• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

जहाँ सामुदायिक र निजी विद्यालय एकापसमा गाभिए

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पाँचथर ।  सामुदायिक र निजी विद्यालय एकापसमा गाभिए, दुवै विद्यालयका शिक्षक र विद्यार्थी एकै विद्यालयमा पढाउन र पढ्न गए भन्दा विश्वास नलाग्न सक्छ। तर, पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नजिक–नजिकै रहेको सामुदायिक र निजी विद्यालय एकापसमा गाभिएका छन् । दुई विद्यालय एकै भएपछि शैक्षिक गुणस्तरमा सुधार आउनुका साथै शिक्षक, विद्यार्थी र अभिभावकहरुमा उत्साह थपिएको छ।

    मिक्लाजुङ गाउँपालिका–६ कन्याटारमा विगतमा दुईवटा विद्यालय थिए । ज्ञानज्योती आधारभूत विद्यालय र बालज्योती इंग्लिस बोर्डिङ स्कूल । करीब १२० घर परिवारको बसोबास रहेको यो गाउँमा एक सामुदायिक र एक निजी विद्यालय सञ्चालनमा हुँदा दुवैतर्फ विद्यार्थी संख्या निकै न्यून भयो । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको प्रश्न उठ्थ्यो, निजीमा विद्यार्थी संख्या र नियमित सञ्चालनको । अप्ठ्यारोमा परेपछि अन्ततः दुवै विद्यालय एकै निष्कर्षमा पुगे –निजी विद्यालयलाई सरकारीमा गाभ्ने ।

    ‘नजिकै रहेको बोर्डिङमा पनि कम विद्यार्थी, हाम्रोमा पनि कम नै । दुवै संस्था मास्न नहुने जस्तो लागेको थियो,’ ज्ञानज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक उमेशकुमार राईले भने, ‘तर, बाध्यात्मक अवस्था आएपछि सरकारी विद्यालयमै केही गरेर जाऔँ भनेर सल्लाह गर्‍यौँ ।’ नभन्दै निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालय ज्ञानज्योतीमा अध्ययन गर्न थाले । निजी विद्यालयका एक शिक्षक पनि निजी स्रोतबाट तलब खाने गरी सामुदायिक विद्यालयको शिक्षक बने ।

    तर, ज्ञानज्योती आधारभूत विद्यालयका शिक्षक अब विद्यालयको नियमित सञ्चालनमा मात्रै सिमित भएनन् । निजी विद्यालय बन्द भएपनि अभिभावकहरुमा रहेको अंग्रेजी माध्यमप्रतिको मोह उनीहरुले बुझेका थिए । यसपछि विद्यालयसँग सम्वद्ध सबैजना अंग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्नतर्फ लागे । ‘सुरुमा देश विदेशमा रहेका अभिभावकहरु सल्लाह गर्‍यौँ । अंग्रेजी माध्यमबाट अगाडि जानुपर्छ भन्ने सबैको सल्लाह प्राप्त भयो,’ प्रधानाध्यापक राई सम्झन्छन्, ‘अंग्रेजी माध्यमबाट पठन–पाठनको प्रवन्ध गर्न अक्षयकोष बनाउने निष्कर्षमा पुग्यौँ ।’

    शिक्षकहरु, विद्यालय व्यवस्थापन समिति र अभिभावकहरु प्रत्येक अभिभावकका घरमा पुगे र अंग्रेजी माध्यममा पठन–पाठनका लागि अक्षयकोष स्थापना गर्ने विषय जानकारी गराउन थाले । सबै अभिभावकहरुले अक्षयकोषमा सक्दो रकम जम्मा गरे । विशेषतः दक्षिण कोरिया र बेलायत पुगेका विद्यालय सेवा क्षेत्रका मानिसहरुले अक्षयकोषमा रकम जम्मा गर्न थाले । ‘अहिले अक्षयकोषमा रु. १८ लाख रकम पुगेको छ,’ प्रधानाध्यापक राईले भने, ‘अक्षयकोषको सुरुआत मात्रै गरेका छौँ । व्यवस्थित बनाउन बाँकी नै छ ।’ विद्यालयले अक्षयकोषको रकमको ब्याँजले अहिले तीन जना शिक्षकलाई निजी स्रोतमा राखी तलब खुवाइरहेको छ । जसकारण यस विद्यालयमा अहिले कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन–पाठन सम्भव भएको छ ।

    विद्यालयका शिक्षक जितकुमार थापा अभिभावकहरुमा रहेको अंग्रेजीप्रतिको मोहलाई बुझेर आफूहरु अगाडि बढेको बताउँछन् । ‘सबै अभिभावक अंग्रेजीप्रति लालायीत रहेकाले अंग्रेजी माध्यममा पढाउन सकियो भने अवश्य सुधार आउला भन्ने अठोटले काम थालेका थियौँ,’ थापाले भने। ७३ जना विद्यार्थी भर्ना भएको यो विद्यालयमा दैनिक ६५ जनाभन्दा बढी विद्यार्थी हाजिर हुने गरेका छन् । शिक्षक, पूर्वप्राथमिक तहका सहयोगी कार्यकर्ता र विद्यालय सहयोगी गरी अहिले विद्यालयमा नौ जना कार्यरत छन् । विद्यालयले कक्षा ८ सम्म नै अंग्रेजी माध्यमबाट पठन–पाठन गराउने तयारीस्वरुप कामहरु अगाडि बढाइरहेको प्रधानाध्यापक राईको भनाइ छ ।

    तर, बेमौसमी वर्षापछि पहिरो झर्दा यो विद्यालयको एउटा दुई कोठे भवन क्षतिग्रस्त बनेको छ । उक्त भवनमा हुने गरेका कक्षाहरुलाई अहिले अन्य कक्षाकोठालाई बारेर पढ्ने व्यवस्था मिलाइएको छ ।  काठ र टिनले कक्षा छुट्ट्याएर पढाउँदा एकातिरको अर्कोतिर सुनिदा पठन–पाठन प्रभावकारी हुन नसकेको शिक्षकहरुको गुनासो छ । ‘हामीलाई  व्यवस्थित भवनको आवश्यकता खड्किएको छ । सरकारी तथा दातृ निकायबाट चाँडो सुनुवाइ भए हुन्थ्यो’, शिक्षक थापाले भने ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.