• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ४. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ५. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

केशरबागकी ३२ वर्षीया मिर्गौलाका बिरामीलाई आर्थिक सहयोग

  •   आइतबार, असार १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    केशरबाग । भरतपुर–६, केशरबागकी ३२ वर्षीया महिलालाई शनिबार रत्ननगरका युवाहरुले आर्थिक सहयोग गरेका छन् । विगत तीन वर्षदेखि दुवै मिर्गौलामा समस्या भएपछि उपचार अभावमा बसिरहेकी कमला तामाङलाई नगद ५० हजार ५४५ रूपैयाँ सहयोग गरिएको हो ।

    रत्ननगर–१५ घर भई हाल पोल्यान्ड बस्दै आएका प्रकाश ढकाल र विश्वास कट्टेलको विशेष पहलमा संकलन गरेर पठाएको रकम कालिका–६ का युवा व्यवसायी अमित श्रेष्ठ, सन्तोष लामालगायतको टोलीले बिरामीको घरमै पुगेर रकम हस्तान्तरण गरेको हो ।

    घरको आर्थिक अवस्था ज्यादै दयनीय भएकोले उपचारमा समेत समस्या भएपछि मानवीय संवेदनाका हिसाबले उपचारमा थप टेवा पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरेर पठाएको नेपालबाट प्रतिनिधित्व गरेका युवा व्यवसायी श्रेष्ठले बताए ।

    बिरामीको उपचारका लागि आएको रकम जथाभावी प्रयोग नहोस् भन्ने उद्देश्यले नवज्योति टोल विकास संस्थाकी सदस्य गंगा बजगाईंको रोहवरमा उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम संकलनमा ‘जय शम्भो फेसबुक समूह’ले पनि मह¤वपूर्ण भूमिका खेलेको उनले बताए । दुई छोरी र एक छोराकी आमा बिरामी भएपछि अधियाँ गरेर खान पनि नसकेको कमलाले बताइन् ।

    ‘श्रीमान्ले विदेशमा कमाउने र मैले यहाँ अधियाँ गरेरै भए पनि घरपरिवार पाल्दै आएका थियौँ’, उनले भनिन्, ‘अहिले आफू पनि बिरामी भएपछि काम गर्न सक्ने कुरै भएन, त्यसैले समस्यामाथि समस्या थपिँदै गएको छ ।’

    श्रीमान्ले कमाएको पैसाले मात्रै नियमित डायलासिस गर्न नपुग्ने हुँदा उपचारमा पनि समस्या भएको उनको भनाइ छ । कमलाले विगत तीन वर्षदेखि हालसम्म हप्तामा दुईपटक डायलासिस गर्दै आएकी छन् ।

    ‘अहिलेसम्म उपचारमा १५ देखि २० लाख रूपैयाँ खर्च भएको अनुमान गरेकी छु, तर ठ्याक्कै हिसाब भने राखेकी छैन’, उनले भनिन्, ‘श्रीमान्ले विदेशमा बसेर कमाएको पैसाले मात्रै उपचार सम्भव नहुने हुँदा दायाँबायाँ ऋणधन गरेर उपचार खर्च चलाउँदै आएकी छु ।’

    घरको आर्थिक अवस्था कमजोर भएपछि वडाबाट पनि केही दिनअघि नगद सात हजार रूपैयाँ सहयोग पाएको उनले बताइन् ।

    लकडाउनका कारण सवारीसाधन नचल्दा उनको डायलासिस गर्नका लागि वडाले नै सवारीसाधनको व्यवस्था मिलाइदिएको थियो । ‘सम्पत्तिको नाममा जम्मा एक कट्ठा जमिन छ, त्यो पनि चार दाजुभाइ छन्, भागै लगाउने हो भने पनि कति नै पो हुन्छ र !’ कमलाका छिमेकी दयानिधि बजगाईंले भने, ‘अधियाँपात गरेर खाइरहने मान्छे आफैँ थला परेपछि ठूलो समस्यामा छिन् ।’

    उनका अनुसार कमलाले अहिलेसम्म वडाले दिएको सात हजारबाहेक शनिबारकै सहयोग नै सबैभन्दा ठूलो र पहिलो सहयोग पाएकी हुन् । श्रीमतीको उपचारका लागि खाडीमा पसिना बगाइरहेका कमलाका श्रीमान्को पनि कोरोना कहरका कारण काम रोकिएकोले थप समस्यामा परेको उनले सुनाए ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ४.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ५.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.