• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

डडुवा, रानीटार र झुलेटारका घरघरैमा व्यावसायिक तरकारी खेती

  •   शुक्रबार, मङि्सर २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    सिन्धुपाल्चोक । कसैले राम्राे पैसा कमाएकाे देखे वा सुने अधिकांसको साेचाइ हुन्छ विदेश गएर कमाएकाे हाेला । अझ ठूलाे घर हुने र राम्राे गाडि चढ्ने मानिसलाई त विदेशबाट कहिले फर्केकाे भनेर प्रश्न गर्ने धेरै हुन्छन् ।

    तर, पैसा कमाउन विदेशमा जानै पर्छ भन्ने छैन साेचलाई चौतारा साँगाचोकगढी नगरपालिका-१४ का किसानले गलत सावित गरिरहेका छन् । यहाँका किसानकाे मिहिनेत  खेतबारीभरीमा देख्न सकिन्छ । बारीमा लटरम्म फलेका गोलभेंडा र तरकारी टिप्न उनीहरूलाई भ्याइनभ्याई छ । कोही खेतबारीमा फलेका गोलभेँडा टिपिरहेका छन् भने कोहि गाडिमा लोड गरिरहेका भेटिनछन् । कोही चाही हरहिसाबमा व्यस्त देखिन्छन् । हरेक दिन दिउँसो ४ बजेपछि चौतारा सांगाचोकगढी नगरपालिका-१४ काे डडुवा, रानीटार र झुलेटारबाट  साँगाचोक हुँदै गोलभेँडा बोकेर दैनिक ५ देखि  ११ वटासम्म गाडि काठमाडौं जान्छन् ।

    कम्तीमा दैनिक सात सय क्रेट गोलभेडा काठमाडौंदेखि चितवन हुँदै झापासम्म पुग्ने गरेको यहाँका किसानहरू बताउँछन् । कतिपय व्यापारी त गाडि लिएर किसानको खेत मै पनि पुग्छन । चौतारा सांगाचोकगढी नगरपालिका-१४ काे डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरीले गोलभेँडा लगाएका छन् । डडुवाकी मिना नेपालको बारीमा पाँच जना खेताला पाकेका गोलभेँडा टिप्न व्यस्त थिए भने एक जनाले बाटोसम्म डोकोमा बोकेर गोलभेंडा ओसारी रहेका छन् । ‘पैसा त आफ्नै गाउँमा फल्न थाल्यो, म दुई वर्षअघिसम्म विदेश जाने चक्करमा थिए,’ मिना नेपालले भनिन् । दुई चार पैसाका निम्ति निकै कष्ट भोगेकी  मिनालाई अहिले तरकारी व्यवसाय पैसा फल्ने बोटजस्तै लागेको छ । गोलभेँडा बेचेर यो वर्ष ७ लाख कमाउनेका उनले बताइन । उनले ४ रोपनी बारीमा गोलभेँडा खेती गरेकी छिन् । उनि भन्छिन्, ‘श्रीमान शिक्षक, बालबच्चा विद्यालय जान्छन्, सासु ससुरा काम गर्न सक्नु हुन्न । रेखदेख मेरै हो, बिदाको समयमा सहयोग गर्नु हुन्छ ।’ खेताला, बिउबिजन, औषधि गर्दा डेढ लाख जति लगानी परेको उनी बताउँछिन् ।

    यहाँका किसानको गोलभेँडा फलाउने तरिका अलि फरक छ । उनीहरूले  मकै दोहाेर्याउने बेला गोलभेँडाका बिरुवा रोप्ने गर्छन् । पात लाछ्ने, मकै पाक्ने बेला बोटको टुप्पो काट्ने र मकै भाच्ने गर्छन् । बाँकी ढोर गाेलभेँडालाई थाक्रो हुन्छ । यसले गोलभेडा खेतीका लागि टनेल, थाक्रो हाल्ने लगानी  गर्नु पर्दैन । यसो गर्दा एकै पटक मकै र गोलभेँडाको उत्पादन हुने गरेको छ । यहाँको माटोमा विनासिंचाई गोलभेडा फल्ने गरेको छ ।

    यो क्षेत्र समुन्द्री सतहबाट १४ सय मिटरको उचाइमा छ । दक्षिणपट्टि फर्केको यहाँकाे जमिनमा रातो र कालो मिसिएको माटो भएकाले तरकारीका लागि उर्वर मानिन्छ ।डडुवा, रानीटार र झुलेटारका तीन सय घरधुरी हरेक परिवारले मकैभित्र रोपेका गोलभेँडाले अहिले आम्दानी गरिरहेका छन् । सामान्य रुपमा गोलभेँडा रोपेका परिवारले पनि यो समय कम्तीमा एक लाख आम्दानी गरेका छन् ।

    ठूलाे क्षेत्रफलमा गोलभेँडा लगाउँदै आउनुभएका उद्धव नेपालको परिवारले २० लाखको गोलभेँडा भदौयताबाट मात्र बेचिसकेको बताए । अहिले गोलभेँडा र काउली मात्र भए पनि सिजनअनुसार विभिन्न प्रकारका नगदे र कोसेबाली उत्पादन गर्दै आएका डडुवाका किसानले तरकारी बेचेर मात्रै बार्षिक पाँच करोड  रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । चौतारा सांगाचोकगढी नगरपालिका-१४ का अध्यक्ष शेरबहादुर श्रेष्ठका अनुसार यो वर्ष कृषि पकेट क्षेत्रको लागि साढे दुई लाख नगरपालिकाबाट अनुदान आयो भने साढे दुई लाख वडाले विनियोजन गर्यो । वडाबाट किसानले चार हजार  प्याकेटको बिउ अनुदान पाए ।

    चौतारा सांगाचोकगढी नगरपालिकाले यो क्षेत्रलाई तरकारी पकेट क्षेत्र घोषण गरेपछि व्यवसाय फष्टाउँदै गएको छ । तरकारी बिक्री गरी कमाएको पैसाले दैनिक घर खर्च चलाउन, चाडपर्व मनाउन र बालबच्चाको पढाइ खर्च त मज्जाले टरेकै छ । खर्च कटाएर बचेको पैसा बचत गर्न  थालेका छन् ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.