• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

च्याम्चेको तारेभीरमा ‘रक क्लाइम्बिङ’

  •   शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ च्याम्चे नजिकैको तारेभीरलाई ‘रक क्लाइम्बिङ’ को लागि प्रमुख गन्तव्य बनाइने भएको छ । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तारेभीरमा ‘रक क्लाइम्बिङ’ को लागी मस्र्याङ्दी गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि दुई वर्षअघि अध्ययन थालेको हो । अन्तर्राष्ट्रिय माउन्टेन गाइडले दुई वर्षअघिदेखि अध्ययन थालेको उक्त भीर रक क्लाइम्बिङको लागि उपयुक्त रहेको अन्तर्राष्ट्रिय माउन्टेन गाइडको समूहले समेत निष्कर्ष निकालेको छ । अन्तर्राष्ट्रिय माउन्टेन गाइड विनायक जय मल्लले दुई वर्षअघि व्यक्तिगत खर्चमा तारेभीरमा अध्ययन थालिएको बताए । उनले भने तारेभीर रक क्लाइम्बिङका लागि नेपालको मात्र नभई विश्वकै उत्कृष्ट प्रशिक्षण थलो बन्न सक्नेछ ।

    उनका अनुसार नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउण्टेन गाइड नेपालमा मात्र ७२ जना रहेका छन् । गण्डकी अल्पाइन क्लबका उपाध्यक्षसमेत रहेका उनले विदेशबाट प्राविधिक सामग्री ल्याएर तीनवटा बाटो पहिल्याएको बताए । विज्ञ समूहले अध्ययन गर्दै आएको तारेभीरलाई मर्स्याङ्दी गाउँपालिकाले अपनत्व लिएपछि पूर्वाधार संरचना निर्माणको कामलाई अगाडि बढाएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अन्नपूर्ण पदमार्गको च्याम्चेस्थित तारेभीर रक क्लाइम्बिङको उपयुक्त गन्तव्य रहेको बताए ।

    उनले भने तारे भीरमा रक क्लाइम्बिङमात्रै नभई विभिन्न तालीम तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गरिनेछ । अध्यक्ष गुरुङले रक क्लाइम्बिङस्थलको पूर्वाधार निर्माण गर्न प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गरी व्यवस्थीत रुपमा अगाडि बढाइने बताए ।  उनले भने गाउँपालिकाको च्याम्चे नजिकैको तारेभीरलाई रक क्लाइम्बिङको गन्तव्य बनाउनका लागी मंगलबार स्थानियलाई भेला गरी रक क्लाइम्बिङको अध्ययन र सम्भाव्यताबारे जानकारी गराइएको छ ।

    भौतिक पूर्वाधार निर्माण तथा यसको गुरुयोजना निर्माणको लागि यसको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेर अघि बढ्ने गरी मस्र्याङ्दी गाउँपालिका र गण्डकी अल्पाइन क्लबअघि बढेको छ । गण्डकी अल्पाइन क्लबका अध्यक्ष एवं अन्तर्राष्ट्रिय माउन्टेन गाइड नरेन्द्र शाही ठकुरीले साहसिक खेल रक क्लाइम्बिङको लागि च्याम्चेको तारेभीर उत्कृष्ट रहेको बताए ।

    मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले दुई लाख खर्च गरी च्याम्चेबाट दुई सय मिटर माथिसम्म ढुंगाको सिँढी निर्माण गरिएको बताए । रक क्लाइम्बिङका लागी छनोट गरीएको उक्त थलो समुद्री सतहदेखि एक हजार ५ सय ४० मिटर उचाइमा पर्दछ । च्याम्चे नजिकैको साहसिक पदयात्राका लागि प्रस्तावित तारेभिर च्याम्चेबजारबाट पाँच सय मिटरको दरीमा पर्दछ । उक्त स्थलमा २५ मिटरदेखि १५० मिटर उचाइसम्मको साहसिक खेलको स्थल निर्माण गर्न सकीनेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.