• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लुम्बिनीको पर्यटन व्यवसाय पुरानै लयमा फर्किंदै

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।  कोरोना कहरका कारण थला परेको लुम्बिनीको पर्यटन क्षेत्र अहिले भने लयमा फर्किन थालेको छ । कोरोना कहर सुरू भएसँगै लामो समय लुम्बिनीमा पर्यटक आगमन शून्य हुँदा व्यवसायीहरू निराश थिए भने कतिपय पलायन भएका थिए । कतिपय होटल सञ्चालकले होटल बिक्री गरेर हिँडेका थिए ।

    तर, अहिले भने लुम्बिनीमा विस्तारै पर्यटक आगमन बढ्न थालेको र यसले आशाको सञ्चार जगाएको लुम्बिनी होटल संघका महासचिव लिलामणि शर्माले बताए । लुम्बिनीमा चहलपहल बढेसँगै घुम्न आउनेहरू पनि उत्साही देखिएका छन् । ‘यसले व्यवसायीलाई मात्र नभई घुम्न आउनेहरुलाई पनि उत्साही बनाएको हामीले पाएका छौं’, उनले भने ।

    अब सरकारले पर्यटन व्यवसाय उकास्ने गरी कार्यक्रम र योजना ल्याउनुपर्ने महासचिव शर्माले बताए । ‘कोरोना कहर हट्दै जान थालेपछि लुम्बिनी आउन थालेका पर्यटकहरूका लागि उनीहरूको बसाइ अवधि लम्ब्याउने खालका प्याकेज कार्यक्रम सरकारले ल्याउनु जरुरी छ, नभए पर्यटन व्यवसायले खासै फाइदा उठाउन सक्दैन,’ उनले भने ।

    कोभिड-१९ को संक्रमणदर कम हुँदै जाँदा यतिबेला लुम्बिनीमा पर्यटकहरूको भीड लाग्न थालेको छ । तेस्रो मुलुकबाट भित्रिनेको संख्या बढ्दै गएको बेला अहिले भारतबाट आउने पर्यटकहरूको संख्या उल्लेख्य छ । संक्रमण नियन्त्रणउन्मुख भएसँगै खुला भएका विद्यालयहरू शैक्षिक भ्रमणमा निस्किन थालेका छन् । लुम्बिनीमा अहिले शैक्षिक भ्रमणमा आउनेको संख्या बढेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

    सबै क्षेत्र खुला भएसँगै दैनिक तीनदेखि चारहजार पर्यटक भ्रमणका लागि आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा अघिल्ला महिनाहरूको तुलनामा पर्यटक बढ्दै गएको कोषका सूचना अधिकारी राजन बस्नेतले बताए । लकडाउनमा सबै क्षेत्र ठप्प हुँदा लुम्बिनी विकास कोषले यहाँको सौन्दर्यीकरणका साथै भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति गरेको छ । त्यसैले पनि पछिल्लो समय लुम्बिनी आउनेहरूको संख्या बढ्न थालेको कोषको भनाइ छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.