• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ७. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सुदूरपश्चिममा बाढीपछिकाे डेढ महिना : अझै आएन कृषि बाली क्षेति विवरण

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    धनगढी । करिब दुई महिनाअघि सुदूरपश्चिममा गएकाे बाढीले कृषि बालीमा कति क्षति भयाे भन्ने विवरण प्रदेश सरकारले अझैसम्म पनि संकलन गरेकाे छैन । क्षति विवरण संकलन नहुँदा यस क्षेत्रका किसानले क्षतिपूर्तिको प्रकृया समेत अघि बढाउन पाएका छैनन् । विवरण नै नआएपछि राज्यले  दिने क्षातिपुर्ति पाउने सम्भावना त हुने नै भएन ।

    क्षतिको विवरण संकलन गर्न सडक अभाव र झन्झटिलो कानूनी प्रावधानले समस्या भएको अधिकारीहरूको भनाइ छ । ‘कृषि बालीमा तत्कालै क्षतिको अवस्था बुझ्न संयन्त्र परिचालन गरिएको थियो,’ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सहायक सूचना अधिकारी टिकेन्द्र कुस्मीले भने, ‘तर बाढी पहिरोका कारण सडक सञ्जाल थिएन, संयन्त्र प्रभावित स्थानमा पुग्नै समय लाग्यो ।’

    उनले बाढीका कारण क्षति भएको कृषि बालीको एक चरण तथ्याङ्क आएपनि जिल्लाबाट पुष्टि भएर नआएको बताए । जिल्लामा भएको क्षतिको विवरण सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन समिति र कृषि ज्ञान केन्द्रबाट स्वीकृत भएर आउनु पर्ने प्रावधान छ ।

    प्रारम्भिक विवरणअनुसार सुदूरपश्चिममा दुई हजार ६ सय ३३ हेक्टरमा लगाइएको आलु, दुई हजार पाँच सय ६७ हेक्टर जमिनमा लगाएको तरकारी, चार हजार नाै सय १६ हेक्टरमा लगाइएको तोरी, दुई सय ९७ हेक्टरको केरा, ४७ हेक्टरको दलहन, एक हजार हेक्टरको कोदो,  २१ हेक्टरको उखु बाली बाढी र पहिरोका कारण क्षति भएको छ ।

    कुस्मीका अनुसार बाढीका कारण पाँच करोड २६ लाख ६४ हजार मूल्य बराबरको आलु, पाँच करोड १३ लाख ३६ हजार मूल्य बराबरको तरकारी, नाै करोड ८३ लाख २० हजा मूल्य बराबरको तोरी बाली, ५५ लाख ८० हजार बराबरको केरा, नाै लाख ४० हजार बराबरको दलहन, चार  लाख २० हजार बराबरको उखु र ६ हजार बराबरको मसला बालीमा क्षति भएको छ ।

    बाढी पहिरोले सुदूरपश्चिममा एक हजार आठ सय ३६ पशु चौपायमा क्षति पुगेकाे प्रारम्भिक तथ्यांक छ । तीन लाख ३२ हजार पाँच सय ५६ भुरा माछा बाढीले बगाएकाे छ । यस्तै ११ हजार दुई सय कुखुराका खोर, पाँच हजार आठ सय ९२ गोठ, ८१ ट्रली पराल, ७२ हेक्टर घाँस नष्ट भएको प्रदेश सरकारको प्रारम्भिक तथ्यांक छ ।

    सुदूरपश्चिममा दुई लाख २४ हजार पाँच हेक्टरमा लगाएको धानबाली नष्ट भएको प्रारम्भिक तथ्यांक छ । त्यसअनुसार प्रदेशमा एक अर्ब २४ करोड, ९५ लाख आठ हजार मूल्य बराबरको धानबाली नष्ट भएको थियाे । तर, एक पटक प्राप्त तथ्यांकमा पुनर्विचार तथा छानबिन भइरहेका कृषि मन्त्रालयका सहायक सूचना अधिकारी कुस्मीले बताए ।

    उनका अनुसार कैलालीमा ९१ हजार चार सय ४६ हेक्टर, कञ्चनपुरमा ४८ हजार चार सय ९६ हेक्टर, डडेल्धुरामा ६ हजार एक सय ८८ हेक्टर, डोटीमा १० हजार सात सय १५ हेक्टर, अछाममा १६ हजार सात सय ९० हेक्टर, बझाङमा १२ हजार सात सय ७० हेक्टर, बाजुरामा सात हजार दुई सय हेक्टर तथा बैतडीमा नाै हजार हेक्टरमा लगाएको धानबाली बाढीका कारण नष्ट भएको प्रारम्भिक तथ्यांक छ ।

    राहत बारे प्रदेश सरकारले निर्णय नै गर्न सकेन

    बाढी गएको दुई महिना पुग्न लागिसक्दा पनि किसानलाई के र कसरी राहत दिने भन्ने निर्णयमा सुदुरपश्चिम सरकार पुग्न सकेको छैन । क्षतिको विवरण संकलन भैसकेपछि निर्णय गर्ने भुमि व्यवस्था, कृषि तथा  सहकारी मन्त्रालयले जनाएकाे थियाे । बाढीबाट क्षति भोगेका किसानलाई कसरी सम्बोधन गर्ने भन्ने टुङ्गो लाग्न बाँकी रहेको कृषि तथा  सहकारी मन्त्रालयका सहायक सूचना अधिकारी कुस्मीले बताए ।

    प्रदेश सरकारले धानबाहेक अन्य बालीमा भएको क्षतिमा मात्रै किसानलाई क्षतिपुर्ति दिने सोच बनाएको छ । ‘धानको क्षतिपुर्ति संघीय सरकारले दिने घोषणा गरेको छ,’ कुस्मीले भने, ‘अन्य बाली तथा पशु चौपायामा भएको क्षतिमा प्रदेश सरकारले राहत दिने निर्णय गरेको छ, त्यो काम तथ्यांक पुगेपछि अगाडि बढ्छ ।’

    अन्य बाली तथा पशु चौपायामा भएको क्षतिको  क्षतिपुर्ति वा राहत दिन पनि मन्त्रालयसँग बजेटको अभाव छ । कुस्मीका अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग कृषि बली रोगव्याधी तथा क्षति विवरण शीर्षकमा ४५ लाख मात्रै बजेट छ । तर, वर्षेनी बर्षाका कारण कृषि क्षेत्रमा मात्रै करोडौंंको क्षति भएका कारण आर्थिक मामिला तथा योजना मन्त्रालयलाई बजेट माग गर्नुपर्ने अवस्था छ । ‘यति धेरै क्षति हुन्छ भन्ने अनुमान नै थिएन,’ उनले भने, ‘अब अर्थसँग थप बजेट नमागी हामीले कृषकलाई राहत दिन सक्दैनौं ।’

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.