• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

पाठेघरको उपचार होइन, सौता पाउँछन् जुम्ली महिला

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जुम्ला । तिला गाउँपालिका-८ जुम्लाकोटकी पञ्चकली रावतको  १४ वर्षको उमेरमा विवाह भयो । १५ वर्षमै आमा बनिन् । ३० वर्ष नपुग्दै १० सन्तानकी आमा भइन् । चार सन्तान  मरे । ६ सन्तान जीवित छन् ।

    उनी अहिले ५० वर्षकी भइन् । १०औं सन्तान जन्मिएपछि उनमा पाठेघरको समस्या चरम अवस्थामा पुगिसेको थियो । २० वर्षदेखि यही समस्या बोकेर हिँडिरहेकी छिन् रावत ।

    अवस्था जटिल भएपछि बल्ल रावतको सर्वोदय नेपालको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अपरेसन भयो । पाठेघर फालेपछि यतिवेला आराम महसुस भएको रावत बताउँछिन् ।

    तिला गाउँपालिका-९ मालापानीकी जैसरी  बुढाको पनि पाठेघरमा समस्या छ । उनको पनि बालविवाह भएको थियो । १२ वर्षको हुँदा विवाह भएको उनी बताउँछिन् ।

    १७ वर्षमा उनले पहिलो सन्तान जन्माइन् । उनको पाठेघरको समस्या दिनदिनै बढ्दो छ । तर उपचार गराउन पाएकी छैनन् । २५ वर्षको उमेरमै आठजना सन्तान जन्माइन् बुढाले । त्यही अवधिमा आङ (पाठेघर) खस्यो उनको । रोग छिप्पिँदै गएपछि तल्लो पेट दुख्ने समस्या बढेको बुढा बताउँछिन् । बुढाका अनुसार मालापानीका धेरै महिलामा पाठेघरको समस्या छ ।

    अल्पायुमै मुत्यु 

    जुम्लाका अधिकांश महिलाको पाठेघर खस्ने र पाठेघरसम्बन्धी समस्याकै कारण अकालमै मृत्यु हुने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ ।
    जुम्लाको मालापानी गाउँमा यो समस्या सबैभन्दा बढी रहेको स्थानीयवासी पनि  बताउँछन् । अधिकांशले उपचार नपाएरैै ज्यान गुमाउनु परेको छ ।

    उपचार होइन सौता पाउँछन् महिला 

    पाठेघरको समस्या देखिएपछि यहाँका महिला उपचार पाउनुको सट्टा सौता पाउँछन् । जसको उदाहरण हुन् मालापानी गाउँकी महिला । मालापानीकी एक महिलाका अनुसार पाठेघरको समस्या देखिएपछि धेरैजनाका श्रीमानले दोस्रो श्रीमती ल्याएका छन् ।

    सामाजिक प्रतिष्ठा र सुरक्षाका कारण उनले रोगी श्रीमतीमाथि सौता ल्याउने पुरुषको नाम उल्लेख गर्न नसकिने बताइन् । तर यही गाउँका दूधकली बुढा र सुन्धरा थापाले भने उपचार नपाएरै गोठमा ज्यान गुमाए । पाठेघरको समस्याको उपचार गर्नुको सट्टा गन्हाउन थालेको भन्दै उनीहरूलाई गोठमा लगेर राखियो । गोठमै अकालमा मृत्यु भएपछि दुवैजनाका श्रीमानले अर्की श्रीमती ल्याइसकेका छन् ।

    लाजले लुकाउँछन् रोग 

    तिलाकै सुडिगाउँकी सुकमती रावत पनी पाठेघरको विरामीका कारण छटपटीमा छिन् । उनका चार सन्तान छन् । पाठेघरको विरामी भएको १० वर्ष बढी भयो । यो समस्या थाहा पाए पनि लाजका कारण कसैलाई नभनी लुकाएर बसेकी छन् । समस्या लुकाउनेका कारण पनि जिल्लाका महिलामा पाठेघरको समस्या विकराल बन्दै गएको छ ।

    रावत भन्छिन्- ‘लाज मान्ने चलनले लुकाएर बसेँ । अब गाउँपालिका र सर्वोदय नेपालले सम्झाएपछि उपचार गर्ने सोचेकी छु ।’

    बल्ल उपचारतिर 

    पातारासी गाउँपालिका-२ तल्फिगाउँकी लालसरी बिकलाई पनि पाठेघरको समस्या भयो । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गराइन् । पाठेघरमा घाउ भएको देखियो । पाठेघरको शल्यक्रिया गरेपछि उनलाई यतिवेला आराम महसुस भएको छ ।

    बिक भन्छिन्, ‘महिनावारीका वेला धेरै भारी बोक्दा यस्तो अवस्था आएको  हो । पाठेघर फ्याँकेपछि बोझ हलुको भो । पाँच वर्ष थलिएपछि उनको निःशुल्क शल्यक्रिया भयो । अहिले उनको अवस्था सामान्य छ ।

