• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

चितवन बन्दको प्रभाव सामान्य, १३ बन्दकर्ता पक्राउ (फोटो फिचर)

  •   मङ्गलबार, मङि्सर २८, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  एमसीसी सम्झौता खारेजीको माग गर्दै मंगलबार आह्वान गरिएको चितवन बन्दको प्रभाव सामान्य परेको छ । विभिन्न १३ वटा दल तथा समूह सम्मिलित एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिले सम्झौता खारेजीको माग गर्दै चितवन बन्दको आह्वान गरेको हो ।

    बन्दको त्रासले बजार क्षेत्रमा पसल र विद्यालयहरू खुलेका छैनन् । लामो दुरीका मालबहाक र यात्रुबहाक सवारी साधनहरू पनि तुलनात्मक रुपमा कम चलेका छन् । छोटो दुरीका सवारीसाधन भने ठप्प छन् ।

    पसल तथा सवारी साधनहरू बन्द गराउँदै हिँड्ने १२ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्तालाई नारायणगढको लायन्सचोक र पूर्वी चितवनको भण्डाराबाट नियन्त्रणमा लिएको हो ।

    जबर्जस्ती बन्द गराउँदै हिँडेका बन्दकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा सन्देश पौडेल, प्रकाश ढकाल, बद्रीनाथ अधिकारी, डम्बर पुरी, राजुप्रसाद पौडेल, सुरेश गौतम र रेशम थापा रहेका छन् ।

    त्यस्तै, अनिल परियार, कृष्ण सुनार, अशोक शर्मा, घननाथ सापकोटा, राम सेढाई र ओमप्रसाद डल्लाकोटीलाई पनि नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ परेकाहरूलाई साँझ रिहा गरिने उनको भनाइ छ ।

    पक्राउ परेका बन्दकर्ताको रिहाई र एमसीसी सम्झौता खारेजीको माग गर्दै नारायणगढमा प्रदर्शन गरिएको छ । ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘अमेरिकी दलाल होसियार’लगायतका नारा लगाएर र्‍यालीसमेत निकालिएको थियो ।

    लायन्सचोकबाट सुरू भएको र्‍याली पुलचोक पुगि पुनः लायन्सचोकमा आएर समापन भएको हो । एमसीसी सम्झौता नेपाल र नेपालीको हित विपरित रहेकाले खारेजीको माग गरेको एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले बताए ।

    ‘जनताले विगतमा गरेको दबाबले अहिलेसम्म एमसीसी पास हुन सकेको थिएन । तर, अहिले पारित गर्नका लागि विभिन्न षड्यन्त्र बनाइएको छ’, उनले भने, ‘जनताले शसक्त ढंगले यसको विरोध गरेनन् भने विदेशी दलालले यो राष्ट्रघाती सम्झौता पास गर्ने तयारीमा छन् ।’

    एमसीसी सम्झौता खारेजीको लागि विप्लव नेतृत्वको माओवादी, ऋषि कट्टेल समूहको माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायतका दलले ऐक्यबद्धता जनाएको उनले बताए ।

     

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.