• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

किसानले खेती नै छाडिसके, अनि बढ्यो चिराइतोको मूल्य

  •   सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    इलाम।  सात–आठ वर्षअघि इलामको उत्तरी क्षेत्रका किसानले ठूलो परिमाणमा चिराइतो उत्पादन गर्थे । लेकाली क्षेत्रका किसानको लागि जडीबुटी खेती आम्दानीको राम्रो स्रोत बनेको थियो । तर, एकाएक चिराइतोको मूल्य नराम्रोसँग खस्कियो । सात वर्षअघि ३०–३२ हजार रुपैयाँ प्रतिमनको दरले बिक्री हुने गरेको चिराइतो दुई वर्षअघि चार हजार रुपैयाँ प्रतिमनका दरले पनि बिक्री हुन छाड्यो ।

    चिराइतोको मूल्यमा नराम्रोसँग गिरावट भएपछि किसानले चिराइतोको खेती नै छाडिसकेका छन् । किसानले चिराइतोको खेती छाडेपछि यसको मूल्य भने उकालो लागेको छ ।

    अघिल्लो वर्षदेखि चिराइताको भाउमा सुधार भएको हो । पोहोर दश देखि १२ हजार रुपैयाँ प्रतिमनको दरले बिक्री भएको चिराइतो अहिले फेरी गाउँघरमानै २२ हजार रुपैयाँ प्रतिमनको दरले बिक्री हुन थालेको छ । ‘पहिले एकै घरमा ५० मनसम्म चिराइतो हुन्थ्यो’, चिराइतो व्यवसायी युवराज पिसीले भने,‘अहिले एक मन पुर्‍याउन थुप्रै घर चहार्नुपर्छ ।’

    पिसीले उच्च पहाडी संस्था मार्फत चिराइतो खेतीको लागि प्राविधिक सीप पनि सिकाएका थिए । उच्च पहाडी संस्थाले चिराइतो खेतीमा सघाउन थालेपछि किसानहरूले परम्परागत खेती त्यागेर जडीबुटीको खेती थालेका थिए । तर, मूल्य नै नपाउने भएपछि किसानले व्यवसायीक खेती छाडेका हुन् । ‘पहिले खेती गरेको ठाउँमा रहल पहल भएको चिराइतो संकलन गर्दैछौ’, पिसीले भने,‘पहिले टन्नै उत्पादन गर्नेले अहिले मुस्किलले १०/१५ केजी चिराइतो उत्पादन गरेका छन् ।’

    किसानले मनग्गे खेती गरेको बेलामा इलाम जिल्लाबाट दुई हजार मन सम्म चिराइतो निकासी हुन्थ्यो । अहिले जिल्लाभर भेला गर्दा एक सय मन पुर्‍याउन हम्मे पर्ने व्यवसायी बताउँछन् । आव २०७१/०७२ मा इलामबाट ३८ हजार आठ सय ९५ किलो चिराइतो निकासी भएको तथ्याङ्क छ ।

    त्यसयता वर्षेनी चिराइतोको निकासी घट्दै गएको हो । चिराइतोमा मिसावट हुन थालेपछि चिराइतोको मागमा गिरावट आएको उच्च पहाडी संरक्षण संस्थाका कार्यक्रम संयोजक धन बहादुर खाम्दाकले बताए । ‘एकै पटक ठूलो परिणाममा पनि उत्पादन भयो, त्यसमा पनि मिसावट भएपछि चिराइतोको बजार डामाडोल भएको हो’, खाम्दाकले भने,‘अहिले उत्पादन पनि कम भयो त्यसैले माग बढेको हुनसक्छ ।’

    किसानले आफ्नो उत्पादनको राम्रो मूल्य पाए चिराइतोको पुन व्यवसायी खेती सुरु हुने खाम्दाको विश्वास छ । ‘किसानले पैसा पाउन थालेपछि खेती थालिहाल्छन् नि, कवाडीको भाउमा पनि बेच्न गाह्रो भएपछि किसानले चिराइतो रोप्न छाडेका हुन्’, खाम्दाकले थपे,‘खेती लगाउन जानेकै छन्, पहिले खेती गरेको ठाउँ छदै छ ।’

    इलामको सन्दकपुर गाउँपालिका, माइजोगमाई गाउँपालिका, इलाम नगरपालिका र देउमाई नगरपालिकाको लेकाली क्षेत्रका किसानले व्यवसायी चिराइतो खेती गर्ने गरेका थिए । सात हजार हाराहारी किसानले व्यवसायी रूपमा चिराइतो खेती गर्ने गरेको भएपछि अहिले धेरैले व्यवसायी रूपमा खेती नै गर्न छाडेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.