• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सुरु भयो पोखरामा महोत्सव मौसम

  •   सोमबार, पुष ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    पोखरा । पोखरालाई इभेण्टको सहरका रुपमा चिनिन्छ । धेरै ब्यक्तिले रुचाउने सहर भएकोले यहाँ पर्यटकको आउजाउ बाक्लै हुन्छ । पोखरेलीहरुले पर्यटकलाई रमाउने कार्यक्रम थप्दै गएका छन् । पछिल्ला वर्षहरुमा पोखराले आफूलाई महोत्सवको सहरका रुपमा परिचित गराएको छ । साना ठूला २ दर्जनभन्दा बढी महोत्सव पोखराले गर्छ । अंग्रेजी नयाँ वर्षमा रेष्टुरेण्ट एण्ड बार एशोसियसनले ‘नयाँ वर्ष महोत्सव’ (न्यु इयर फेष्टिवल) आयोजना गर्छ । रातको समयमा सडकमै हुने महोत्सवमा झुम्न नेपाली मात्रै होइन, विदेशी पनि उपस्थित हुन्छन् ।

    पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय व्यापार मेला आयोजना हरेक वर्ष गर्छ । देशभरका व्यवसायीहरु आफ्ना उत्पादन र सामानहरु बेच्न मेलामा आउँछन् भने ग्राहकहरु किन्नका लागि भीड लाग्छन् । यस वर्ष भने यो मेला हुने/नहुने कुनै टुंगो छैन । आयोजकले कार्यक्रम नगर्ने बुझिएको छ । यो लगत्तै युनाइटेड क्लब पोखराले पोखरा महोत्सव आयोजना गर्छ । यो वर्ष ११औं संस्करणको यो महोत्सव २८ पुसदेखि ९ माघसम्म सन्चालन गर्ने तयारी छ । आयोजकले पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी गराएको हो ।

    १२ दिनसम्म आयोजना हुने महोत्सवको सम्पूर्ण स्टलहरु बुकिङ खुला भैसकेको छ । क्लबले महोत्सव आयोजना गरी आम्दानीबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र प्राकृतिक प्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आइरहेको छ । यसपछि लेखनाथमा लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ महोत्सव आयोजना गर्छ । यो वर्ष लेखनाथ महोत्सव १३-२४ माघसम्म सन्चालन हुने छ । कोभिड संक्रमणका कारण २ वर्ष पोखरामा मेला महोत्सव खासै हुन पाएन । अहिले भने सबैले महोत्सव सन्चालनको अनुमति लिएर बसेका छन् । रेवान पोखराले नेपाली नयाँ वर्षमा पनि मिनी स्ट्रिट फेष्टिभल आयोजना गर्छ ।

    त्यसबाहेक रामबजार महोत्सव, माघे संक्रान्ति मेला, ढुंगेसाँघु मेला सहित विभिन्न टोल र चोकहरुमा मेला महोत्सव लाग्छन् । सबै महोत्सवहरुमा दर्शकको कमी हुँदैन । अवलोकन सँगै सामान खरिद विक्रीको राम्रो थलो बनेको छ पोखरामा मेला महोत्सवहरु । यो वर्ष हुने महोत्सवहरुको तयारीमा जुटिसकेका छन्, आयोजकहरु । केही मेलामा स्थानीय उत्पादनको ब्यापार बढी हुन्छ भने केही महोत्सवमा अन्तर्राष्ट्रिय उत्पादनको सस्तो विक्री गरिन्छन् । मेलाका बेला आयोजकले किनमेल सस्तो बनाइदिन्छन् । त्यसैले ग्राहकहरु झुम्मिन्छन् । पछिल्लो समय भने मेला महोत्सवमा आकर्षण घट्दै गएको छ । सँधै एउटै खाले कार्यक्रम र उस्तै ब्यापारले दर्शकलाई सन्तुष्ट बनाउन सकेको छैन ।

    ‘मेला महोत्सव अर्थतन्त्र चलायमान गराउने राम्रो माध्यम हो । दुई वर्षसम्म कोभिडले निस्किन नपाएकाहरु यसपालि महोत्सवमा झुम्मिन्छन्,’ पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई भन्छन्, ‘आयोजकले स्वास्थ्यलाई ख्याल गर्दै सुरक्षित रुपमा महोत्सव चलाउनुपर्छ । सम्बन्धित निकायले पनि निगरानी बढाउनुपर्ने देख्छु म ।’ लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय पनि महोत्सवलाई थप व्यवस्थित गर्नुपर्ने सुझाव दिन्छन् ।

    ‘धेरैलाई मेलामा सस्तो सामान पाइन्छ भन्ने विश्वास छ । कतिपयले सस्तो बेच्ने प्रचार गरेर बाहिर भन्दा महंगोमा बेचेको गुनासो सुनिन्छ,’ उनी भन्छन्, ‘यसमा आयोजक र ग्राहकहरु सजग हुनुपर्छ ।’ कोभिड संक्रमण पूर्ण नियन्त्रणमा नआएकोले महोत्सव सन्चालन चुनौतीपूर्ण रहेको उनले बताए ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.