• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

भत्केको विद्यालय बनेन, तीन महिनादेखि खुला आकाशमै पठनपाठन

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सुर्खेत ।  भनिन्छ  विद्यालय विद्यार्थीको दोस्रो घर हो । शिक्षा मानिसको तेस्रो आँखा हाे । नीति निर्माण तहदेखि देशको शासन प्रशासन चलाउन शिक्षा नै आवश्यक पर्छ । शिक्षाविनाकाे मानिस ‘अन्धो’ कहलाउँछ । शिक्षाले नै बालबालिकाको सर्वाङ्गीण विकास गराइ सत्मार्गतर्फ उन्मुख गराउँछ । तर, कर्णालीकाे विकट बस्तीका बालबालिका शिक्षा आर्जन गर्ने थलाे विद्याालय अभावमा अन्धकारमा बाचिरहेका छन् ।

    यहाँका कतिपय स्थानमा विद्यालय भवन अभावले विद्यार्थीहरू चौरमा बस्न बाध्य छन् । कही बालबालिकाले शिक्षकको मुख नै देख्न पाउँदैनन् । अझ भनौँ दुर दराजका विद्यार्थी त्यो अन्धकारबाट बाहिर निस्कन सकेको छैनन् । ज्ञानकाे ज्याेतिमार्फत बाहिरी दुनियाँमा रमाउन खोजे पनि उनीहरूलाई पढ्न सक्ने वातावरण उपलब्ध छैन । यही कारण कतिपयले बिचैमा पढ्न छोड्छन् । विद्यार्थीलाई पढ्नको लागि जुन वातावरण हुनुपर्थ्याे त्यो नहुँदा बिचैमा पढाइ छोड्ने विद्यालय जान नमान्ने जस्ता समस्याले उनीहरूको भविष्य अन्धकारतिर धकेलिँदै गएको छ । यसकाे प्रतिनिधिमुलक उदहारण हाे दैलेखको चामुण्डाविन्दासैनी नगरपालिका-५ बस्ताकोटस्थित जनता माध्यामिक विद्यालय ।

    त्यहाँ न त विद्यालय भवन छ न त पढ्ने वातावरण नै छ । २०४० सालमा स्थानीय स्रोतसाधनबाट निर्माण भएको याे विद्यालयको भवन भति्कदा न त नयाँ भवन निर्माण भयो, न भत्केको भवन पुनःनिर्माण हुन सकेकाे छ । स्थापनाकालदेखि अहिलेसम्म भवन बनाउने योजना नपरेको सोही विद्यालयमा अध्यापन गराउँदै आएको शिक्षक रामशरण रेग्मी बताउँछन् । ‘भवन भत्किने अवस्थामा थियो,’ उनले भने, ‘पटक पटक नगरपालिकासँग पनि अनुरोध गर्याै तर केही भएन । ८ भदाै ०७८ मा परेको अविरल वर्षाले भवन भत्कियो । अहिलेसम्म पुननिर्माणमा कसैले चासो देखाएका छैनन् । भवन नहुँदा विद्यार्थीलाई खुल्ला आकाशमुनि पढाउन बाध्य छौँ ।’

    हावा चले विद्यालय बन्द हुन्छ 

    ८ भदाै ०७८ मा परेको अविरल वर्षाका कारण भवन भत्किएपछि हावा चलेपछि विद्यालय बन्ध गर्नुपर्ने अवस्था रहेकाे विद्यालयका प्रधनाध्यापक जनक कार्की बताउँछन् । भवन भत्किएको छ हावा चल्यो, पानी पर्याे भने विद्यालय बन्द गर्नुपर्छ,’ उनले भने, ‘हामीसँग अरू भवन छैनन् । खुला आकाशमुनि पढाउनु पर्ने बाध्यता छ । हावा लाग्दा पानी पर्दा विद्यालय बन्द गर्नुको विकल्प छैन । जसले गर्दा विद्यार्थीको अध्ययन अध्यापनमा प्रत्यक्ष असर परेको छ ।’

    राजनीतिक छायाँले विद्यार्थीको भविष्य अन्धकारतिर 

    विद्यालय अध्यन अध्यापन गराउने थलो हो । तर, विद्यार्थीलाई अध्यापन गराउनुको साटो विद्यालय राजनीतिको अखडा बनिरहेकाे एक स्थानीयको भनाइ छ । यहाँ शिक्षकभन्दा धेरै राजनीतिक दलका नेता रहेकाे उनी बताउँछन् । ५ नम्बर वडामा कांग्रेसले जितेको वडा हो । नगरपालिकाकाे तेतृत्व एमालेले गरीरहेकाे छ । जसले गर्दा पत्यक्ष रुपमा विद्यालय राजनीति चपेटामा परेको वडा नम्बर ५ का अध्यक्ष नारायणप्रसाद रेग्मी बताउँछन् ।

    ‘भवन निर्माणको लागि पटक पटक नगरपालिका, वडा कार्यालयमा धायाैँ । साेही अनुसार आश्वासन पनि पायाैँ,’  उनले भने, ‘नगरपालिका लगायत सरोकारवालाहरूले हुन्छ हुन्छ मात्रै भने । भवन नहुँदा चौरमै पढाउन बाध्य छौँ ।’ ८ भदाै ०७८ काे अविरल वर्षातले क्षति पुगेको विद्यालय भवन निर्माणमा सम्बन्धित निकायको ध्यान जान नसकेको विद्यालयका प्रधानाध्यापक जनक कार्की बताउँछन् ।

    उनका अनुसार ३८ वर्षअघि स्थापना भएकाे विद्यालयमा अहिलेसम्म भवन निर्माणमा कुनै याेजना परेकाे छैन । ‘स्थानीय सरकार आएको चारवर्ष बित्न लाग्यो तर, नगरपालिकाबाट कुनै आशा भएन,’ उनले भने, ‘२०४० सालमा स्थानीय स्रोतसाधनमा भवन निर्माण भयाे तर अहिलेसम्म कसैले सहयोग गरेन । भवनका लागि सबै ठाउँमा हारगुहार गरेपनि कसैले सुनेनन् ।’

    जनता माध्यामिक विद्यालयमा दुई सय २४ जना विद्यार्थी छन् । एक जना बालविकास सहजकर्ता, एक जना राहत शिक्षक, एक अस्थाई र चार जना स्थाई शिक्षक रहेको प्रधानाध्यापक कार्कीको भनाइ छ ।

    विद्यालय भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिले प्रदेशमा भवन माग गर्न वडा कार्यालयमा जादा वडाअध्यक्षले सिफारिस गर्न नमानेको उनी बताउँछन् ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    आश्रममा आश्रित तीन सय जनालाई ग्रीनल्याण्डका विद्यार्थीले खुवाए खाना
    सिद्धीका चेपाङ विद्यार्थीलाई एक्सपर्ट चितवनको खाद्यान्न र स्टेशनरी सहयोग

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.