• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

कोरोना भाइरसका प्रथम नेपाली बिरामीले भने डाक्टरहरू डराएपछि घरमै स्वस्थ भए

"  "
  •   मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपालमा पहिलो पटक कोरोना भाइरस प्रमाणित भएका नेपालगन्जका एक युवा निको भएर नियमित कामकाजमा फर्किएका छन्। अरू बिरामी अस्पतालबाट स्वस्थ भएर घर फर्किन्छन्, तर उनी घरमै स्वस्थ भएर अस्पताल फर्केका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म चार जनाको ल्याब परीक्षण गरिएको र माघ ९ गते चीनबाट नेपाल फर्किएका ती युवाबाहेक अरूको रिपोर्ट अहिलेसम्म नेगेटिभ आएको अवस्था छ।

    मन्त्रालयले बिरामीको परिचय गोप्य राख्ने चाहना प्रकट गर्दै उनी अहिले आफ्नो काममा फर्किसकेको समेत जानकारी दिएपछि नेपाल समाचारपत्रले बिरामीलाई नै भेटेर कुराकानी गर्दा उनले भने– ‘हो, परीक्षणमा मलाई पोजिटिभ देखाइएको थियो, तर अस्पतालमा मैले राम्रो उपचार पाइनँ। आफ्नै पहलमा उपचार गरें, अहिले परीक्षण गर्दा कोरोना भाइरस नभएको अर्थात् नेगेटिभ रिजल्ट आएको छ।’

    बिरामीका अनुसार चीनबाट काठमाडौं हुँदै नेपालगन्जसम्मको यात्रा पूरा गरी घर पुग्दा ज्वरो आयो। तत्काल नेपालगन्जबाट पुनः उनी काठमाडौं फर्के र सरकारको एक मात्र सरुवारोग अस्पताल शुक्रराज ट्रपिकल टेकु पुगे। सामान्य बिरामीसरह दुई घण्टा लाइन बसेर ल्याब परीक्षण गराए।

    ‘ल्याब परीक्षणको रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्ने भएकाले उनलाई टेकू अस्पतालको विशेष कक्षमै भर्ना गरियो। ‘तर म अस्पतालको वातावरण देखेर निराश भएँ र अस्पताल छोडें। अस्पताल छोडेको दोस्रो दिन मेरो रिपोर्ट आयो र अस्पतालले फोन गरेर बोलायो। अस्पताल पुग्दा कोरोना भाइरस भएको अर्थात पोजेटिभ रिपोर्ट आएछ, यो सुनेर म आत्तिएँ।

    अस्पतालले अब एक्लै अस्पतालको छुट्टै कोठामा बसेर उपचार गराउनुपर्छ भन्ने जानकारी गरायो। मेरा लागि अस्पतालमा बस्नु भनेको जेल जीवन बिताएजत्तिकै कठिन थियो।’
    उनले अस्पताल छोडे। अस्पताल प्रशासनले पनि लाचारी देखायो, उनले डाक्टरहरू स्वयं पनि रोगसँग डराएको पाएँ र आफ्नै जोखिममा आफैं उपचार गर्ने निर्णय सुनाउँदै घर फर्कें। अस्पतालले पनि कोरोना भाइरसको औषधी दिन नसक्ने उनले बुझेका थिए। ‘माघ २३ गते अस्पतालबाट डिस्चार्ज भएर घरमै बसी आफ्नो स्वास्थ्यको ख्याल आफंैले गरें’ –उनले नेपाल समाचारपत्रलाई बताए।

    एक सातापछि उनी फेरि परीक्षणका लागि अस्पताल पुगे। बिरामीले भने– ‘मेरो ¥यालको पुनः परीक्षण गरियो, रिपोर्ट नेगेटिभ आयो। अस्पतालले अझै क्वारेनटाइनमा बस्नुपर्छ भनेको थियो। तर मैले मानिनँ।’

    कोरोना भाइरस शुरुकै अवस्थामा पहिचान भई उपचार गरे घरमै पनि निको पार्न सकिने उनको अनुभव छ। उनी घरमा विशेषतः तातो सुप, तातोपानी, जाउलोजस्ता खानेकुरालाई नियमितता दिएकै कारण निको भएको बताउँछन्। ‘पानीलाई नै औषधि मानेर बाँचें’ उनले भने।
    बिरामीका अनुसार, उनी घरमा छुट्टै कोठा र शौचालय प्रयोग गर्थे, उनलाई सघाउने परिवारका सदस्यसँग पनि आमुन्ने–सामुन्ने र निकट भएर बस्दैनथे। सरसफाइ र संक्रमणमा कडाइका साथ ध्यान दिएका कारण उनी त निको भए नै, अरूलाई पनि रोग सारेनन्।

