• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

माओवादी केन्द्र बुटवलमा विवाद : अधिवेशन सकिएको ६ दिनसम्म हुन सकेन नेतृत्व चयन

  •   बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।  नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीको सम्मेलन सुरु भएको ६ दिनसम्म नेतृत्व चयन हुन सकेको छैन । नेतृत्वको विषयलाई लिएर दुई समूहबीच कुरा नमिलेपछि नेतृत्व चयन हुन नसकेको हो ।

    मंसिर १८ गते माओवादी केन्द्रले बुटवल उपमहानगर कमिटीको दोस्रो सम्मेलन आयोजना गरेको थियो । तर, नेतृत्व चयन नगरि सोही दिन सम्मेलन सकिएको घोषणा गरिएको थियो । सम्मेलन सकिएको घोषणा गरिएको भए पनि ६ दिन वितिसक्दासमेत नेतृत्व चयनका लागि सहमति जुट्न सकेको छैन ।

    स्थानीयस्तरमा सक्रिय नेता,  कार्यकर्ताले बाहिरबाट आएकालाई नेतृत्वमा ल्याउन नचाहने र केही नेताले आफूखुशी नेतृत्व चयन गर्न खाजेपछि विवाद सतहमा आएको हो । सम्मेलनले नगर प्रतिनिधि छनोट गरे पनि पदाधिकारी र प्रदेश प्रतिनिधि छान्न सकेको छैन । नौ जना चयन हुने प्रदेश प्रतिनिधिमा २३ जनाको उम्मेदवारी परेको छ। “माथिका नेताले आफूखुशी प्रतिनिधि छान्न खोज्दा कुरा नमिलेको हो, यहींबाट छानिनुपर्छ भन्ने हाम्रो माग हो” नगर कमिटीका एक नेताले भने ।

    उनले माथिल्लो तहका नेताले बुटवल उपमहानगर कमिटीको सम्मेलनमा भद्रगोल मच्चाएको टिप्पणी गरे । “यस्तो तरिकाले पार्टी चल्दैन, यहाँको अवस्था माथिकालाई थाहा हुँदैन, आफूखुशी गर्ने हो भने सम्मेलन गर्नुको अर्थ छैन” उनले भने ।

    रुपन्देहीका संयोजक नारायण  जिसी (निर्मल) र निर्वाचन क्षेत्र संयोजक सन्तोष विश्वकर्माले आफू अनुकुलका व्यक्ति ल्याउन खोजेपछि विवाद चर्किएको उनले दाबी छ । “विधानविपरित मान्छे ल्याउन पाइँदैन भन्ने हाम्रो भनाइ हो” उनले भने ।

    अर्को पक्षले भने मनोज राना, मन्जु भुसाल, नारायण बन्जाडे, मणि भट्टराईलगायतलाई ल्याउन चाहेका छन् । माओवादी नेता वामदेव क्षेत्री, विनोद पहाडीलगायतका नेताले उनीहरुलाई अगाडि सारेको बताइएको छ । तर, नेता जिसी, विश्वकर्मा र नगर इन्चार्ज रिज्जु श्रेष्ठले उनीहरुलाई नल्याएर आफू पक्षधरलाई ल्याउन खोजेपछि विवाद भएको ति नेताले बताए ।

    नेतृत्वमा सहमति जुटाउने गरी तीन दिनअघि बसेको बैठकमा झण्डै हात हालाहालको अवस्था आएको थियो । पार्टी केन्द्रीय अनुशासन कायोगका सदस्य विनोद पहाडीमाथि आक्रमणको प्रयास समेत भएको उनले बताए ।

    अहिले दुवै समूह आ–आफ्नो शक्ति सञ्चय गरेर नेतृत्व स्थापित गराउने दाउमा लागेका छन् । स्थानीय नेता कार्यकर्ताले भूगोलमा काम गरेकालाई नेतृत्वमा पठाउनुपर्ने बताउँदै आएका छन् । माओवादी रुपन्देहीका संयोजक नारायण जिसी (निर्मल) ले आन्तरिक कारणले नेतृत्व छान्न ढिलाई भएपनि केही दिनमा टुंगिने दाबी गरे । केही व्यक्तिहरुको स्वार्थ नमिलेका कारण नेतृत्व चयन गर्न नसकिएको बताउँदै उनले प्रदेश प्रतिनिधि शुक्रबार टुंगिने उनले बताए ।

    रुपन्देहीका १६ वटा पालिका मध्ये १४ वटामा माओवादीले नेतृत्व टुंगो लगाएको छ । बुटवल उपमहानगरपालिका र ओमसतिया गाउँपालिकामा विवादका कारण नेतृत्व टुंगो लाग्न सकेको छैन ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.