• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कतारमा उधौली मनाउँदै किरात समुदाय

  •   बुधबार, मङि्सर २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    खोटाङ ।  कतारमा रहेका किरात समुदायले साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने तयारी गरेका छन् । किरात राई यायोक्खा, सुनुवार सेवा समाज र किरात याक्थुङ चुम्लुङ शाखा कतारको संयुक्त आयोजनामा शुक्रबार सहानियाको अलदोसरी पार्कमा साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने तयारी गरिएको हो ।

    कोरोना महामारी केही साम्य भएकाले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चक्रिय प्रणाली अनुसार साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउन लागिएको किरात राई यायोक्खा शाखा कतारका प्रथम उपाध्यक्ष गजेन्द्र खालिङ राईले न्युज काराखानालाई टेलिफोनमार्फत् जानकारी दिए । साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नामको अवशरमा शुभकामना आदान–प्रदान तथा किरातीको मौलिक सांस्कृतिक झाँकी प्रदर्शन लगायत स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

    किरात राई यायोक्खा शाखा कतारका अध्यक्ष शंकरमान राईको संयोजकत्वमा हुने कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष पुरुस्वोत्तम सुनुवार, सुनुवार सेवा समाज शाखा कतारका कार्यबाहक अध्यक्ष शेरबहादुर सुनुवार र किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष हर्क खजुम लिम्बु, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, व्यवसायी, बुद्धिजीवि लगायतको सहभागीता रहने छ ।

    कोरोना महाकारीका कारण गत वर्ष साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम रोकिएको थियो । दोहा कतारमा सन् २००४ देखि साकेला उद्यौली, रापवा स्यादर पिदार र चासोक तङ्नाम मनाउने गरिएको छ ।
    के हो किरात समुदायको उधौली ? 
    किरात समुदाय प्रकृति पुजक हुन् । यिनीहरुका हरेक चाड तथा संस्कार संस्कृति प्रकृतिसँग जोडिएको हुन्छ । त्यी मध्ये उधौली चाड एक हो । उधौलीलाई राई समुदायले साकेला उधौली, सुनुवार समुदायले रापावा श्यादर पिदार र लिम्बु समुदायले चासोक तङ्नाम भन्ने गर्दछ ।

    आदिम कालमा किराती पुर्खाले अन्नबालीको खोज गरी बाली लगाउने बेला र उठाउने बेलालाई सिजनको रुपमा मान्न थालियो । दुई सिजनमध्ये बैसाख महिना अर्थात गर्मीको समयमा अन्नबाली लगाउने सिजनमा ‘बाली सप्रियोस्’ भनेर भूमिको पुजा गर्ने चलन छ । त्यही बेला प्रकृतिका चराचुरुङ्गी, जिव जनावरहरु गर्मीको कारण उभो लेकतिर जाने, खोलाको माछा पनि उभो खोलाको शिरतिर चढ्ने भएकाले यसलाई उभौली चाडको रुपमा मान्ने गरिएको छ ।

    त्यस्तै, अर्को सिजन मंसिर महिना अर्थात जाडोको सिजन । अन्नवाली भित्र्याउने समयमा पाकेको बाली आफुले खानअघि पितृलाई चढाउँदै पितृको पुजा गर्ने चलन छ जुन बेला चराचुरुङ्गी, जिवजनावरहरु जाडोको कारण बेँसीतिर झर्ने, खोलाको माछा पनि तल झर्ने भएकाले यसलाई उधौली चाडको रुपमा मान्ने गरिन्छ ।

    मंसिरे पुर्णिमाको सिजनमा अन्नबाली भित्र्याइने हुनाले किरातीहरुले आफ्नो पितृलाई फेदाङ्बा/नछुङ् राखेर पितृपुजा गर्दै न्वागी खाने र ढोल झ्याम्टा बजाउदै साकेला सिली/धान नाच/श्यादरसिल नाँच्दै धुमधामका साथ उधौली मनाउने प्रचलन छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.