• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेशनन फ्लाईटका लागि अझै डेढ महिना लाग्ने

  •   आइतबार, पुष ०४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बुटवल ।  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा माघको दोस्रो सातासम्ममा मात्रै क्यालिब्रेशन फ्लाइट हुने भएको छ । विदेशबाट आउनु पर्ने प्राविधिक समयमै नआउँदा यसमा केही लिबम्व भएको र अहिले प्राविधिक आएर आन्तरिक उपकरणहरूको चेकजाँच भइरहेकाले डेढ महिनाभित्रमा क्यालिब्रेशन फ्लाइट हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता देवचन्द लाल कर्णका अनुसार क्यालिब्रेशन फ्लाइटका लागि विमानस्थलमा विद्युतको समस्या समाधान भैसकेको, प्राविधिकहरूलाई तालिम दिने काम भैरहेको र मेसिनहरूको परीक्षण जारी रहेकाले डेढ महिनाभित्र यी काम सम्पन्न गरी फ्लाइट हुनेछ ।

    जनवरी अन्तिम वा फेब्रुवरीको पहिलो साता क्यालिब्रेशन फ्लाइट हुने र त्यसकाे तीन महिनामा व्यावसायिक उडान सुरू गर्ने तयारी भैरहेको प्रवक्ता कर्णले बताए । ‘व्यावसायिक उडानपछि नियमित उडानका लागि आवश्यक प्रक्रिया पूरा गर्न तीन महिना लाग्छ, आगामी अप्रिलदेखि व्यावसायिक उडान सुरू गर्ने गरी तयारी भैरहेको छ,’ उनले भने । अहिले क्यालिब्रेसन फ्लाइटका लागि एरो थाईका प्राविधकहरू नेपाल आइसकेका छन् । तर, जहाज भने आएको छैन । ‘बीचमा कुनै बाधा भएन भने अप्रिलदेखि व्यावसायिक उडान सुरु हुन्छ,’ प्राधिकरणका प्रवक्ता कर्णले भने ।

    क्यालिब्रेसन फ्लाइट भनेको के हाे ?

    क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छ या छैन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना आईसीपी२ का प्रमुख प्रविण न्यौपानेले बताए । जडान भएका उपकरणहरूले काम गरेको या नगरेको, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरू राम्ररी सुनिएको  वा नसुनिएको  लगायतका कुरा क्यालिब्रेसन फ्लाइटबाट थाहा हुन्छ ।

    एरो थाई कम्पनीले विमानस्थलमा सञ्चारदेखि लाइटका उपकरण जडानको जिम्मा पाएको थियो । तर, थाई सरकारले कोरोनाको कारण देखाउँदै आफ्नो देशका प्राविधिकहरूलाई बाहिर जान अनुमति नदिएकोले एक वर्ष ढिलाई भएको प्रवक्ता कर्णको भनाइ छ । ‘थाई प्राविधिकहरू समयमा नआउँदा क्यालिब्रेसन फ्लाइट केही ढिला भएको हो तर अहिले थाई प्राविधिक आएका छन् । तर, जहाज आएको छैन, अब कहाँबाट अन्य प्राविधिकहरू ल्याउने त्यो काम थाई एरोको हो,’ उनले भने ।

    क्यालिब्रेशन फ्लाइटका लागि यूरोप र अमेरिकाका प्राविधिक पनि ल्याउनु पर्ने हुन्छ । प्रथम चरणको निर्माण सकिएको विमानस्थलमा क्यालिब्रेशन फ्लाइटका लागि थाई, अमेरिकन र युरोपका प्राविधिक एकसाथ हुनुपर्छ । तीन स्थानका प्राविधिक एकसाथ नजुट्दा ढिलाई हुन पुगेको हो ।

    दुई चरणमा निर्माण भएको विमानस्थल आइसिपी१ र आइसिपी२ अन्तर्गत काम भएको छ । आईसिपी१ अन्तर्गत धावनमार्ग, ट्याक्सी–वे, टर्मिनल बिल्डिङलगायतका संरचना निर्माण भएका छन्  भने आईसिपी२ अन्तर्गत हवाइजहाज पाइलट र विमानस्थलबीचको समन्वयको लागि प्राविधिक काम भएको छ । विमानस्थलमा तीन हजार मिटर लामो धावनमार्ग, जहाज पार्किङ गर्ने एप्रोन, सब-वे, ट्याक्सी-वे लगायतका संरचना निर्माण भएका छन् । मुख्य टर्मिनल भवन, टर्मिनल टावर, ट्याक्सी पार्किङलगायतका संरचनाको काम पनि सकिएको छ । कार्गो भवन पनि करिब सक्पन्न हुने अवस्थामा छ । यसको लागत ९० करोड ३६ लाख ३४ हजार ६०० रुपैयाँ रहेको छ ।

    विमानस्थलको सुरूको लागत ६ अर्ब २२ करोड रहे पनि काम सकिँदासम्म लागत बढेर आठ अर्ब ८२ करोड पुगेको छ । विमानस्थल विस्तारका लागि करिब २२ सय घरधुरीलाई २३ अर्ब मुआब्जा वितरण गरिएको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.