• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

गुम्बामा अर्कै पुरुषसँग मिलेर श्रीमानको हत्या

  •   बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जुगल गाउँपालिका-३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते हत्या भएको थियो ।

    लामाको हत्या अभियोगमा प्रहरीले उनकी श्रीमती २८ वर्षीया निमा साङ्लो तामाङ र जुगल ३ बस्ने ३६ वर्षीय कान्छा लाल लामालाई पक्राउ गरेको छ । अभियुक्त दुवै  लामो समयदेखि अनैतिक सम्बन्धमा थिए ।

    उनीहरूले ढुङ्गा प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नाताले आफन्त पर्ने परपुरुष र मृतकको श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको र उनीहरूको  सम्बन्धलाई लिएर दम्पतीबीच पटक-पटक विवाद हुँदै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका   प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

    मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा केही दिन अघिमात्र घर फर्केका थिए । घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले उक्त फोनमा सिमकार्डसमेत फेरि दिएका थिए । श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    यसरी भयो हत्या

    मृतक लामाको घर र ससुराली एउटै गाउँमा रहेको छ । हत्या अभियोगमा पक्राउ परेका कान्छा लाल लामासमेत सोही गाउँका बासिन्दा हुन् । मृतक लामाको ससुराली घरमा मंसिर २० गते साँझ खाना खाएर फर्किने क्रममा ससुराली घरबाट करिब एक सय मिटर पर हत्या भएको थियो । ससुरालीबाट फर्केको केही बेरमा उनले चिच्याएर सालालाई बोलाएको भए पनि डरले साला केही ढिला गरी स्थानीय छिमेकी जम्मा गरेर भिनाजुको घरतर्फ गएका थिए ।

    घरमा भिनाजु नदेखेपछि उनीहरू पुनः सोही बाटो फर्कँदा बाटोमा भिनाजुको मोबाइल फुटेको अवस्थामा भेटेपछि खोजी सुरु भएको थियो । बाटोभन्दा केही तल अर्धनङ्न पारी खोल्सामा घोप्टो फालेको अवस्थामा उनको शव फेला परेको थियो ।

    तत्काल प्रहरी चौकी तेम्बाथाङ कात्तिके, इलाका प्रहरी कार्यालय, जलवीरे र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलको छानबिन र स्थानीयसँगको कुराकानीको आधारमा नजिकैको गोठमा लुकिराखेको अवस्थामा उनीहरूलाई सोही राती नै पक्राउ गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला अदालत, सिन्धुपाल्चोकबाट ७ दिनको म्याद थपी हिरासतका राखिएको छ ।

    पक्राउ परेका कान्छा लाल तामाङ पनि विवाहित हुन् भने अभियुक्त निमा साङलो तामाङ र छेवाङ लामाका दुई छोरा र एक छोरी  छन् । बाबुको मृत्यु र आमा प्रहरी नियन्त्रणमा रहेकाले बालबच्चाको बिचल्ली रहेको आफन्तजन बत्ताउँछन् । मृतक लामामाथि पनि ६ वर्ष अघिको ज्यान मार्ने अभियोग थियो । केही समयअघि विदेशबाट आएर सिधै अदालत पुगी पाँच हजार धरौटी तिरेर उनी छुटेका थिए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.