• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

एक हप्तामा पनि टुगिएन माओवादीको प्रदेश १ अधिवेशन

  •   बिहिबार, पुष ०१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन एक हप्ता हुँदा पनि टुंगिएको छैन । गत शनिबार उद्घाटन गरिएको अधिवेशनमा नेतृत्व चयन हुन नसक्दा समस्या भएको हो । प्रदेश-१मा पहिला आकांक्षी रहेकाहरु बाहिरिए पनि उक्त पदमा दाबी गर्नेहरुको संख्यामा कमी आउन सकेको छैन । २७१ सदस्यीय कार्यसमिति चयन गरेपनि पदाधिकारी चयनमा विवाद भएपछि नेतृत्व चयन असहज बनेको हो ।

    यसअघि अध्यक्षको दाबी गरिरहेका केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले आफ्नो दाबी छाडेका छन् तर अन्य नेताहरुले धमाधम अध्यक्ष लगायतमा दाबी गरिरहेका छन् । प्रदेश समितिको बुधबार बसेको पहिलो बैठकमा तीनै जनाले प्रदेश समितिमा नरहने घोषणा गरेपछि केन्द्रीय सदस्यबाहेका नेताहरुलाई प्रदेशको नेतृत्व गर्ने बाटो खुलेको हो । अहिलेसम्म अध्यक्षमा दाबी गर्नेहरुको संख्या ६ पुगेको छ ।

    जसमा पाँचथरका हर्कबहादुर लावती (मिक्सो), सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) रहेका छन् । दाबी गर्नेको संख्या अझै बढ्न सक्ने प्रदेशका नेताहरु बताँउछन् । माओवादीले नेतृत्व चयनका लागि भन्दै आगामी पुस ७ गतेलाई कार्यसमितिको बैठक आह्वान गरेको छ । उक्त बैठकमा पदाधिकारीको चयनबारे सुझाब दिन भन्दै प्रदेश १ माओवादीका सहइन्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काङवाङको नेतृत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरीएको छ ।

    कार्यदलका अन्य सदस्यहरुमा सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम), हेमराज भण्डारी र केन्द्रीय सदस्य रामकुमारी चौधरी रहेका छन् । यसबीचमा उनीहरुले आकांक्षीलाई मिलाउन प्रयत्न गर्ने बुझिएको छ । यस्तै उपाध्यक्षमा खोटाङका ध्रुव बुढाथोकी (धिरेन), झापाका सिपी कडरिया र विराटनगरका भोगेन्द्र यादवले दाबी प्रस्तुत गरेका छन् । महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दीरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना) प्रतिस्पर्धी छन् ।

    सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर) र सुनसरीका आइन्द्रविक्रम बेघाले दाबी गरेका छन् । सह–सचिवमा आकांक्षा राख्नेको संख्या धेरै भएपनि अहिलेसम्म सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक गरेका छन् । कोषाध्यषमा भने सुनसरीका मदन चुँडालले दाबी गरेका छन् । कातिक २५ गते मोरङको विराटचोकमा अधिवेशन सुरु भएको थियो । आकांक्षीहरु धेरै भएपछि पदाधिकारी छान्न समस्या भएको एक नेताले बताए ।

    माओवादीले २७१ जनाको समिति चयन गरीसकेको छ । ११ सय भन्दा बढी प्रतिनिधिबाट २७१ छानेर केन्द्रका नेताहरुले आफ्ना मान्छे राख्न लागि ‘हलो अड्काएर गोरु कुटेको’ एक नेताले आरोप लगाए । यसले पार्टीमा संकट निम्त्याउने उनको भनाइ छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.