• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दैनिक ६ घण्टा बन्द गरेर तानसेन–गुल्मी सडक पुनर्निर्माण सुरू

  •   सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।  तानसेन-गुल्मी सडक पुनर्निर्माण सुरू भएको छ । दैनिक ६ घण्टा सवारी आवतजावत बन्द गरेर सडक निर्माण थालिएको हो । सडक डिभिजन पाल्पाका अनुसार पाल्पाको तानसेनदेखि गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सडक खण्ड स्तरोन्नति गर्न दैनिक ६ घण्टाका दरले १५ दिनका लागि बन्द गरिएको छ । तानसेन–रिडी सडक खण्ड मात्र पुनर्निर्माण सुरु गरिएको हो ।

    आगामी १० पुससम्मका लागि दिउँसो ६ घण्टा सडक पूर्ण रुपमा बन्द हुने सडक डिभिजन कार्यालयले जनाएको छ । तर, सुरक्षा निकायका गाडी र एम्बुलेन्सलाई भने चल्न दिइनेछ । अन्य गाडीहरू प्रत्येक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म बन्द रहनेछन् ।

    सडक डिभिजनका अनुसार तानसेन-रिडी सडक खण्डको लघुवादेखि जोर्तेसम्मको सडक चौंडा गर्ने काम पनि जारी छ । सडक पूर्ण रूपमा बन्द गरेर काम सुरू गरिएकाले समयमै काम सकिने सडक डिभिजन प्रमुख रामेश्वर लम्सालले जानकारी दिए ।

    तर, यात्रु र चालकले भने निर्माण व्यवसायीले सुस्त गतिमा काम गरेकाले सडक निर्माण समयमै सकिनेमा आशंका व्यक्त गर्ने गरेका छन् । यो सडक खण्डको ठेक्का अघिल्लो आर्थिक वर्षमै भएको थियो । तर, ठेक्का लिएको सडकमा ठेक्का अवधिको म्याद गुज्रिसक्दा पनि अझै काम सम्पन्न हुन सकेको छैन ।

    दुई करोड लागतको सडक निर्माणका लागि दैनिक ६ घण्टा बन्द गरिएपछि यात्रुले भने सास्ती पाउने भएका छन् । यसबाट बुटवल हुँदै गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रुहरू प्रभावित हुनेछन् । डिभिजन सडक कार्यालयले भने सडक बन्द रहेको समयमा साना सवारीलाई जोर्ते, लुहुङ चण्डीभन्ञ्याङ बतासेडाँडाको सडक प्रयोग गर्न भनेको छ । तर, ठूला सवारीसाधन सञ्चालनमा भने समस्या हुने देखिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.