    कलिलो उमेरका महिलामा बढी समस्या  

    जनस्वास्थ्य कार्यालयले आयोजना गरेको निःशुल्क पाठेघर जाँच शिविरमा चेकजाँच गर्न आउने अधिकांश महिलामा समस्या देखिने गरेको छ ।

    जुम्लामा महिलाको पाठेघरको नि:शुल्क उपचार हुन्छ । तर महिलाहरू लाज मान्ने कारणले रोग लुकाएर  बस्ने र विस्तारै रोग बढ्दै गएपनि चेकजाँच नै नगरी मृत्युको मुखमा पुग्ने गरेको अभियन्ता कमल खत्रीको दाबी छ ।

    खत्री  भन्छन, ‘इज्जत गुम्ने र लाज हुने भन्दै धेरैले महिलाले अरुलाई रोगबारे भन्दैनन् अन्तिममा पाठेघर फाल्नुपर्ने अवस्था आउँछ ।’

    सुत्केरी तथा गर्भवती अवस्थामा गाह्रो काम गर्ने, भारी बोक्ने, खानपिनमा ख्याल नपुर्‍याउने, उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, बालविवाह गर्ने, सुत्केरी भएको समयमा यौनसम्पर्क राख्ने जस्ता कारणले पाठेघरको समस्या देखापर्ने गरेको कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठान जुम्लाका डा. राजीव शाह बताउँछन् ।

    कुरीतिविरुद्ध स्थानीय सरकार 

    महिलाको स्वास्थ्यमा परेको असरलाई मध्यनजर गर्दै  कुरीतिविरुद्ध पछिल्ला समयमा स्थानीय सरकार सक्रिय छ । स्थानीय सरकार गठन भएपछि यहाँका सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुईगोठमुक्त गर्ने अभियानमा जुटेको तिला गाउँपालिकाकी उपाध्यक्ष  बिष्णुमाया बुढाले बताइन् ।

    ‘गाउँपालिका र गैरसरकारी संस्था मिलेर महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै धामीझाँक्रीसमेतलाई सामूहिक प्रतिवद्धतापत्रमा हस्ताक्षर गराएर छुईगोठमुक्त गाउँ घोषणा गरिएको छ ।’ बुढा भन्छिन्, ‘यो अभियान कुनै धामीझाँक्रीविरुद्ध नभइ महिलालाई स्वास्थ्य र सुरक्षित बनाउनका लागि गरिएको हो ।’

    यातना खेप्छन् बिरामी महिला 

    विमारीका कारण महिला शारीरिक पीडा खेप्छन् । अर्कोतर्फ घरपरिवार र श्रीमानबाट यातना र दुर्व्यवहार सहन बाध्य छन् । श्रीमानले समेत घरेलु हिंसा गर्छन् ।

    पातारासी गाउँपालिका तल्फिगाउँकी लालसरी विकले सुत्केरी भएको सात दिनमै काममा जानुपर्‍याे । आराम गर्नुपर्ने पोसिलो खानेकुरा खानुपर्ने समयमा काम गर्न गइन् उनी । पोसिलो खाना पाइनन् । अन्ततः बच्चा जन्मिएको पाँच वर्ष नपुग्दै उनको पाठेघरमा समस्या देखियो ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा पाठेघर खसेका महिलाको निःशुल्क उपचार हुन्छ । सरकारले उपचार निःशुल्क गर्दा पनि महिला अस्पताल पुग्दैनन् ।

    उज्यालोको आस

    पछिल्लो समयमा स्थानीय तहले जुम्लामा छुईगोठ मुक्त अभियान चलाउन थालेका छन् ।  सरकारले पाठेघर खस्ने समस्याबाट पीडित महिलाका लागि निःशुल्क उपचार र शल्यक्रियाको व्यवस्था गरेको छ । तर प्रचार-प्रसार नहुँदा सेवा प्रभावित बन्न सकेको छैन ।

    आङ खसेका महिलाको उपचार गर्ने जिम्मा सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयलाई दिएको छ । तर चेतना अभावका कारण उपचार गराउन आउनेको संख्या न्युन रहेको जनस्वास्थ्य कार्यालयको भनाइ छ ।

    स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाले तराई, पहाड र हिमालमा यस्ता समस्याका महिलाको निःशुल्क शल्यक्रियाबापत सम्बन्धित अस्पताललाई क्रमशः १२ हजार, १३ हजार र १५ हजार उपलब्ध गराउँदै आएको छ । बिरामी महिलाले अस्पतालमा रहँदासम्म खाना र फर्किंदा पाँच सय रुपैयाँ यातायात सुविधासमेत पाउँछन् । दिलमाया शाही/न्युज कारखाना

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.