काठमाडौ । नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार बिहान नेपालको जनसंख्या तीन करोड ६ सय ३४ देखाएको हो। तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको जानकारी दिए । क्याल्कुलेटरले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ। केन्द्रीय तथ्यांक विभागले सम्भवतः आज अपराह्नबाट कार्यालयको डिस्प्ले बोर्डमा तीन करोड जनसंख्या पुगेको स्क्रोलिङ राख्ने बताएको छ ।








