• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सडकमा धुलो उडेपछि स्थानीयले गरे सडक अवरुद्ध

  •   सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    झापा । निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरेको भन्दै कनकाई नगरपालिका र झापा गाउँपालिका जोड्ने अमरपथ मार्ग स्थानीयले अवरुद्ध गरेका छन् । सडक निर्माणमा ढिलाइ हुँदा अत्याधिक धुलो उडेको भन्दै झापा-६ स्थित शरणामतीका स्थानीयले सडक अवरुद्ध गरेर विरोध जनाएका हुन् । यो सडक प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको छ । पूर्वाधार विकास कार्यालय झापाले ५७ करोड रुपैयाँमा चुवी-रोषन-मैनाचुली जेभीलाई ठेक्का दिएको थियो ।

    २०७६ भदौमा चार वर्षमा काम सक्ने गरी यो सडक निर्माणको ठेक्का लागेको थियो । उक्त निर्माण कम्पनीले अर्कै निर्माण व्यवसायीलाई पेटी ठेक्का दिएपछि निर्माणमा ढिलाइ भएको स्थानीयको बुझाइ छ । सडकको उत्तरी भाग अर्थात् कनकाई नगरपालिकातर्फ धामधम काम भएको तर झापातर्फ कामै नभएको भन्दै स्थानीयले विरोध स्वरूप सडक बन्द गर्नुपरेको स्थानीय लोकबहादुर कार्कीले बताए ।

    ‘हामीले सबै दिन धुलो खानुपर्ने ? हामीलाई किन ढाँट्नु,’ उनले भने, ‘काम गरेनन् । त्यही भएर हामीले सडक अवरुद्ध गरेका हौँ ।’ स्थानीयले वडाकार्यालयमा निवेदन दिँदा पनि बेवास्ता गरेका कारण सडक अवरुद्ध गर्नुपरेको उनी बताउँछन् । स्थानीयले सडकमा ढाट लगाएर सडक अवरुद्ध गरेका छन् । जसका कारण झापा गाउँपालिका जाने ठूला सवारी बाटोमा लामवद्ध भएका छन् ।

    आइतबारबाट गरिएको यो आन्दोलनले राष्ट्रिय राजमार्ग हुलाकी राजमार्गको निर्माण कार्यमा समेत असर परेको छ । स्थानीयको अवरोधका कारण हुलाकी राजमार्ग निर्माणको सामग्री लिएर गएका ट्रिपर पनि बाटोमा रोकिएका छन् । स्थानीयले निर्माण सामग्री ढुवानीको हकमा सोमबार दिनभरको अवस्था हेर्ने र वार्ता भएर सकारात्मक भएमा मात्र सवारी चल्न दिने बताएका छन् । स्थानीयको पहलमा सोमबार वडाध्यक्षसहित बसेको छलफलले वडाध्यक्षलाई वार्ताको पहल गर्न आग्रह गरेका छन् ।

    झापा गाउँपालिका-६ का वडाध्यक्ष हरिबहादुर बानियाँले जनताको जनताले गरेको आन्दोलनबारे सम्बन्धित निकायमा जानकारी गराएको बताए । तर, सम्बिन्धत निकायबाट माग सम्बोधनमा ध्यान नदिइएको उनले बताए । स्थानीयले केही दिनअघि दिएको ज्ञापनपत्र सबै ठाउँमा पठाउँदा पनि बेवास्ता गरेका कारण यो अवस्था आएको उनको भनाइ छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.