विदाई भै जान लाग्नु भएका प्रहरी निरीक्षक शम्भु प्रसाद थारूलाई जिल्ला भित्र कार्यरत प्रहरी कर्मचारीहरुको तर्फबाट प्रहरी नायव उपरिक्ष एक नारायण कोईरालाले शुभकामना तथा विदाई मन्तव्य राखी मायाको चिनो तथा फुलमालाले बिदाई गर्नु भएको हो । बिदाई मन्तव्यमा प्रहरी नायव उपरिक्ष कोइरालाले प्रहरी समाजको एक अभिन्न अङ्ग भएको र प्रहरी सेवा समुदायमा व्यतित गर्नु पर्ने हुँदा समाजकै हितका लागि निष्पक्ष र ईमान्दारीता पूर्वक कार्य गर्नु पर्ने भन्दै व्यवसायीक प्रहरी जीवनको सफलताको शुभकामना दिनुभयो ।
बिदाई कार्यक्रममा बोल्दै प्रहरी निरिक्षक थारुले चितबनबासी सम्पुर्ण बासिन्दा, नागरिक समाज, राजनितिक दल, मिडियाकर्मी तथा सहकर्मी प्रहरी कर्मचारीलाई धन्यवाद दिनु भयो । उहाँले आफ्नो कार्यकालमा आ-आफ्नो स्थानबाट सहयोग पुर्याउनु हुने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु प्रति हार्दीक कृतज्ञता तथा आभार प्रकट गर्नु भयो ।








