• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

स्थानीय पाठ्यक्रम निर्माण गर्दै दाङका स्थानीय सरकार

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दाङ ।  दाङका स्थानीय सरकार स्थानीय पाठ्यक्रम निर्माणमा जुटेका छन् । राजपुर गाउँपालिकाले पछिल्लो समय पाठ्यक्रम निर्माण सुरु गरेको  छ ।
    स्थानीय पाठ्यक्रम निर्माण समिति, पाठ्यक्रम विकास केन्द्रका विज्ञको सहजीकरण र अग्रसरतामा पाठ्यक्रम निर्माण गर्न थालिएको हो ।

    आउँदो शैक्षिक सत्रबाट राजपुर गाउँपालिकाका सबै विद्यालयमा पाठ्यक्रमअनुसार पठनपाठन गराउने तयारी छ । विद्यार्थीले अहिलेसम्म केन्द्र स्तरमा बनाइएको पाठ्यक्रमका आधारमा तयार पारिएको पाठ्यपुस्तक पढ्दै आएका छन् । अब आफ्नै वरिपरिका विषयवस्तुबारे तयार पारिएको किताब पनि पढ्न पाउनेछन् ।
    स्थानीय पाठ्यपुस्तकको तयारीमा जुटेका स्थानीय तह र सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकलाई एकै ठाउँ भेला गरेर स्थानीय पाठ्यक्रम निर्माण प्रक्रिया सुरु गरिएको हो । दाङमा स्थानीय पाठ्यक्रम निर्माणमा स्थानीय तह अग्रसर भएका छन् । स्थानीय साधनस्रोतको प्रयोग गर्दै पाठ्यक्रम निर्माणमा स्थानीय तह जुटेका हुन् ।

    विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई वरपरको धार्मिक, सांस्कृतिक, सामाजिक अवस्थाबारे पठनपाठन गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण थालिएको हो । दाङका १० वटा स्थानीय तहमध्ये अहिलेसम्म घोराही उपमहानगरले स्थानीय थारु भाषाको पाठ्यक्रम निर्माण गरिसकेको छ भने बाँकी केही पालिका पाठ्यक्रम निर्माणमा जुटेका छन् ।
    राप्ती गाउँपालिकाले पनि पालिकास्तरीय सरोकारवाला निकायसँग छलफल गरिसकेको छ । स्थानीय पाठ्यक्रम बनाउन तयारी गरेको शिक्षा संयोजक विश्वास विकले जानकारी दिए । स्थानीय भाषा, संस्कृति, धर्म, परम्परा, भूगोल, वन, वातावरण, पर्यटकीय सम्पदा, मठमन्दिरलगायतबारे जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण थालिएको हो ।

    व्यावहारिक रूपमा बालबालिकालाई सिकाइ हस्तान्तरण गर्न स्थानीय पाठ्यक्रम निर्माण आवश्यक रहेको शिक्षा विकास तथा समन्वय इकाइ दाङका सूचना अधिकारी देवमणि चौधरीले जानकारी दिए ।

    कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरेर स्थानीय पाठ्यक्रम निर्माण गरिन लागेको हो । स्थानीय स्तरमा पाइने वनस्पति तथा पशुपक्षी, स्थानीय नदी, नाला, तालतलैया, झरना, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन, प्रचलित चाडपर्व र रीतिरिवाजलगायत विषयवस्तु समेटेर पाठ्यक्रम तयार हुने छन ।

    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.