएका थिए ।  लक्ष्मण पौडेल/न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.