• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सडकले निम्त्याएकाे विनाश : निदाउँदैनन् स्थानीय, स्थानीय सरकारकाे बेवास्ता

  •   शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    ओखलढुंगा ।  विनागुरुयाेजना  जताततै निर्माण गरिएका  ग्रामीण सडकले सुविधा मात्र दिएकाे छैन, बाढीपहिराेकाे जाेखिम पनि त्यत्तिकै निम्त्याएकाे छ । बर्सेनि हिउँदमा खनिएका कच्ची सडकबाट बगेकाे भेलले स्थानीयकाे उठिबास मात्र भएकाे छैनन् ज्यानसमेत गुमाएका छन् ।

    वातवरणीय प्रभाव मुल्यांकन र मानववस्तीमा हुने क्षतिकाे आंकलन नगरी निर्माण गरिएका दीर्घकालीन महत्वका सडकसमेत नागरिकका लागि सुविधाभन्दा दशा बनेकाे हेर्न ओखलढुंगाकाे मानेभञ्ज्याङ्ग गाउँपालिका-२ उबूं  पुग्दा हुन्छ । दुधकाेशी एकवार सडक निर्माणका क्रममा भत्काइएकाे पहाडबाट सुरु भएकाे पहिराे अहिले वस्तीसम्मै आइपुगेकाे छ । गत असाेजमा सुरु भएकाे पहिराे अहिले सुख्खायाममा समेत पूर्ण रुपमा खस्न राेकिएकाे छैन ।

    पहिराेले वडा नं १ र २ का वस्ती उच्च जाेखिममा छन् । मानेभञ्ज्याङ गाउँपालिका- १ चुनेका ७२ वर्षीय असलमाया राई हिजाेआज निदाउन सक्दिनन् । घरमुनि  दुधकोशी नदी किनार हुँदै खसेको पहिरोले उनको निन्द्रा खोसिएको हो । पहिरोले घरैमुनि भएको खेतबारी बगाउन थालेकाे छ । उनले भनिन्, ‘अब के खाने कहाँ जाने चिन्ता लागेको छ । आफूले कमाई खाँदै आएको खेतबारी पनि पहिरोले तानिसक्याे घरै जाला भन्ने पीर भो ।’

    स्थानीय सरकारकाे बेवास्ता 

    पहिराे पीडित भएका एक दर्जन परिवारकाे सुरक्षित आवाशकाे अधिकार सुनिश्चित गर्न स्थानीय सरकारले भने चासाे दिएकाे छैन । स्थानीयस्तरमा केही गर्न सकिने अवस्था नै नरहेकाले पीडितहरूलाई आफैं सुरक्षित रहन आग्रह मात्र गरेकाे छ ।

    पहिराेले गाउँ मात्र जाेखिममा परेकाे छैन, गाउँका नागरिक स्थानीय बजार जयरामघाटसम्म आवतजावत गर्ने एकमात्र बाटो पनि पहिरोले बगाएको छ । नेपाल सरकारले कच्ची सडक खनेको स्थान हुँदै पहिरो खसेपछि मानेभञ्ज्याङ गाउँपालिका र खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका तल्लो भेगका नागरिक बढी प्रभावित छन् । त्यहाँका नागरिकलाई बजारसँग जोड्ने बाटो नै बगाएपछि दैनिक उपभोग्य वस्तु किनमेल गर्नै समस्या देखिएको छ ।

    पहिरोले मानिसहरू आवतजावत गर्ने बाटोसमेत छैन । भएको बाटो बगायो, किनमेल गर्न जाने बजारसँगै सम्बन्ध टुटेको छ । जान त सकिन्छ तर पहिरोको जोखिम मोलेर पहिराेको शीरबाट जानुपर्छ । स्थानीय सरकारले भने डरलाग्दाे पहिरोले त्रसित बनेका स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । स्थानान्तरण र पुनर्स्थापनाका काम गर्न नसकिने भन्दै आफैँ सुरक्षित रहने भनिएकाे हाे ।

    पहिरो तत्काल रोकिने अवस्थाको नरहेकाले सुरिक्षत रहन र पहिरो आसपासको क्षेत्रमा खेतीपातीसमेत नगर्न गाउँपालिकाले आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष मोतीराज राईले तत्काल जोखिममा रहेका नागरिकलाई अन्यत्र सार्न सकिने अवस्था नरहेकाे बताए । उनले यस विषयमा छलफल गरेर पहल गर्ने बताएका छन् ।

    भाैगर्भिक अध्ययन आवश्यक

    तत्काललाई पहिरो नियन्त्रणको कुनै उपाय नभए पनि यसको दीर्घकालीन समाधानका लागि भौगर्भिक अध्ययन गर्न आवश्यक रहेकाे सराेकारवालना निकायकाे भनाइ छ । पहिराेपीडितले भने सुरक्षित पुनर्वासकाे माग गरेका छन् ।  पहिराेपीडितकाे विषयमा समाचारहरू प्रकाशित भएपछि जिल्ला विपत् व्यवस्थापन समितिले स्थानीय सरकारका प्रतिनिधिसमेत बाेलाएर अध्ययन गरेकाे छ । हर्कपुर सडक आयाेजना अन्तर्गत निर्माण थालिएकाे उक्त सडक  विनाअध्ययन जथाभावी खन्दा समस्या आएकाे स्थानीयकाे गुनासाे छ ।

    अचानक पहिराे आएकाे र त्यस क्षेत्रमा पहिराे जान सक्ने पूर्वानुमान नभएकाे सडक आयाेजनाकाे भनाइ छ ।  पहिरोले स्थानीयको खेतबारी नै बगाउने अवस्था आएपछि गृह मन्त्रालयमा यसको अध्ययनका लागी पत्राचार गर्ने र यसको दिगोपनाका लागि आवश्यक प्रकृया अगाडी बढाइने सडक डिभिजन कार्यलय हर्कपुरका डिमभजन प्रमुख अरुणकुमार लालकर्णले बताए ।

    पहिरोका कारण तत्काल तीनघर स्थानीय जोखिममा छन् भने अन्य १० भन्दा बढी घरपरिवार प्रभावित छन् । उनीहरूले खेती गर्दै आएका जमिनलाई समेत पहिरोले तान्ने अवस्था आएपछि स्थानीय झनै मर्कामा परेका छन् । स्थानीयको समस्या बुझ्न र पहिरो अवलोकनका लागि केही दिनअघि पुगेको स्थानीय सरकार र स्थानिय प्रशासनको टोलीले त्रसित सथानियलाई ढाडस दिएको छ । प्रहरीले पहिरोबाट सुरक्षित रहन र आवश्यक परेको खण्डमा तत्काल कार्यलयमा सम्पर्क राख्न भनेको छ ।

    तस्वीर-: डक निर्माणपछि गाउँ वस्ती नै जाेखिममा पर्ने गरि गएकाे पहिराे । 

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.