    उनी अस्पतालमा भर्ना भएकै समयमा आफ्ना कागजपत्र बोकेर अस्पतालले डिस्चार्ज नै नगर्दै अस्पतालबाट बाहिरिएका र मोबाइल नम्बरका आधारमा पुनः उनलाई अस्पताल बोलाई राखिएको अस्पताल स्रोतले जनाएको छ। यो अवधिमा ती युवाले क–कसलाई भेटे, कहाँ बसे, कति व्यक्तिको सम्पर्कमा गए भन्ने कुराको नेपाल सरकारसँग कुनै जानकारी छैन।

    उनले जस्तै पछिल्लो समय कोरियाबाट फर्किएका एक बिरामी पनि कोरोना भाइरसको जस्तो लक्षण मिलेर अस्पताल पुगे। तर, अस्पतालमा उनको परीक्षणको कुनै अभिलेख छैन। भर्ना भएको भोलिपल्ट बल्ल बिरामी हराएको रिपोर्ट अस्पतालले प्रहरीलाई दियो। प्रहरीले पत्ता लगाउँदा ती बिरामी विराटनगर पुगिसकेकाले उतै उपचार गर्न भनिएको स्वास्थ्य मन्त्रालयले जनाए पनि अहिलेसम्म ती युवाको उपचार भए–नभएको सरकारले आधिकारिक जानकारी दिन सकेकै छैन।
    विशेषज्ञहरूका अनुसार बिरामी आफैं अस्पताल पुग्दा पनि सरकारले परीक्षणको कुनै वातावरण नबनाई थुनेर राख्दा बिरामी मानसिक रुपमा समेत विक्षिप्त बन्नसक्ने भएकाले समयमै टिम बनाएर उपचार गर्नु आवश्यक छ।

    कसरी अपनाउने उच्च सतर्कता ?
    हरेक व्यक्तिले ध्यान दिनुपर्ने कुरा भनेकै सरसफाइ हो। सफाइका लागि नभई नहुने शौचालय सफा राख्नुपर्छ। शौचालयको प्यान र भुइँ मात्र सफा भएर हुँदैन। शौचालयको ढोका, चुकुल, छेस्किन, लक, ह्यान्डिल, भ¥याङको रेलिङ सबैभन्दा धेरै व्यक्तिको हातले छुने हुँदा यस्ता ठाउँमा पटकपटक सफा गर्नुपर्छ। झ्याल, ढोकाका चुकुलहरू पटकपटक खोल्ने र बन्द गर्ने हुँदा त्यस्ता ठाउँमा हातकै प्रयोग हुन्छ।

    सवारी साधनको साँचो हातमा लिने, कान कोट्याउने, दाँत कोट्याउने बानी पनि हुन्छ, यस्ता सामानको पनि सरसफाइ गर्नु जरुरी छ। हरेक चीज छुने हातले नाक, मुक र आँखामा पनि पटकपटक छुने गरिन्छ। सकिन्छ भने यो बानी हटाऔं। यसका साथै भीडभाडमा नजाने, हात नमिलाउने, जानै परे एक मिटरको दूरी कायम राख्ने र मुखमा मास्क र आँखामा गगल्स लगाउने गर्नु उचित हुन्छ।

    पानी उमालेर खाने, प्रत्येक घण्टामा थोरै थोरै भए पनि पटकपटक पानी पिउने, मुखमा कपडाकै भए पनि माक्स लगाउने, बाहिरबाट घरमा प्रवेश गर्नासाथै कम्तीमा २० सेकेन्ड लगाएर मिचीमिची साबुन पानीले हात धुने, रुघाखोकी, ज्वरो आएमा तुरुन्त स्वास्थ्य संस्थामा परीक्षण गरी चिकित्सकको सल्लाहअनुसार औषधी प्रयोग गर्ने र बजारमा अनुमानका भरमा चलाइएको हल्लाको पछाडि नलाग्ने गर्नु उचित हुन्छ। आजको नेपाल समाचार पत्रमा समाचार छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.