• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

किराँत समुदायको उधौली (साकेला) सुरु

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    उदयपुर । किराँती समुदायको महान पर्व उधौली ‘साकेला धिरीनाम ५०८१’ धुमधामका साथ उदयपुरमा सुरु भएको छ । धार्मिक स्थलमा विधिवत पूर्जाआजासहित १५ दिनसम्म उधौली चाड मनाउन सुरु गरेका हुन् ।

    यो पर्व किरात याक्खा, सुनुवार, लिम्बु र राई समुदायले मनाउने गर्छन् । किराँत याक्खा, सुनुवार, लिम्बु र राई समुदायको माग अनुसार सरकारले २०५८ सालमा राष्ट्रिय चाडको रुपमा घोषणा गरेको थियो । यस पर्वलाई याक्खाले चासुवा, सुनुवारले फोलस्याँदर, लिम्बुले चासोक तङनाम र राईले साकेला भनेर मनाउने गर्छन् ।

    वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्रकृति भूमि र पुर्खाको पूजा गरी धुमधामसँग खेतीपाती सुरु गरेका किरातले मंसिर पूर्णिमा पनि पूजा गरेर उधौली मनाउने गर्छन् । नयाँ अन्न प्रयोग गर्ने चलन पनि छ । वर्षमा दुई पटक मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले ’उभौली’ र मंसिरमा जाडो छल्न बेँसीतिर बस्न सर्ने भएकाले ’उधौली’ भन्ने चलन छ ।

    उधौलीमा ’नोक्छो’अर्थात् धामीले पूजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन छ । उभौलीमा माटोकाे टीका लगाउने गरिन्छ भने उधौलीमा नयाँ भित्र्याएको अन्नको दही र चामलकाे सेतो टीका लगाउने चलन छ । पूजामा कुखुराको भाले-पोथी, सुगुर आदिको बली दिने चलन रहेको किरात राई यायोक्खाले बताए ।

    ढोल र झ्याम्टाको लयमा खुट्टाको चाल मिलाई नाचिने सिलीमा मानव सभ्यता विकास क्रममा वस्तुस्थितिलाई हातको हाउभाउबाट देखाइन्छ । गीतसमेत सोही विषयमा आधारित हुने जानकारको भनाइ छ । ग्रामीण भेगमा नाच एक महिनासम्म चल्ने गर्छ । नाचमा सहभागी पुरुषले फेङगा भनिने एक किसिमको पोशाक, खाडीको घरबुना दौरा सुरुवाल, कोट, टोपी र मयुरको प्याख लगाउँछन् ।

    महिलाले छिट्को गुन्यु, ढाकाको पछ्यौरी, मखमल वा ढाकाको चोलो, सेतो पटुकी लगाउने चलन छ । ढुङ्री, मुडरी, बुलाकी र सिक्काको मालासमेत लगाउने गर्छन् । बालबालिकादेखि वृद्धवृद्धासमेत किराँत समुदायको परम्परागत पोसाकमा सजिएर सिली नाच्ने गरिन्छ ।

    किराँत राई यायोक्खा उदयपुरका अध्यक्ष नवीन राईका अनुसार वर्षमा दुई पटक उभौली र उधौली चाँड मनाउने राई समुदायले यतिबेला अन्नबाली भित्राएको खुसियालीमा उधौली पर्व मनाउने गर्दछन् । ईश्वर तामाङ/न्युज कारखाना

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.