• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लिम्बू समुदायको समाधिस्थल संकटमा : अन्त्येष्टिमा सामूहिक हट्दै, एकल बढ्दै

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तेह्रथुम । नेपालमा बसोबास गर्दै आएका जातजातिहरूको आ-आफ्नै भाषा कला संस्कार संस्कृति रहँदै आएको छ  । त्यस्तै पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बूहरूको पनि छुट्टै संस्कार छ ।

    आफूलाई आदिमकालदेखि नै बसोबास गर्दै आएको समुदायको रुपमा लिम्बूहरूले लिने गरेका छन् । जन्मदेखि मृत्यृसम्म आफ्नै संस्कार संस्कृति रहेको छ, यो समुदायको । आफूहरू यो धर्तीको (हाङ) राजा भएकोले मृत्यृ प्रश्चात कुनै निश्चित समाधिस्थलमा दाहसंस्कार गर्ने परम्परा रहँदै आएको छ । भूमिसुधार लागु हुनु पूर्व किपोटियाको रहेका लिम्बूहरूले आफ्ना आफन्तको मृत्यृ हुँदा समाधिस्थलमा नै चिहान बनाएर दाहसंस्कार गर्ने गरेका छन् ।

    यी समुदायमा आर्थिक रूपमा सम्पन्न परिवारका सदस्यहरूले कपुरथान अर्थात् पक्की चिहान बनाउने प्रचलन रहँदै आएको छ । तर,पछिल्लो समय यी समुदायमा सामूहिक रूपमा दाहसंस्कार गर्ने परम्परा हराउँदै जान थालेको छ ।

    पुस्तौदेखि भएको समाधिस्थलहरूमा जग्गा अभावसँगै सरकारले सामुदायिक वनको अवधारणा ल्याएपछि यी समुदायलाई समस्या हुँदै गएको शंखरमान खेवाले बताए ।

    उनी भन्छन्, ‘राज्यले लिम्बू समुदायको संस्कार सस्कृतिमा प्रहार गर्दै नियोजित रूपमा समाधिस्थलहरू सरकारीकरण गरेको छ । भाषा लिपी संस्कार सस्कृति संरक्षणका लागि अहिले पुस्ताले ध्यान नदिए अस्तित्व नै संकट हुँदै जाने देखिन्छ । त्यसैले समाधिस्थलकबारे बेलैमा नसोच्ने हो भने लिम्बूहरूको एक घर एक समाधिस्थल बन्ने देखिन्छ ।’

    पछिल्लो समय लिम्बू समुदायमा आफ्नै निजी जग्गामा आफ्ना आफन्तहरूको मृत्यृ हुँदा राख्ने चलन सुरु भएको छ ।  केही दशकअघिसम्म समाधिस्थलमा मात्र दाहसंस्कार गर्दै आएका यी समुदायमा आफ्नै जग्गामा राख्ने चलन सुरु गरेका  छन् ।

    समाधिस्थलहरूमा विभिन्न समस्या कारणपछि निजी जग्गाहरुमा दाहसंस्कार गर्दै आएको सूर्य मादेनको भनाइ छ । दहासंस्कारका लागि समाधीस्थलहरूमा ढुंगा अभावका साथै दूरी टाढा भएका कारण पनि पछिल्लो समयमा सामुहिक रुपमा दहासंसकार गर्ने प्रचलन हराउँदै गएको मादेन बताउँछन ।

    यी समुदायका कालगतीले मृत्यृ हुँदा समाधिस्थलमा चिहान बनाएर अन्त्येष्टि गर्ने चलन छ भने कोही अकालमा आत्महत्या, लडेर या कुनै कारण मृत्यृ भएमा जलाएर अन्त्येष्टि गर्ने गरेका छन । कोही कसैको मृत्यृ भए छोरी भए तीन दिन र छोरा भए चार दिनमा नुनतेल गर्ने प्रचलन रहँदै आएको छ ।

    यो समुदायका दाहसंस्कारपछि आफ्ना आफन्तको सम्झनामा चौतारा,धर्मसाला पाटी र स्मरणका लागि वरपिपल रोप्ने गरेका छन् । यसरी घरघरै समाधिस्थल बनाउने चलनले लिम्बू समुदायमा विकृतिको रूप लिँदै गएको अग्रजहरूले बताउने गरेका छन् ।

    लिम्बू समुदायका अग्रजहरूले  दाहसंंस्कारका लागि सामुहिक समाधिस्थलकबारे ध्यान दिन आवश्यक देखिन्छ । पछिल्लो समय लिम्बू समुदायको बसोबास गरेका गाउँहरूमा रहेको घर-घरमा चिहान देखिने थालेका छन् ।

    खासगरी पूर्वको तेह्रथुम, धनकुटा, संखुवासभा, पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, मोरङ, सुनसरी लगायत राजधानी र विभिन्न देशमा यी समुदाय बसोबास गर्दै आएका छन् ।  प्रकाश पाक्साँवा/न्युज कारखाना

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.