• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मनाङको स्याउ हेर्न दुई सयकाे टिकट

  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ  । मनाङको ङिस्याङ गाउँपालिका-१ भ्राताङको स्याउ बगैंचाले आन्तरिक तथा बाहिरी पर्यटकको मन लोभ्याएको छ । मनाङमा लगाएको स्याउ फार्म हेर्न जिल्ला र जिल्लाबाहिरका पर्यटक आउने गरेका छन् ।

    अन्नपूर्ण पदमार्गमा आएका विदेशी पर्यटक पनि बगैँचामा नै रमाउने गरेका छन् । मनाङ घुम्न जानेहरू भ्राताङको स्याउ बगैँचा नघुमी फर्कंदैनन् । स्याउ बगैँचा घुम्ने, फोटो खिच्ने र स्याउ किनेर लाने गर्छन् । ङिस्याङ गाउँपालिका–१ भ्राताङस्थित एग्रो मनाङ प्रा‍लिले स्याउ हेर्न टिकटको व्यवस्था गरेको छ ।

    एग्रो मनाङले स्याउबारीमा पर्यटन प्रवर्द्धन गर्न टिकट प्रणाली लागु गरेको हो । एग्रो मनाङका अध्यक्ष समराज गुरुङले भने स्याउबारीमा स्याउ हेर्न पर्यटकको भिड लाग्न थालेपछि टिकट प्रणालीको व्यवस्था गरिएको हो ।

    स्याउ हेर्न दिनहुँ  ६०/७० जना आन्तरिक पर्यटक र ३०/४० जना विदेशी पर्यटक स्याउबारी हेर्न आउने गरेको एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बताए । स्याउ हेर्नका लागि आन्तरिक पर्यटकले प्रतिव्यक्ति २०० र बाह्य पर्यटकले प्रतिव्यक्ति ४०० रुपैयाँ तिर्नुपर्छ ।

    काठमाडाैँबाट मनाङ घुम्न आएकी सुष्मा केसीले २०० रुपैयाँको टिकट काटेर बगानमा फलेको स्याउ हेरेको बताइन् । उनले भनिन्, ‘दुई सयको टिकटले स्याउबारी घुम्न पाएँ, स्याउ पनि खाएँ, धेरै आनन्दित ठाउँ रहेछ ।’  उनीमात्र होइन राइनासका प्रविन कंडेल पनि गत वर्ष स्याउ बगैंचा घुम्न मनाङ पुगेका थिए । उनी भन्छन्, ‘रमाइलो मौसमको समयमा मनाङको स्याउ बगैंचा डुल्न पाउँदा मन नै आनन्दित भयो । यहाँ आउने धेरै पर्यटक स्याउबारी घुम्न जान लालयित बन्छन् ।’

    ‘बिदाको समयमा त झन यहाँ अवलोकन गर्न आउनेको घुइँचाे  नै लाग्छ,’ एग्रो मनाङका अध्यक्ष गुरुङले भने । केही घुम्न त, केही स्याउ खेतीबारे जानकारी लिन आउने गरेका छन् । टिकट काटेर स्याउबारीमा प्रवेश गरेका पर्यटकलाई उनीहरूको जिज्ञासाअनुसार स्याउ, स्याउ रोप्ने तरिका, हुर्काउने विधि, यसको प्रकार, टिप्ने तरिका, भण्डारण, फार्म हाउस साथै ग्रेडिङ प्रणाली देखाइने गरिएको छ ।

    दक्षिण एसियामै ठूलो दाबी गरिएको एग्रो मनाङको ७३५ रोपनी जग्गामा स्याउखेती गरिएको छ । एग्रो मनाङले ६ वर्षअगाडी इटली र सर्भियाबाट ल्याएर स्याउ रोपेको हो ।

    गत वर्ष ४५० टन स्याउ उत्पादन भएको एग्रो बगानमा यस वर्ष ५०० टन उत्पादन हुने अनुमान  गरिएको छ । फार्ममा गाला, गोल्डेन र फुजी जातका स्याउ लगाइएको छ । स्याउलाई स्टोर गर्न भ्राताङ, बेसीसहर र काठमाडौंमा कोल्ड स्टोर बनाइएको छ । मनाङका चार स्थानीय तहमध्ये नार्पाभूमिबाहेक चामे, नासो र मनाङ ङिस्याङ गाउँपालिकामा स्याउ खेती गरिँदै आएको छ ।

    सबैको रोजाइ बनेको भ्राताङको स्याउ फार्मका सञ्चालक भने संघीय सांसद पाल्देन छोपाङ गुरुङ हुन् । गुरुङले सञ्चालन गरेको ‘एग्रो मनाङ कृषि फार्म’ ले भ्राताङमा स्याउ उत्पादन गर्दै आएको छ । एग्रो मनाङले इटली र सर्भियाबाट स्याउका बोट ल्याएर हाइडेन्सिटी प्रविधिमार्फत स्याउ फलाएको ६ वर्ष भइसकेको छ । एग्रो मनाङले समुद्री सतहदेखि दुई हजार ९०० मिटर उचाइको भ्राताङमा ‘हाइडेन्सिटी’ प्रविधिमार्फत स्याउ फलाएको हो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.