काठमाडौँ । गण्डकी प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परीक्षणमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का ६ जना, कास्कीका ५ जना, स्याङ्जाका ५ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कोरोना संक्रमितको संख्या ८ सय ५४ पुगेको छ । संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको बताइएको छ ।








