• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो:जस्ले बढाउँछ प्रतिरोध क्षमता

  •   मङ्गलबार, फागुन २७, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ

    वनस्पतिविज्ञ तथा आयुर्वेदिक चिकित्सकले रोगसँग लड्ने प्रतिरोध क्षमता बढाउन नेपालमै पाइने जडीबुटी गुर्जोको प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् । नेपालमा पाइने महवत्पूर्ण जडीबुटी गुर्जो हो ।  गाउँघरतिर गुर्जोको लहराका नामले यो चर्चित छ । औषधीय गुणले भरिपूर्ण यो लहरा नेपाली ग्रामीण भेगमा ज्वरो, रुघोखोकी र चिसोमा लाग्ने बाथलगायत अन्य अधिक रोगको औषधिका रूपमा प्रयोग गरिन्छ ।

    साथै विभिन्न खालको एलर्जी, चर्मरोग, पेट रोगमा रामवाण मानिन्छ । पछिल्लो समय मधुमेह, क्यान्सरसम्मका लागि पनि यसको औषधीय गुणको महŒव रहेको आयुर्वेद चिकित्सक दाबी गर्छन्ध्र

    विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिइरहेको छ । हालसम्म खोप वा कुनै उपचार पद्धति विकास नभएकाले देशभित्रै रहेका जडीबुटीको उपयोग गर्नुपर्ने सुझाव पनि विज्ञहरूको छ ।

    विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय पद्धतिलाई जोड्दै खोपको परीक्षण भएको सूचना प्रवाह भएको छ ।
    वनस्पतिविज्ञ प्रोफेसर प्रमोदकुमार झाले भन्नुभयो, “गाउँमा बिरामी हुँदा मैले नै गुर्जोको रस खाएको छु । ज्वरो आउँदा, रुघाखोकी लाग्दा यसको झोल निकालेर खाँदा फाइदा हुन्छध्र”

    उहाँका अनुसार नेपालमा आयुर्वेदमा यसको राम्रो उपयोग छ तर आधुनिक चिकित्सामा परीक्षण भएका छैनन् । संस्कृतमा गुडुची वा छिन्नोद्भवा भनेर चिनिने यस वनस्पतिलाई हिन्दीमा गिलोय भनिन्छ । यसको वैज्ञानिक नाम ‘टिनोस्पोरा कर्डिफोलिया’ हो । फूल फुल्ने र फल लाग्ने श्रेणीविहीन रानुन्कुलालस गणमा यो गनिन्छ । मेनिस्परमासिया परिवार र टिनोस्पोरा वंशमा पर्ने टी कोर्डिफोलिया प्रजातिको जडीबुटी हो ।
    भौगोलिक हिसाबले ऊष्ण तटीय क्षेत्रको नेपाल, भारत, चीन, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड, मलेसिया लगायतका

    देशमा यो वनस्पति पाइन्छ । नेपालमा भने यो वनस्पति तराईका जङ्गलदेखि मध्य पहाडी क्षेत्रसम्म फैलिएको छ । वनस्पति विभागका अनुसार पानझैँ फिँजारिएको पातका लहरा ठूला रूखका हाँगामा बेरिएर फैलन्छ । हरियो वा खैरो बोक्रा भएको डाँठ काट्ने हो भने त्यसभित्र चक्राकार स्वरूप देखिन्छ । बर्खामासमा पहेँलो सुन्दर फूल फुल्छ । हिउँदमा यसमा रातो फल लाग्छ ।

    गुर्जोमा औषधीय गुणको टिनोस्पोरिन, टिनोस्पोराएड, कर्डिफोलाइड्स, कर्डिफोल, पिक्रोटिन, बरजेनिन लगायतका बहुउपयोगी रासायनिक तŒत्व पाइन्छ । मानव कोष र नमुना प्राणीहरूमा गुर्जोको परीक्षणले विभिन्न खाले क्यान्सरका लागि फलदायी हुने विदेशी परीक्षणका क्रममा पत्ता लागेको छ ।

    क्लेरोडेन फ्युरानो नामक गुर्जोमा पाइने तŒत्व क्यान्सर कोष नष्ट गर्न एकदमै प्रभावकारी हुन्छ । केमोथेरापीले निम्त्याउने नकारात्मक प्रभाव पनि गुर्जोले हटाउनसक्ने खुबी राख्छ । गुर्जोले इन्सुलिन बढाउन सघाउने भएकाले मधुमेहमा पनि उपयोगी मानिन्छ । कोरोनासँग लड्न एन्टिबडी बलियो हुनुपर्छ भन्ने प्रचार यति बेला तीव्र छ ।
    आयुर्वेदका ज्ञाता मानिनुहुने बालकृष्ण आचार्य गुर्जोको सही तरिकाले प्रयोग गर्ने हो भने यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उल्लेख गर्नुहुन्छ । कमलपित्त तथा कलेजोसम्बन्धी समस्यासँगै भाइरसको सङ्क्रमणविरुद्ध गुर्जोले लड्न सक्ने उहाँको भनाइ छ । नेपालका जुनसुकै वातावरणमा उब्जन सक्ने हुँदा घरको गमलामा पनि यसको खेती गर्न सकिन्छ ।

    पशुपतिस्थित वैद्यराज सुवर्णका अनुसार कोरोनालगायत भाइरसको उपचार हाम्रै वरपर र भान्साभित्र पाइन्छ । गुर्जो एक फरक गुण भएको जडीबुटी हो । पातमा भन्दा पनि यसको डाँठको गुदीमा बढी औषधि हुने गर्छ ।
    यसबाहेक टिमुर, बेसार, लसुनले पनि यस्ता भाइरसजन्य सङ्क्रमण कम गर्न सघाउने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार जुनसुकै ज्वरो आएमा गुर्जाेको रस बिहान बेलुका सेवन गर्नुपर्छ ।
    त्यस्तै मूत्र विकार, जन्डिस, पायल्ससँगै एन्टिबडी निर्माण गर्न महसँग मिसाएर खान सकिन्छ । स्वदेशी खानपानमा प्रयोग हुने विभिन्न मसलाले पनि भाइरस थेग्न सक्ने शक्ति राख्छ । त्यसैले घरको भान्सालाई जडीबुटीयुक्त बनाउन उहाँ सुझाव दिनुहुन्छ ।

    यति बेला विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिएको छ । खोप वा कुनै उपचार पद्धति विकास भइसकेको छैन । विश्व स्वास्थ्य सङ्गठनले २० प्रकारका खोपको परीक्षण भइरहेको जनाए पनि त्यो सर्वसुलभ हुन समय लाग्ने बताइसकेको छ । चीनमा पनि परम्परागत औषधीय पद्धतिलाई जोड्दै खोपको परीक्षण भएको बताइएको छ ।
    नेपालमा भने कोरोना भित्रिसकेको छैन । तैपनि यसबाट कसरी जोगिने भनेर सरकार र सर्वसाधारण चिन्तित छन् । अर्कोतर्फ नेपालको प्राचीन उपचार पद्धति आधुनिक जमानामा पनि उत्तिकै लोकप्रिय छ ।
    यहाँको औषधीय जडीबुटीसहितको खानपान र रहनसहनलाई सरकारले पछिल्लो समय कोरोनाबाट बच्ने पहिलो प्राथमिकता भनेको छ । – यो समाचार आजको गोरखापत्रमा छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.