• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

समाजको हिरासतमा रहेको एउटा भव्य घरको कथा

  •   आइतबार, मङि्सर २६, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विशाल बस्नेत, महोत्तरी। बर्दिबास नगरपालिका–१४ स्थित सुभम बस्तीमा जाने गल्लीको अली पर पुगेपछि दायाँतर्फ देखिने एउटा भव्य घरले जोकोहीलाई झसङ्ग बनाउँछ । घर नजिकै गएपछि भित्र खरानी नै खरानी छ ।  मानाैँ यो  मुर्धाघर हो, जहाँ दाहसंस्कारको लागि यही घरलाई प्रयोग गरिन्छ । अगाडिपट्टी दुईवटा सटर छन् । सटरभित्र जलेका बोतल र सिसाहरू देखिन्छन् । दिउँसै अँध्यारो र भग्नावशेष देखिने यो घर किन यति डरलाग्दो छ ? बस्तीको बीचमा पनि यो घरले वरपरका मानिसलाई त्रसित बनाइरहेको ? यो घरबाट आवतजावत गर्ने जोकोहीमा यस्तै विभिन्न प्रश्न उब्जन्छ ।

    तर,  घरको दायाँबायाँ ठूला अक्षरले लेखिएको छ– यो अपराधीको घर हो । यो घर किनबेच गर्न पाइँदैन । बर्दिबास सहरको व्यस्त गल्लीमा एक्लिएको यो भव्य घर अरुण साहको हो, जसले पाँच वर्षीया बालिका गुलावसा खातुनको एक वर्षअगाडि बलत्कारपछि हत्या गरेको थियो ।

    साह कानुनअनुसार जेलमा आजीवन सजाय भोगिरहेका छन् ।  साह जेल सजाय भुक्तान गरिरहँदा उनको घर, परिवार नै घृणा र आक्रोशको सिकार बनेका छन् ।

    मंसिर २०७७ मा साहले पाँच वर्षीया बालिकालाई यही घरमा हत्या गरेर बोरामा हालेर बाहिर फ्याँकेका थिए । सोहीबेला स्थानीयहरूले यो घरमा आगो लगाए, साहको सम्झना हुनलायक सम्पूर्ण सामानहरू ध्वस्त बनाइदिए । त्यसपछि यो घर रित्तो बन्यो ।

    करिब १० धुर जग्गामा बनेको यो घरको अगाडि र पछाडि अपराधीको घर हो भनेर लेखेको देखेपछि साहसँगै यो घरले पनि उस्तै सजाय भोगिरहेको छ ।
    साहको अपराधको कारण उनको परिवारका सदस्यसमेत विस्थापित भएका छन् । घरको प्रत्येक तल्लामा स्थानीयहरूले आगजानी गरेको खरानीका थुप्रोबाहेक केही  छैन ।  साहले घरमा किराना पसल राखेका थिए ।

    सोही पसलमा चक्लेट किन्न गएकी बालिका गुलावसा खातुन एक्कासि हराएकी थिइन् । हराएको तीन दिनपछि घरनजिकै मृत अवस्थामा भेटिएको केही घण्टामा नै प्रहरी हिरासतमा आफैँले हत्या गरेको उनसले स्वीकारेका थिए ।

    अपराध गर्ने जोकोहीले कानुनको भागीदार मात्र हैन सामाजिक आक्रोश र सामाजिक सजायको पनि भागीदार बन्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ, यो घर ।
    समाजको आक्रोश यसरी स्थापित भयो कि  मानौँ  साहको सम्पती, जग्गाजमिन, परिवार,  सम्पुर्ण साहलाई अपराधमा उत्प्रेरित गर्ने तत्वहरू हुन् । अपराधीलाई समाजले नै सजाय दिन पाउनुपर्ने भन्दै एक वर्षअगाडि बर्दिबास रणभूमिमा परिणत भएको थियो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.