चितवन । चितवनमा अस्पतालहरुमा सात जना कोरोना संक्रमितको उपचार भइरहेको छ । भरतपुर अस्पताल र चितवन मेडिकल कलेज ९सिएमसी० मा अहिले सात जना कोरोना संक्रमित उपचारत छन् । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा तीन तथा सिएमसीमा चार जना उपचारत छन् ।
भरतपुर अस्पतालमा उपचारत तिनै जना संक्रमित एचडियूमा छन् भने सिएमसीका चारै जना आईसियूमा छन् । उपचारत सात जना मध्ये दुई जना मात्रै चितवनका हुन् । अन्य पाँच जना भने चितवन बाहिरका जिल्लाका हुन् । अस्पतालमा उपचारत चितवनका दुबै संक्रमित भरतपुर महानगरपालिका भित्रका हुन् ।
यसैबीच चितवनमा पछिल्लो २४ घण्टामा १० जना कोरोनामुक्त भएका छन् । यससँगै जिल्लाभर कोरोनामुक्त हुनेको संख्या २६ हजार ६ सय ६ पुगेको छ । जिल्लाभर अहिलेसम्म २७ हजार एक सय ५३ जनामा कोरोना पुष्टि भइसकेको छ । उनीहरु मध्ये एक सय १४ जनामा मात्रै कोरोना सक्रिय छ । कोरोनाबाट चितवनमा अहिलेसम्म चार सय ३३ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।








